AD_ Wide Top

जन्मजातै शाकाहारी हुन् छुल्ठिम, यी सेलिब्रेटीले पनि माछामासुलाई लगाउँदैनन् हात

२० चैत,२०७३  |   Forseenetwork

below social share detail page adv

loading...
जन्मजातै शाकाहारी हुन् छुल्ठिम, यी सेलिब्रेटीले पनि माछामासुलाई लगाउँदैनन् हात

प्रेम गीत अभिनेता प्रदीप खड्का हाल सिनेमा ‘प्रेमगीत–२’ को लागि शरीर बनाउनमा व्यस्त छन् । प्रदीपले यतिबेला सिक्स प्याक बनाउनको लागि खानपान र शारीरिक व्यायाममा जोड दिईरहेका छन् । सिनेमामा आफ्नो आकर्षक लुक्स देखाउनको लगि उनी भेजबाट ननभेज बनेका छन् । तौल बढाउनको लागि प्रोटिनको कमी भएका कारण उनले माछा मासु खान थालेका हुन् । हुन त उनी कहिल्यै पनि मासु नखाने मान्छे भने हैनन् । उनी बाल्यकालमा मांशहारी नै थिए । कक्षा ९ मा पढ्नेताका उनले आफूलाई शकाहारी बनाएका हुन् । मासु खान छाडेको १० वर्ष पछि उनले सिनेमाकै लागि खान थालेका छन् । तर उनले सिनेमाको काम सकिएपछि फेरि मासु नखाने सोच पनि बनाएका छन् । शाकाहारीबाट माशारी बनेका प्रदीपको यो प्रसंगमा आज हामी तपाईँलाई नेपाली सिनेमा क्षेत्रमा भएका पूर्ण रुपमा साकाहारी सेलिब्रेटीको बारेमा जानकारी दिँदैछौँ ।

दीपकराज गिरी
अभिनेता दीपकराज गिरी पनि शाकाहारी हुन् । पछिल्लो समयमा नेपाली सिनेमाका सफल अभिनेताको रुपमा स्थापित भएका उनी माछा मासुको सट्टा शाकाहारी खानाहरुलाई प्राथमिकता दिन्छन् ।

दीपाश्री निरौला
दीपक जस्तै निर्देशक दीपाश्री निरौला पनि शाकाहारी सेलिब्रेटीमा पर्छिन् । उनी माछा मासु भनेपछि टाढै बस्न मन पराउँछिन् । माछा मासु नखाने उनी पनिर आईटम धेरै खान्छिन् । उनलाई पनिर चिल्ली, पनिर ग्रेभी, पनिर टिक्का लगायत आईटमहरु एकदमै मन पर्छ । त्यस्तै उनी सागपात र फलफुलमा पनि जोड दिन्छिन् । दीपाश्री शाकाहारी भएको २० वर्ष भईसकेको छ ।

IMG_8480

निशा अधिकारी
अभिनेत्री निशा अधिकारी पनि पूर्णरुपमा शाकाहारी हुन् । उनी माछा मासुबाट टाढै रहन्छिन् । तर सागपात भनेपछि उनी हुरुक्कै हुन्छिन् । निशालाई मन पर्ने खाने कुरामा रायोको साग पर्छ । उनी रायोको साग धेरै खान्छिन् । उनी आफू फिट र सुन्दर हुनुमा रायोको सागको ठूलो भूमिका रहेको पनि बताउँछिन् । उनी आफ्नो स्वास्थ्य र सुन्दरतालाई बचाउन फलफूल र सागपातलाई नै जोड दिन्छिन् ।

Image result for dilip raimajhi

दीलिप रायमाझी
अभिनेता दिलिप रायमाझी भात खानमा माहिर छन् । उनलाई भात धेरै खाने अभिनेताको रुपमा पनि धेरैले चिन्छन् । पछिल्लो समय अमेरिकामा बस्दै आएका उनलाई साथीहरुले फोन गरेर पनि भात कत्तिको मिस गरेको छस् ? भनेर सम्म जिस्काउदै सोध्छन् । भात धेरै खाने दिलिप माछा मासुबाट भने टाढै रहन्छन् । अर्थात उनी पनि शाकाहारी हुन् । स्वास्थ्यलाई मध्यनजर गर्दै उनले पनि सागपात र फलफूललाई प्राथमिकता दिन्छन् ।

Image result for chhulthim gurung

छुल्ठिम गुरुङ
‘नोभेम्बर रेन’बाट सिनेमा उद्योगमा ब्रेक लिएकी अभिनेत्री छुल्ठिम गुरुङ त झन् जन्मजातै शाकाहारी हुन् । उनको परिवारले बौद्ध धर्ममा विश्वास गर्ने भएका कारण परिवारमा माछामासु कसैले पनि छुँदैन । उनका आमा बुवाले पनि माछामासुलाई हात लगाउनु हुन्न । यहि कारण छुल्ठिम पनि जन्मेदेखि नै माछा मासुबाट टाढै रहिन् । खाने कुरामा उनलाई शाकाहारी आईटमहरु सबै मन पर्छ । तर मन पर्ने विशेष परिकार भन्नुपर्दा उनी मसरुमको नाम लिन्छिन् । छुल्ठिम सिनेमा उद्योगमा ‘डल्ली’को नामले पनि परिचित छिन् ।

Image result for parmod agrahari forseenetwork

प्रमोद अग्रहरी
अभिनेता प्रमोद अग्रहरीलाई सिनेमा ‘छक्का पञ्जा’मा बाबा मस्तमौलाको भूमिका निभाए पछि नचिनेका दर्शकले पनि चिन्ने मौका पाए । हुन त उनले त्यो भन्दा पहिले पनि केही सिनेमाहरुमा राम्रो गरेका थिए । तर ‘छक्का पञ्जा’को जति सफलता र चर्चा पाएका थिएनन् । अभिनयमा अब्बल प्रमोद पनि नेपालका शाकाहारी सेलिब्रेटीमा पर्छन् । उनी पनि माछा मासु भने पछि टाढै बस्न मन पराउँछन् ।

Image result for aslesha thakuri

अश्लेशा ठकुरी
‘प्रेम गीत–२’ बाट डेब्यु गर्न लागेकी अभिनेत्री अश्लेशा सुन्दरता र स्वास्थ्यलाई ध्यान दिँदै बिगत केही समय यता शाकाहारी बनेकी छिन् । पछिल्लो समय उनी माछा र मासुका परिकारहरुलाई सकेसम्म हात लगाउँदिनन् । आफू शाकाहारी भएको बताउँदै उनले हामीसँग भनिन्, ‘मैलै मासु खाँदै नखाएको त हैन । तर अहिले भने खाँदिन । स्वास्थ्यको हिसाबले मासु खानु राम्रो पनि हैन जस्तो लाग्छ मलाई ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com