AD_ Wide Top

कलाकारितामा लाग्दा बुवा आमासँग बोलचाल बन्द भएको थियो पुष्पलको !

१२ फागुन,२०७३  |   Forseenetwork

below social share detail page adv

loading...
कलाकारितामा लाग्दा बुवा आमासँग बोलचाल बन्द भएको थियो पुष्पलको !

नव नायक पुष्पल खड्का यतिबेला ‘दर्पण छायाँ–२’ को प्रमोशनमा व्यस्त छन् । सिनेमामा भर्खरै आएको भएपनि उनले म्युजिक भिडियोमा भने केही वर्ष मजाले रजाईँ गरे । उनले अहिले सम्म २ सय ५० भन्दा धेरै म्युजिक भिडियोमा काम गरिसकेका छन् । अहिले एउटा म्युजिक भिडियोमा काम गरेको ३० देखि ४० हजारसम्म लिने उनले शिव परियारको ‘पिउँदीन भन्दा भन्दै पिलायो साथीले’मा काम गरेर चलचित्रमा काम गर्ने अवसर पाएका हुन् । यहि गीत हेरेपछि निर्देशक तुलसी घिमिरेले उनलाई चलचित्रको लागि प्रस्ताव राखेका थिए । चलचित्रमा अफर आउँदा मुख्य भूमिकामा होला भन्ने उनलाई विश्वास नै लागेको थिएन । सामान्य अतिथि भूमिका मात्रै होला ! भन्ने सोचेका उनी भूमिका थाहा पाउनको लागि दुई पटक सम्म तुलसी घिमिरेलाई भेट्न गए तर चलचित्रमा आफ्नो भुमिका कुन हो भन्ने कुरा नै थाहा पाउन सकेनन् । 


puspal khadka 3

उनले केही दिनसम्म सिनेमामा सामान्य, छोटो भूमिका होला भन्ने सोचेका थिए । एकदिन उनले निर्माण पक्षबाट फोन आउँदा आफूले सामान्य सह–कलाकार भएर काम नगर्ने बताएपछि निर्माण पक्षले सिनेमाको मुख्य भूमिकामा नै उनी भएको जानकारी दियो । त्यसपछि पुष्पल फुरुक्कै भए । चलचित्रमा अफर आएको कुरा गायक शिव परियारले पुष्पललाई जानकारी गराएका थिए । धेरै वर्ष अघिको उनको चलचित्र खेल्ने रहर अहिले पूरा भएको छ । पुष्पलले ‘दर्पण छायाँ–२’ पछि नेपाली चलचित्र मंगलममा पनि काम गरिसकेका छन् ।

उनलाई बाल्यकाल देखि नै नृत्यमा रुची थियो । स्टेज कार्यक्रम र कन्सर्टहरुमा उनले नृत्य गर्थे । नृत्यमा निकै रुचि भएका कारण पुष्पलले विस्तारै मोडलिङमा प्रवेश गरे । उनलाई मोडलिङ निकै फाप्यो । कैलालीमा जन्मेका पुष्पल ३ वर्ष भएपछि भारत गएका थिए । त्यहाँ कक्षा ८ सम्म अध्ययन गरे पछि उनी नेपाल फर्किए । कैलालीमा कक्षा १२ सम्म अध्ययन गरेपछि थप अध्ययनको लागि उनी काठमाडौ आए । ०६४ सालमा काठमाण्डौ आएका पुष्पलले आईटी विषय अध्ययन सुरु गरे । अध्ययनसँगै उनले नृत्य पनि सिक्न थाले । नृत्य सिक्ने क्रममै उनलाई मोडलिङको अफर आएको थियो । उनको पहिलो म्युजिक भिडियो हेमन्त शर्माको आवाज रहेको ‘के माया गर्नु हुन्न र’ हो ।

बाबा,आमासंग एक वर्ष बोलचाल भएन
पुष्पलको परिवारले उनलाई इन्जिनियर बनाउने सोच राखेको थियो । यहि कारण उनी मोडलिङमा लागेदेखि नै बुवा आमा उनीसँग रिसाएका थिए । उनका बुवा आमालाई त्यस बखत अब यो बिग्रियो, यसले जीवन डुबायो, करिअर डुबायो भन्ने लागेको थियो । छोराले आफ्नो कुरा नमानेका कारण उनका बुवाआमा एक वर्षसम्म बोलेका थिएनन् रे । यो कुरा हालै मात्र पुष्पलले हामीसँग सेयर गरेका हुन् । यहि कारण पनि हुनसक्छ पुष्पलले ‘दर्पण छायाँ–२’ मा खेलेको कुरा पनि परिवारलाई भनेका छैनन् रे । सुरुमा परिवारको साथ र सहयोग नपाएका पुष्पललाई अहिले भने उनको काम र सफलता देखेर परिवारले पूर्ण रुपमा सपोर्ट गरेको छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com