AD_ Wide Top

उनलाई गरेको त्यो एकोहोरो प्रेम– प्रेम गीत-२ निर्माता सन्तोष सेन

५ असार,२०७४  |   Forsee Network

below social share detail page adv

loading...
उनलाई गरेको त्यो एकोहोरो प्रेम– प्रेम गीत-२ निर्माता सन्तोष सेन

निर्माता सन्तोष सेन नेपाली सिनेमामा दिल खोलेर लगानी गर्ने थोरै निर्माताहरु मध्येका एक नम्बरमा पर्छन् । चंखे पंखे शंखे, प्रेमगीत र प्रेमगीत २ सम्म आइपुग्दा उनले करोडौं रुँपैया लगानी गरिसकेका छन् । उनले निर्माण गरेको प्रेमगीत २ यही साउन १३ गते प्रदर्शनको तयारीमा छ भने त्यस लगत्तै लगभग ६ करोड रुँपैयाको दीपेन्द्र सरकार निर्माण गर्ने घोषणा समेत गरेका छन् । यो अहिले सम्मको नेपाली सिनेमाको सबै भन्दा धेरै बजेटमा बन्न लागेको सिनेमा पनि हो । नेपाली सिनेमाको बजेट बढ्नुपर्छ र उत्कृष्ट सिनेमाको लागि खर्च गर्न लोभ गर्नुहुन्न भन्ने सोच बोकेका सेनसँग काम गर्न जो कोहि कलाकार लालयित हुन्छन् । एउटा सिनेमामा करोड रुपैया भन्दा कम बजेट नहाल्ने यी निर्माता खासमा को हो भन्ने कुरा भने कमैलाई थाहा होला । आज हामीले निर्माता सन्तोष सेनका बारेमा केही रमाइला र व्यक्तिगत कुराहरु प्रस्तुत गर्दैछौँ ।

16729194_1244903842260310_3628804982661986265_nआर्मीबाट भागेर ब्रुनाई राजकुमारीको दरबारसम्मको यात्रा
सन्तोष सेनको जन्म वि सं २०४२ मा स्याङ्जा बाहाकोटको गंैडाकोटमा भएको हो । सेनको एक दिदी, एक जना बहिनी र एउटा भाइ छन् । उनले गाउँमै एस.एल.सी पास गरेका थिए । उनका बुवा खासमा सेनामा हुनु र त्यस समयमा ठल्ठूला बाकस बोकेर गाउँ फर्केका लाहुरेको सान देखेर घरपरिवारबाट उनलाई लाहुरे बन्न दवाब परेको थियो । बुवाआमाको कर र आफूलाई पनि साँच्चिकै लाहुरे बन्नु पर्छ भन्ने सोचका कारण उनी इन्डियन लाहुरे बनेका थिए । भारतको सिलोङ मेघालयमा फिप्टी एट गोर्खामा १० महिनाको तालिम लिएर केही समय लाहुरे बने । तर त्यहाँको कडा अनुसासन र सैनीकी जीवन उनलाई मन परेन । उनी भन्छन्, म खुलेर काम गर्न चाहने भएर होला मलाई त्यो काम मन परेन । त्यसपछि मैले छोडेँ । उनी अगाडि थप्छन्, “आर्मीमा जति पसिना बगाए पनि आउँने भनेको त्यही १०,००० हो मासिक तलब । १६–१७ वर्ष सम्म जागिर गर्यो पछि पेनसन आउँछ अनि जिन्दगी सकियो । त्यसको लागि म किन मेहेनत गर्नु?” आर्मी छोडेपछि सन्तोष सेन केही समय पछि सिङ्गापुर काम गर्नका लागि पुगे । सिङ्गापुर गएर धेरै मेहेनत गरे । उनी गाउँका एक जना दाजुको सहयोगमा पर्यटक भिषा लिएर सिंगापुर पुगेका थिए । त्यहाँ पुगेर रेष्टूरेन्टमा केही समय काम गरे । पछि उनले भिषाको मिति सकेर पनि गैरकानुनी रुपमा बसेर काम गर्न थाले ।
काम गर्ने सिलसिलामै सेनका एक जना दाईले उनलाई ब्रुनाई लगे । त्यहाँ उनका दाई राजकुमारीको प्यालेसमा काम गर्दथे । ब्रुनाईकोे राजकुमारी सिङ्गापुरमा किनमेल गर्न आउने क्रममा सन्तोष सेनलाई मेहनति र साझो देखेर ब्रुनाई बोलाएका थिए । राजकुमारीसँग भटेपछि उनले दरबारमा बसेर लगभग ९ वर्ष सम्म काम गरे । उनी राजकुमारीको सवारी चलाउथे । उनको काम गर्ने शैली र बफादारीको कारण ब्रुनाईको राजकुमारीले सेनलाई असाध्यै माया गथिर्न । उनी अझै पनि सम्झन्छन्, त्यहाँकोे माया र ममता म अझै पनि सम्झन्छु ।

13343040_1023851421032221_419158560543962326_nआफ्नो पसलको सामान चोरेर साथीलाई
खासमा सान्तोष सेन विद्यालयमा नपढ्ने विद्यार्थीमा पर्छन् । उनी भन्छन् मैले जीवनमा कहिले पनि पुरै क्लास बसिन होला । घरबाट विद्यालय जान निस्केको म प्राय भाग्थेँ । तर सेनलाई अहिले भने किन पढिन् जस्तो लाग्छ । पारिवारिक स्थिति राम्रो नभएको कारणले पढाईमा निन्तरता दिन नपाएको उनको भनाइ छ । उनी सोझा निर्मातामा पनि गनिन्छ । आफ्नो कुरा सिधा र प्रष्ट राख्ने सेन खासमा दयालु पनि त्यतिकै छन् । उनी सानै देखि आफ्नो साथीहरुको लागि धेरै सहयोग गर्ने गर्थे । बाल्यकाल सम्झदै सेन भन्छन्, म साथी बनाउनको लागि पसलबाट सामान निकालेर सबैलाई बाँड्थें । यो कुरा थाहा पाएपछि बुबाको धेरै कुटाई खाएको छु । बुबा निकै कडा हुनुहुन्थ्यो ।

कक्षा ५ मा एकोहोरो प्रेम, १६ वर्षमा विवाह
हाम्रो पालामा पत्र मित्र भन्ने रेडियो कार्यक्रम असाध्यै चर्चित थियो । त्यसमा लव लेटर पठाएर रमाइलो गर्ने उनको बानी थियो । उनी भन्छन्, तर आफूलाई मन परेको केटीलाई अगाडिबाट कहिले प्रेम प्रस्ताव राख्न सकिन । कक्षा ५ मा पढ्दा एकोहोरो प्रेममा परेको थिएँ । विद्यालयमा प्रार्थानाको लाइन लाग्दा सिधा उभिएर उसलाई हेरेर बस्थेँ । उसलाई भने मेरो केही वास्ता थिएन । तर, मैले उनलाई पछि सम्म मन पराइरहें । सान्तोष सेनले १६ वर्षकै उमेरमा विवाह गरेका हुन् । उनको दुई वटा छोरा छन । उनी भन्छन, मलाई कान्छो छोरो जन्मदाँ छोरी जन्मिदिए हुन्थ्यो भन्ने लागेको थियो । जेठो छोरो थियो । अब कान्छी छोरी भएको भए कति राम्रो हुन्थ्यो । छोरो त खासमा काम नलाग्ने हुन्छ क्या । माया भने छोरीले ज्यादा गर्छ । निर्माता सेन आफ्नो विवाह र प्रेमको बारेमा अगाडि यसरी भन्छन् ‘म पोखरामा आर्मीमा हुँदा खेरी लास्ट लास्टमा पुगेपछि फ्ँयाकिएको थिएँ । मेरो बुबा आमा रितिरिवाज मान्ने भएको कारण उहाँहरुले छोराको भाग्यले नदिएको हो । विवाह पछि बुहारीको भाग्य ग्रहले भाग्यले लाहुरे हुन सक्छ भन्ने सोचेर विवाहको लागि केटी खोज्न हिंड्नुभयो । उनको माईत तनहुँ हो । म अल्लारे भएँ भनेर उनको परिवारले केटी नदिने भने । हामीले भने एक अर्कालाई मन पराएका थियौँ ।’
रमाइलो मान्दै सेन अगाडि थप्छन्, म भने उनलार्ई पटाउन पछि लागेर पधेँरा सम्म पानी थाप्न जान्थेँ । त्यस्तै हुँदाहुँदैँ मैले उनलाई पटाए । पछि उसले आफ्नो बुबालाई यो केटा सँग विवाह गर्दिएनन् भने कोही सँग विवाह गर्दिन भनिन । त्यसको दुई तीनपछि परिवारको कुराकानी भएपछि हाम्रो विवाह भयो । (लामो हाँसो)

18700280_1348907801859913_7780977708915326444_nब्रुनाईको दरबारमा देखेको कुरा
ब्रुनाई बसाइको आफ्नो अनुभव यसरी बताउँछन् सेन, ब्रुनाईको राजखलकमा काम गर्र्दा निकै डर लाग्थ्यो । राजकुमारी सँगको निकट समबन्धको कारणले मलाई त्यहाँ केही आपत परेन । कसैले काम बिगार्यो भने पोष्टबाट झारदिहाल्थे । त्यहाँ काम गर्ने नेपालीहरु धेरै हुन्छन् । राजकुमारी पोलो खेल्न जादाँ त्यहाँको गार्डहरुले उनको अगाडी आधी घण्टा सम्म टाउको निहुराएर बस्छन् । काम गरेको अनुुसार सुविधा भने पाईने तर काममा एकदमै जोखिम हुन्छ । त्यहाँको दरबारमा सबै कुरा भोगेपछि र यहाँको सबै घटना सुनेपछि मलाई दिपेन्द्र सरकार बनाउन मन लागेको हो ।
सेनका अनुसार, दुवै राजकुमारको कुरा मिल्छ । उनी थप्छन्, दुबै ठाँउकोे राजकुमारका कुराहरु मिल्छ । राजा दिपेन्द्रले पनि आनन्दले सुतिराखेको समय बिरालो करायो भने त्यसलाई तड्पाई तड्पाई मार्ने खाल्को घटना मैले त्यहाँ पनि देखेको थिएँ । नेपाली गार्डहरुलाई त्यहाँको राजकुमारले निकै तड्पाउँछ । समुन्द्रको किनार टाउको मात्र देखाएर गाडेर राख्ने त्यसपछि हस्पिटल लैजाने । पछि भने भएभरको पैसा दिएर खुशी बनाईदिन्थे । उनीहरुलाई अरु छटपटिएको हेर्न एकदमै मन लाग्थ्यो । दिपेन्द्र सरकारको किताब पढ्दा मैले यही कुरा नेपालमा पनि पाएँ । यहाँ र त्यहाँको राजघरानाको कुरा उस्तै छ । दिपेन्द्र सरकारको कथा आम जनताले जान्न चाहन्छन् । यो सिनेमा बनाउने भनेपछि धेरै जनासँग सिनेमाको पृष्ठभूमी बुझाउन मिटिङ्ग बस्नुपर्यो । दिपेन्द्र सरकारको लव स्टोरी के हो र प्रेमले मानिसलाई कहाँ सम्म लैजान्छ त भन्ने बारेमा हामीले सिनेमा बनाउँदैछांै । यो सिनेमा बनाएर हामीले कसैलाई नकारात्मक रुपमा प्रस्तुत गर्ने खोजेको छैनौँ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com