AD_ Wide Top

वास्तविक नाम लुकाउने २२ कलाकार

६ फागुन,२०७३  |   Forseenetwork

below social share detail page adv

loading...
वास्तविक नाम लुकाउने २२ कलाकार

सिने क्षेत्रका चर्चित केहि सेलिब्रेटीहरुको वास्तविक नाम हामीमध्ये केहिलाई मात्र थाहा होला तर धेरैलाई थाहा छैन । केहि सेलब्रेटीहरुले सिने क्षेत्रमा प्रवेश गरेपछि आफ्नो नाम परिवर्तन गरेका छन् । तिनै सेलिब्रेटीहरुको वास्तविक नामबारे फर्सीनेटवर्कले एक सामाग्री तयार पारेको छ । तलको सामाग्री पढ्नुहोस् र आफूलाई मन पर्ने सेलिब्रेटीको वास्तविक नाम थाहा पाउनुहोस् ।

करिष्मा मानन्धर– सदावहार नायिका करिष्मा मानन्धरको नाम बच्चा देखि बृद्धासम्म सबैको मुखमा झुण्डिएको छ । तर धेरैलाई उनको वास्तविक नाम करिस्मा हैन भन्ने कुरा थाहा छैन । उनको वास्तविक नाम बुनु केसी हो ।

निखिल उप्रेती– एक्शन अभिनेताको रुपमा परिचित अभिनेता निखिल उप्रेतीको वास्तविक नाम दिनेश उप्रेती हो । तर पछि उनले नाम बदलेर निखिल बनाए । फेरेको निखिल नाम उनलाई निकै फाप्यो । नागरिकतामा उनको नाम भने दिनेश उप्रेती नै छ ।

जितु नेपाल- जितु नेपालको वास्तविक नाम पनि जितु हैन । उनको वास्तविक नाम जित बहादुर नेपाल हो । तर उनी अहिले जितुका नामले नै नेपाली सिनेमा र  हाँस्यव्यङग्यमा जमेका छन् ।

झरना थापा–अर्की सदाबहार नायिका झरना थापाको वास्तविक नाम पनि धेरै कमलाई थाहा होला । उनको वास्तविक नाम कमला थापा हो ।

पूजा चन्द– अभिनेत्री पूजा चन्दको वास्तविक नाम पनि पूजा हैन । सुरज चन्दसँग विवाह गरेर चन्द बनेकी पूजाको वास्तविक नाम हो राधिका परियार । उनी निर्देशक सुरज चन्दसँग विवाह गरेर पूजा चन्द भईन् र यहि नामले चिनिईन् । तर हाल पूजाको नाम फेरि परिवर्तन भएको छ । अहिले उनको नाम पूजा आर लामा हो ।

जल शाह– अभिनेत्री जल शाहको पूरा नाम जल शाह कर्माचार्य थियो । तर उनी मात्र जल शाहका नामले परिचित छिन् ।

आर्यन सिग्देल– चक्लेटी नायक आर्यन सिग्देलको वास्तविक नाम हरिश सिग्देल हो । तर उनको हरिश नाम परिवारमा मात्र सिमित रहन पुग्यो । फ्यानहरुबीच उनी आर्यनका नामले परिचित छन् ।

गरिमा पन्त– नायिका गरिमा पन्तको वास्तविक नाम पनि कमला पन्त थियो । पछि उनले परिवर्तन गरेको नामले नै उनलाई चिनायो । आज उनी गरिमा पन्तका नामले परिचित छिन् । गरीमा विवाह गरेर सिनेमा उद्योगबाट टाढिएकी छिन् ।

nandita

मेलिना मानन्धर– अभिनेत्री मेलिना मानन्धरको वास्तविक नाम पनि मेलीना हैन । उनको वास्तविक नाम सुनिता मानन्धर हो । मेलिना केही वर्षको ग्याप पछि सिनेमा लालटिनमा देखा पर्दैछिन् ।
नन्दिता केसी– नन्दिता केसीलाई पनि फेरेको नामले राम्रै परिचय दियो । निकै फापेको छ । उनको वास्तविक नाम शोभा केसी हो । हाल उनी अमेरिकामा छिन् ।

युना उप्रेती– अभिनेत्री युना उप्रेतीले त्यति धेरै फिल्ममा काम गरेकी छैनन् । तर पनि उनको नाम चर्चित छ । उनले काम गरेका एक दुईवटा फिल्मले नै उनलाई चिनाएका छन् । युनाको वास्तविक नाम जमुना उप्रेती हो ।

उषा पौड्याल– नेपाली फिल्म उद्योगसँगै भारतीय टेलिभिजनमा समेत काम गरेकी अभिनेत्री उषा पौड्यालको वास्तविक नाम रुपमणी पौड्याल हो । हाल उषा विवाह गरेर अमेरिकामा सेटल भएकी छिन् ।

सुमिना घिमीरे– मोडलिङबाट अभिनयमा आएकी अभिनेत्री सुमिना घिमीरेले पनि यस क्षेत्रमा आउनुभन्दा पहिले आफ्नो नामको अगाडि ‘स’ थपेकी थिईन् । उनले थपेको ‘सु’ ले उनलाई राम्रै फाईदा गर्यो । उनको वास्तविक नाम मिना घिमिरे हो । पाईलट रोशन सापकोटासँग विवाह गरेर एक सन्तानकी आमा बनिसकेकी सुमिना हाल वैवाहिक जीवनमै रमाएकी छिन् ।

आना शर्मा– फिल्म जेरीबाट सिने उद्योगमा प्रवेश गरेकी अभिनेत्री आना शर्माको वास्तविक नाम अन्नपूर्ण शर्मा हो । पहिलो सिनेमाबाटै सफलता पाएकी आना अहिले दोस्रो सिनेमामा व्यस्त छिन् ।

मौसमी मल्ल– अभिनेत्री मौसमी मल्लको वास्तविक नाम पनि मौसमी हैन । उनको वास्तविक नाम विष्णु माया ठकुरी हो ।

दिनेश शर्मा–अभिनेता दिनेश शर्माको नाम जयराम केसी हो । तर उनी नेपाली सिनेमा क्षेत्रमा दिनेश शर्माका नामले परिचित छन् । दिनेशलाई नेपाली सिनेमाका हिरोका साथै भिलेनको रुपमा पनि चिनिन्छ ।

सुरवीर पण्डित– अभिनेता सुरवीर पण्डतको वास्तविक नाम केशव पण्डित हो । सुरवीरले रेडियो नाटक, टेलिसिरियल र सिनेमाहरुमा अभिनय गरेका छन् । पर्दामा प्राय गरीबको भूमिका निभाउने भएका कारण उनलाई गरीब कलाकारको रुपमा पनि चिनिन्छ ।

viraj

विराज भट्ट–विराज भट्टका नामले परिचित अभिनेता विराज भट्टको वास्तविक नाम भोजराज भट्ट हो । विराजले लामो समय सिनेमाम संघर्ष गर्दा पनि उपलब्धी हात नलागे पछि नाम फेरेर विराज बनाएको बताईन्छ । उनलाई फेरेको नाम निकै फापेको छ । विराज नेपाली सिनेमाका साथै भोजपूरी सिनेमाका पनि सफल अभिनेता हुन् ।

रमीत ढुङगाना– अभिनेता रमीत ढुङगानाको वास्तविक नाम राधेश्याम ढुङगाना हो । एकताका सिनेमामा सफल मानिने रमितले केहि समय सिनेमा बुद्ध वर्न ईन नेपालबाट कमब्याक गरे तर खासै सफल भएनन् ।

विरेन्द्र श्रेष्ठ– अभिनेता विरेन्द्र श्रेष्ठको पनि वास्तविक नाम विरेन हैन । उनको वास्तविक नाम विरेन्द्र श्रेष्ठ हो ।

रेश मरहठ्ठा– अभिनेता रेश मरहठ्ठाको वास्तविक नाम सुरेश मरहठ्ठा हो । तर उनले आफ्नो नामको अगाडिको अक्षर ‘सु’ हटाएर रेश मरहठ्ठाको नामले परिचित भएका छन् ।

जिया केसी– सिनेमामा धेरै खुलेर अनि भुवन केसीसँग नाम जोडिएर चर्चा पाएकी अभिनेत्री जिया केसीको वास्तविाक नाम जमुना केसी हो ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com