AD_ Wide Top

जन्मदिन मनाउँदै करिष्मा, जान्नुहोस् उनको र विनोदको प्रेमकथा

२२ माघ,२०७३  |   Forseenetwork

below social share detail page adv

loading...
जन्मदिन मनाउँदै करिष्मा, जान्नुहोस् उनको र विनोदको प्रेमकथा

अभिनेत्री करिष्मा मानन्धर आज आफ्नो जन्म दिन मनाउँदैछिन् । करिष्माको जन्मदिन पारेर आज हामी उनको र उनका पति विनोदको प्रेम कथा तपाईँमाझ प्रस्तुत गर्दैछौँ ।

आज भन्दा २७ बर्ष पहिले करिष्मा र विनोदको प्रेमकथा सुरु भएको हो । त्यस बखत विनोद बेलायतमा बस्थे । उनी बेलायतमै भएको समयमा किरण प्रधानको एउटा समूह सिनेमा बनाउने भन्दै बेलायत पुगेको थियो । त्यही सिनेमा बनाउने सिलसिलामा नै विनोद र करिष्माको भेट भएको थियो । बेलायतबाट सिनेमा बनाउने भन्दै एक महिनाको लागि नेपाल आएका विनोदको एक महिना अझै पनि पूरा भएको छैन । त्यो समयदेखि विनोद नेपालमै छन् ।

करिष्माको सिन्दुर फिल्म हेरे पनि विनोदले उनलाई खासै ध्यान दिएका थिएनन् । यस बारेमा उनी भन्छन् ‘मैले पहिलो पटक उनलाई सिन्दुर भन्ने सिनेमामा देखेको थिएँ । उनलाई देख्दा मेरो मनमा त्यस्तो खालको फिलिङस थिएन । तर उनले भने मलाई मन पराउन थालेकी रहिछिन् ।’
बेलायतमा हुँदा फोटोग्राफरको काम गर्ने विनोदलाई फिल्म मेकिङमा पनि रुची थियो । तर बेलायतमा हुँदा पछि उनले बुवाको रेष्टुरेण्टमा सघाउन थालका थिए । यो क्रममा उनको फोटो स्टुडियो बन्द भएको थियो । बेलायतमा रेष्टुरेण्ट चलाईरहेका उनलाई सिनेमा बनाउन नेपाल जाने भनेपछि निकै खुसी लाग्यो । आफूले मन पराएको र चाहेको क्षेत्रमा काम गर्न पाउँदा को नै खुसीहुँदैन र रु उनी फिल्मका निर्माता भए ।
सँगै काम गर्ने क्रममा करिष्माले विनोदलाई मनपराउन थालेकी थिइन् । उनीहरुको प्रेमकथा पनि अचम्मको छ । एक महिना सिनेमा बनाउन भन्दै नेपाल आएका विनोद कारण बस पाँच महिनासम्म नेपाल बस्नु पर्यो । त्यसबखत नेपालमा सिनेमा ईडिटिङ्गको काम हुँदैनथ्यो । त्यसैले पहिले नेपालमा सूटिङ्ग अनि फिल्मको ईडिटिङ्गको लागि मुम्बई जानु पर्थ्यो ।

फिल्मको काम सकाएर नेपाल आएपछि विनोदलाई करिष्माले एक्कासी विवाह गर्नु पर्यो भन्ने प्रस्ताव राखिन् । उनीहरु त्यस बखत खासै प्रेममा रमाएका पनि थिएनन् । नत कसैले प्रस्ताव नै राखेका थिए । भोलिपल्ट बेलायत जाने योजनामा रहेका विनादेलाई बेलायत गएपछि यो उतै हराउँछ की, मैलै फेरि यस्तो केटा पाउँदिनकी भन्ने लागेको रहेछ । करिष्मालाई एकजना दिदीले विनोद निकै राम्रो केटा हो उसलाई नछोड भनेर उल्काएकी रहिछिन् । यही कारण उनले अचानक विवाह गर्ने प्रस्ताव राखिन् ।

करिष्माको विवाह प्रस्ताव सुनेर एक छिन् अलमल्लिएका विनोद पछि भने विवाह गर्ने सोचमा पुगे । उनीहरु विवाह गर्नको लागि गुहेश्वरी मन्दिर पुगेका थिए । तर त्यहाँ विवाह गर्ने ठाउँ र समय नभएपछि पछि बंगलामुखीमा गएर विवाह गरे । उनीहरुको विवाह सन् १९९० को १६ जुलाईमा भएको थियो । विवाहको भोलिपल्ट नै विनोद बेलायत उडे । करिष्मा काठमाडांमै बसिन् । उनीहरुको विवाह भएको कुरा विनोदको घरपरिवारलाई थाहै थिएन ।

विवाहपछि बेलायत पुगेका विनोदले नत आफ्नो विवाह घरपरिवारलाई भन्न सके, नत उनको परिवारले उनलाई सोध्न सक्यो । तर बाहिरैबाट उनको परिवारले उनको विवाह भएको कुरा थाहा पाइसकेको रहेछ । विनोदकी एकजना बहिनी काठमाडौको छाउनीमा बस्थिन् । उनी अहिले पनि त्यही छन् । उनलाई सानीआमाले विनोदले विवाह गर्यो रे गाईँ गुईँ छ त भन्दा उनकी बहिनीले पत्याईनछिन् ।
विनोदकै बहिनीले नपत्याएपछि अरुले फोन गरेर विनोदकी सानीआमालाई सोध्दा उनले पनि हैन कलाकार मान्छे सूटिङ्ग गरेका होलान् भन्न थालिछन् ।

बेलायत पुगेका विनोद झण्डै एक महिना बसेपछि फेरि नेपाल फर्किए । उनी नेपाल फर्किने बेलामा उनकी आमाले उनलाई एक चिठीदिईन् जसमा लेखिएको थियो– तिमीले हाम्रो साह्रै चित्त दुखायौ बाबु । तिमीले विवाहको कुरा हामीलाई भन्नु पर्ने थियो । हामी तिम्रो विवाह धुमधामले गरिदिन्थ्यौँ । तिमीले नभनि विवाह गर्यौ ।यो त राम्रो भएन नि । यो चिठी पढेपछि विनोद निकै भावुक बनेका थिए रे ।

बेलायतबाट नेपाल आएका विनोद सिनेमाको कामको लागि फेरि भारत गए । करिष्मा र विनोद यो समयसम्म एक्लाएक्लै बस्थे । तीनमहिना पछि काम सकाएर विनोद नेपाल फर्किए, उनीहरु सँगै बस्न थाले ।

विवाहको झण्डै एकबर्ष जति विनोदको सम्बन्ध परिवारसँग खासै राम्रो रहेन । तर विनोद र करिष्माकी छोरी कविताको जन्मपछि भने उनको परिवार पनि खुसी भयो र सम्बन्धपनि राम्रो भयो । पहिलेदेखि नै करिष्मालाई मन पराउने विनोदको परिवार करिष्मासँग नभएर छोरा विनोदसँग रिसाएको थियो ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com