AD_ Wide Top

युगमा एक चोटी आउने आवाज अञ्जुको, नायकीपन धेरै भएकी इन्दिरा –अर्जुन पोखरेलको नजरमा पाँच गायिका

४ बैशाख,२०७४  |   Forseenetwork

below social share detail page adv

loading...
युगमा एक चोटी आउने आवाज अञ्जुको, नायकीपन धेरै भएकी इन्दिरा –अर्जुन पोखरेलको नजरमा पाँच गायिका

संगीतकार अर्जुन पोखरेल पछिल्लो समय निकै व्यस्त भएका छन् । उनले बनाएका प्राय गीतलाई दर्शक तथा स्रोताले पनि रुचाएका छन् । सिनेमा प्रेमगीतमा ‘म यस्तो गीत गाउँछु’ बनाए पछि उनको क्रेज ह्वात्तै बढ्यो । अर्जुनलाई अहिले सिनेमा कै गीतमा संगीत दिन भ्याई नभ्याई छ । उनले संगीत दिएका सिनेमाहरु २०७४मा पनि एक पछि अर्को गरी आउने तरखरमा छ । अर्जुनले आफ्नो संगीतमा नेपालका चलेका गायक तथा गायिकालाई गीत गाउन लगाएका छन् । यस क्रममा उनले प्राय कलाकारहरुलाई नजिकबाट चिन्ने मौका पनि पाएका छन् । आज हामीले तिनै संगीतकार अर्जुन पोखरेललाई हामीले चलेका पाँच गायिकाहरुको बारे सोधेका छौँ । जसमा अञ्जु पन्त, इन्दिरा जोशी, मिलन अमात्य, आस्था राउत, मेलिना राईको बारेमा उनले आफ्नो प्रतिक्रिया दिएका छन् । 

anju-panta-nepaliheroine-6
अञ्जु पन्त
संगीत क्षेत्रको अहिलेसम्मको अनुभवको आधारमा अर्जुनको नजरमा गायिका अञ्जु पन्त युगमा एकपटक आउने आवाज भएकी गायिका हुन् । गायिकामा हुनुपर्ने सबै गुण अञ्जुमा छ । गायकीपन, गायकीपनमा पनि मिठास अनि आवाजको उचाई र गहिराई अञ्जुसँग छ । अर्जुनले एक कालखण्डमा एक पटक आउने आवाज अञ्जुको भएको भन्दै खुबै प्रशंसा गरे । उनका अनुसार, धेरै गीतहरु लगातार सफल हुने गायिकामा पनि पर्छिन् अन्जु । अघिल्लो पुस्ता र अहिलेको पुस्तालाई तुलना गर्दा पहिले नारायण गोपालको ठाँउमा अहिले अञ्जु आएकी छिन् । आवाजमा मिठास र कला क्षेत्रको धेरै कुरालाई नजिकबाट नियाल्ने हो भने अन्जु अब्बल दर्जाको गायिका हुन् । अन्जुले अुर्जनको संगीतमा ‘म यस्तो गीत गाउँछु’ गाएकी छिन् ।

Indira-Joshi-1
इन्दिरा जोशी
संगीतकार अर्जुन पोखरेलको नजरमा इन्दिरा जोशी ग्ल्यामरलाई बढी ध्यान दिने गायिका हुन् । उनका अनुसार, हरेक कलाकारको आ—आफ्नो शैली हुन्छ तर इन्दिरामा भने गायकी भन्दा पनि नायकी पन धेरै देखिन्छ । गायिकाले स्टेजमा प्रस्तुती दिँदा गायनसंगै नृत्यको पनि जरुरी हुन्छ जुन क्षमता ईन्दिरामा छ । स्टेजमा गायन र नृत्यको हाउभाउ धेरै र राम्रो भएकी गायिकामा पर्छिन् इन्दिरा । दर्शक पनि स्टेज कार्यक्रमहरुम इन्दिराको गीत सुन्न मात्रै होईन नृत्य हेर्ने सोचका साथ आएका हुन्छन् । उनी देशकै राम्रो गायिका हुन् तर क्लासिकल गीत भने कम गाउँछिन् । त्यस्तै अर्जुनले इन्दिराको आवाज सबै प्रकारका गीतमा नसुहाउने पनि बताए ।

Milna
मिलन अमात्य
नेपालमा राम्रो स्थानमा गनिने गायिकामा मिलन अमात्य पनि पर्छिन् । नेपाली संगीत बजारमा मिलनको आफ्नै किसीमको महत्व छ । अर्जुनले मिलनको बारेमा बोल्दै उनी निकै राम्रो गाउने गायिकामा पर्ने बताए । मिलन बहुप्रतिभाशाली गायिकामा पर्छिन् भन्दै राम्रो आवाज र राम्रो गाउने उनले भविष्यमा यो भन्दा अझै राम्रो स्थान प्राप्त गर्न सक्ने सम्भावना भएको अर्जुनले बताए । मिलन गाउनसंगै नाच्न पनि निकै रुचाउँछिन् । उनले नेपाली चलचित्र र आधुनिक गरी दर्जनौँ गीतमा आवाज दिएकी छिन् ।

Astha
आस्था राउत
नेपाली संगीत क्षेत्रमा आवाज र गायन शैली फरक भएकी गायिका हुन् आस्था राउत । उनको बारेमा अर्जुन भन्छन्, ‘आस्थाको प्याटर्नको गायन शैलीलाई लिड गर्ने व्यक्ति नै उनै हुन् । उनी नेपाली युवा दर्शक श्रोताको रोजाईमा पर्ने अनि निकै पावरफूल आवाज भएकी गायिकामा पनि पर्छिन् । आस्था जस्तो प्याटर्नको गीतलाई पनि निकै शानदार तरिकाले गाउन सक्छिन् । मध्यसतकको हाराहारीमा हेर्ने हो भने आस्थाको आवाज धेरै चलेको छ ।

Melina Rai
मेलिना राई
नेपालमा चलेको गायिकाका बारेमा बुझ्दै जाँदा हामीले अर्जुनसंग अहिलेको चलेकी गायिका मेलिना राईको बारेमा पनि केही बुझ्न प्रयास गर्यौँ । अर्जुनको नजरमा मेलिना नव गायिकाको अग्रपंतीमा पर्ने गायिका हुन् । एउटा कलाकारलाई अर्काे कलाकारसंग दाँज्न नमिल्ने भन्दै अर्जुनले नयाँ पुस्तामा आएका गायिका मध्ये राम्रो सम्भावना र इतिहासमै राम्रो गीत दिन सक्ने क्षमता भएकी गायिकाको रुपमा मेलिनालाई अघि सारे । उनको आवाजमा मिठासपन र गायकी पन राम्रो भएको बताउँदै अर्जुनले यदि मेलिनाले आफूमा भएका केही कमिकमजोरीलाई आफैले सुर्धादै गईन् भने अझ राम्रो हुने सुझाएका छन् । मेलिनाले नेपाली चलचित्र, आधुनिक, पप लगायत दर्जनौँ गीतमा आवाज दिइएसकेकी छिन् ।

 


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com