AD_ Wide Top

जन्मदिन मनाउँदै शिल्पा, यो थियो उनको जीवनमा खुसी दिने एक काम

७ मंसिर,२०७३  |   Forseenetwork

below social share detail page adv

loading...
जन्मदिन मनाउँदै शिल्पा, यो थियो उनको जीवनमा खुसी दिने एक काम

नायिका शिल्पा पोख्रेल आज आफ्नो जन्मदिन मनाउँदैछिन् । उनको आज कतिऔँ जन्मदिन हो त्यस बारेमा भने उनले खुलाईनन् । साढे चार बर्ष पहिलो ग्ल्यामरको दुनियामा कदम राखेकी शिल्पाले छोटो समयमा नै फिल्मी क्षेत्रमा सफलता पाएकी छिन् । हाल उनी अभिनेत्री मात्रै हैन निर्मात्री पनि बन्ने तरखरमा छिन् । निर्मात्रीको रुपमा उनले सिनेमा मंगलमबाट ब्रेक लिँदै छिन् । ग्ल्यामरको दुनियाँमा आएको एक वर्षको अवधिमा झण्डै सय भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरेकी उनले सिनेमा लज्जा मार्फत सिनेमामा ब्रेक लिएकी हुन् । उनलाई डेब्यु सिनेमाले नै सफल नायिकाको परिचय दियो । जसले उनलाई अझ राम्रो गर्ने हौसला प्रदान गर्यो । छविराज ब्यानरबाट अभिनयमा ब्रेक लिएकी उनले हालसम्म लज्जा, हवल्दार सुन्तली, किस्मत २ र फागु मा काम गरिसकेकी छिन् । उनी आफ्नो जीवन नेपाली सिनेमाकै लागि सुम्पिने भन्दै भविष्यमा सिनेमा क्षेत्रमै जतिसक्यो राम्रो गर्न कोसीस गर्ने पनि बताईन् ।

Image may contain: 5 people, people smiling, people sitting, table and indoor
१२ बजे पहिलो सरप्राईज
आज जन्मदिन परेकी शिल्पाले दिन सुरु भएको समय अर्थात राती १२ बजे नै सरप्राईज पाईन् । उनलाई केक र उपहारसहित सरप्राईज दिएकी थिईन् निर्देशक सम्झना उप्रेती रौनियारले । शिल्पा र सम्झना एकअर्काका मिल्ने साथी हुन् । यति मात्रै नभएर शिल्पाले विकास रौनीयारलाई दाई मानेकी छिन् । यस हिसाबले विकासकी श्रीमती सम्झना उनकी भाउजु पनि पर्छिन् । सम्झना उप्रेती रौनियारले शिल्पालाई राती १२ बजे नै जन्मदिनको शुभकामना सहित केके काटेर सरप्राईज दिएकी हुन् । सम्झना जीले विशेष के उपहार दिनु भयो भनेर सोध्दा शिलपाले भनिन् : ‘खै झोलाभरि छ । के छ त्यो त थाहा छैन । मैल खोलेको छैन ।’

जन्मदिन भन्दा अघि नै थियो सबैभन्दा ठूलो सरप्राईज
सिनेमा मंगलमबाट निर्मात्री बन्न लागेकी शिल्पालाई यो सिनेमा नै यो वर्षको जन्मदिनको सबैभन्दा ठूलो उपहार बन्यो । जुन उपहार उनले निर्माता छविराज ओझाबाट पाएकी हुन् । उनले यो आफ्नो लागि जन्मदिनको मात्रै नभएर जीवनकै ठूलो सरप्राईज भएको पनि बताईन् । यसका साथै उनी सिनेमामा लिड रोलमा पनि छिन् । सिनेमाको काम माघ १५ भित्रै सुरु हुने जानकारी उनले हामीलाई दिएकी छिन् ।

Image may contain: 2 people
लज्जा चल्दा १२ बजेसम्म मोबाईल अफ गरेँ
उनको जन्मदिनको अवसर पारेर करिअरमा सबैभन्दा राम्रो लागेको र खुसी मिलेको काम कुन थियो भनेर सोध्दा शिल्पाले भनिन्, सिनेमा लज्जा । सिनेमा लज्जा उनले ब्रेक लिएको सिनेमा थियो । त्यसकारण सिनेमा लज्जा रिलिज हुँदा उनी निकै डराएकी थिईन् । किनकी उनलाई आफ्नो पहिलो सिनेमा दर्शकले मन पराउलान् कि नपराउन् भन्ने पीर थियो । यहि डर र पीरका कारण उनले सिनेमा रिलिज भएको दिन दिउँसो १२ बजेसम्म मोबाईल अफ गरेकी थिईन् । पहिलो शो सकिएपछि १२ बजे शिल्पाले मोबाईल खोलिन् । तर उनले मोबाईल खोल्ने बित्तिकै सिनेमामा राम्रो काम गरेको भन्दै प्रशंसा पाईन् । जसले उनलाई निकै खुसी दियो । यो नै उनको जीवनको सबैभन्दा राम्रो र खुसी दिएको काम  थियो ।

निर्देशक बन्ने सीप अहिले नै मसँग छैन
त्यस्तै अभिनेत्री बनिसक्नु भयो । र निर्मात्री बन्ने तरखरमा हुनुहुन्छ । अब निर्देशनको बारेमा चाही के सोच्नु भएको छ भन्ने प्रश्नमा उनले भनिन् : ‘आबुई ! निर्देशन त त्यति सजिलो कहाँ छ र ? त्यसको लागि त अहिले म लायकै छैन र मैले अहिले नै केही सोचेकी पनि छैन । निर्देशक बन्नको लागि त अझै केही वर्ष मैले अनुभव बटुल्नु जरुरी छ । अहिले नै निर्देशनको पाटोतिर हेर्ने सोचमा पनि छैन र म त्यति सक्षम भएकी पनि छैन । भविष्यमा गर्ने नगर्ने कुराको अहिले नै जानकारी दिन सक्दिन । तर तत्कालको लागि त्यस्तो सोच र सीप ममा छैन ।’


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com