AD_ Wide Top

पाँचौ एन एफ डि सी अवार्डका रोचक ४ खुराक, जुन बने समाचार

४ असार,२०७४   |   Forseenetwork

below social share detail page adv

loading...
पाँचौ एन एफ डि सी अवार्डका रोचक ४ खुराक, जुन बने समाचार

टि भि फिल्मीले हरेक वर्ष आयोजना गर्ने पाँचौ एन एफ डि सी अवार्ड शनिबार होटेल हायातमा सम्पन्न भएको छ । पाँचौ एन एफ डि सी अवार्डमा अभिनेता विपिन कार्कीले सिनेमा ‘जात्रा’बाट उत्कृष्ट अभिनेताको अवार्ड पाए भने प्रियंका कार्कीले ‘छक्का पञ्जा’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् । उत्कृष्ट नव अभिनेताको अवार्ड यसपटक अभिनेता आयुष्मान देशराज जोशीले सिनेमा ‘चपली हाईट २’ बाट प्राप्त गरे भने अभिनेत्री सृष्टी श्रेष्ठले ‘गाजलु’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । त्यस्तै उत्कृष्ट निर्देशकको अवार्ड ‘छक्का पञ्जा’ निर्देशक दीपाश्री निरौलाले पाएकी छिन् ।

यो वर्षको एन एफ डि सी अवार्ड सम्पन्न भएसँगै यसको चर्चा बढेको छ । अवार्ड कार्यक्रममा उपस्थित सेलिब्रेटीका केही कार्यहरुले गर्दा यो अवार्ड कार्यक्रमको चर्चा बढेको हो । उपस्थित सेलिब्रेटीहरुले केही अनौठा कार्यकहरु गरे जसले अवार्ड शोलाई चर्चा र विवादमा ल्याएको छ । फर्सिनेटवर्कले एन एफ डि सी अवार्ड समारोहमा घटेका केही घटनाहरु जो अहिले चर्चा र विवादमा आएका छन् ती घटनाको बारेमा एक सामाग्री तयार पारेको छ ।

प्रियंका र आयुष्मानको प्रेमको आधिकारिक घोषणा
केही समय अघि देखि अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशीको प्रेमको चर्चा चलेको थियो । तर यी दुईले आधिकारिक रुपमा आफूहरु एकअर्काको प्रेममा रहेको घोषणा गरेका थिएनन् । सायद उनीहरुको लागि शुभ साईत र शुभ स्थान पाँचौ एन एफ डि सी अवार्ड हुने दिन हायात होटेल नै थियो क्यारे । यहि कारण अभिनेता जोशीले नव अभिनेताको अवार्ड समाउँदै स्टेजमा प्रियंका आफ्नी प्रेमिका भएको आधिकारिक घोषणा गरिदिए ।

Priyanka_Ayushman_06-18062017104306-1000x0
आयुष्मान र प्रियंकाको चुम्बन
अभिनेत्री प्रियंका कार्कीले पाँचौ डी सिने अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समाउँदै आफू बसेको स्थानमा गएर प्रियंकाले प्रेमी आयुष्मान देशराज जोशीलाई अंकमाल गरिन् । आयुष्मानले उनलाई खुशी हुँदै उचाले र अधरपान अर्थात चुम्बन गरे । उनीहरुको यो कार्य एन एफ डि सी अवार्डको सबैभन्दा ठूलो आकर्षण बन्यो । उनीहरुको चुम्बनको विषयमा लिएर सामाजिक सञ्जालमा धेरैले नौटङ्कीको संज्ञा दिएका छन् भने केहीले उत्ताउलो भन्दै कमेन्ट गरेका छन् । जे होस् उनीहरुको अधरपानले यति बेला धेरैलाई कुरा गर्ने र गफ गर्ने मसला दिएको छ ।

दीपक र दीपा बीचबाटै निस्कनु
निर्देशक दीपा श्री निरौला र कलाकार दीपक राज गिरी एन एफ डि सी अवार्डको बीचबाटै निस्कनु पनि यो अवार्डको अर्को चर्चा गर्न लायक विषय बन्न पुग्यो । खासमा दीपक र दीपा सर्वोत्कृष्ट संगीत, सर्वोत्कृष्ट पटकथा लगायतका विधामा अवार्ड नपाए पछि अवार्ड समारोहबाट निस्किएका थिए । उनीहरुको यस्तो व्यवहारले धेरैलाई अचम्म पार्नुका साथै मिडियाको लागि समाचारको राम्रो खुराक बन्न पुग्यो । दीपाश्रीले उत्कृष्ट निर्देशकको अवार्ड पाएको नाम उच्चारण भइरहदा अवार्ड उचाल्न त्यहा निर्मल शर्मा पुगेका थिए । त्यस्तै सर्वाधिक व्यापार गर्ने सिनेमाको अवार्ड पनि छक्का पञ्जाले नै पायो ।

deepa_deepa_rajesh_hamal

दीपक र दीपा अवार्ड लिन नजानु
छक्का पञ्जाले सर्वाधिक कमाई गर्ने सिनेमाको अवार्ड पाउँदा दीपक र दीपा स्टेजमा गएनन् । किनकी उनीहरु उक्त अवार्ड घोषणा हुनु भन्दा अगाडि नै उक्त समारोहबाट निस्किएका थिए । आयोजकले फोन गर्दा पनि उनीहरु फर्किएनन् । उनीहरु नफर्किदा अवार्डलाई नै बहिस्कार गरेजस्तो भयो जुन अवार्ड शो को आकर्षण बन्न पुग्यो । दीपक र दीपा नगएपछि प्रियंका कार्कीसँगै वितरक प्रदीप कुमार उदय र कार्यकारी निर्माता निर्मल शर्माले उक्त अवार्ड ग्रहण गरेका थिए ।
दीपक र दीपा यस अघि सिक्किममा आयोजित ईनास अवार्ड समारोह र काठमाण्डौमै आयोजिक एक अवार्ड समारोहबाट पनि यसरी नै बीचमै बाहिरिएका थिए ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

test‘मह’सँग जोडिए टंक बुढाथोकी

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com