AD_ Wide Top

बारुदको गोली बनाउने पहिलो नेपाली कलाकार जुङगे भट्टराई

११ असार,२०७४  |   Forsee Network

below social share detail page adv

loading...
बारुदको गोली बनाउने पहिलो नेपाली कलाकार जुङगे भट्टराई

कलाकार उद्धव भट्टराईले आफ्नो पहिचान नै जुङगा बनाए । जुङगा पालेकै कारण उनलाई सबैले जुङगे भट्टराईका नामले चिन्न थाले र सम्बोधन पनि गर्न थाले । नेपाली सिनेमाहरुमा अभिनय गर्दै आएका जुङगेले आठ पटक कानमा बेर्न मिल्ने गरी पनि जुङगा पालेका छन् । अहिले भने उनको जुङगा ५ देखि ६ ईन्च मात्रै लामो छ ।

खास कुरा एक पटक उनले जुङगा काटेका थिए । तर पनि उनलाई चिन्ने र देख्नेहरुले जुङगे दाई भनेर बोलाउँदा अनुहारमा जुङगै नभएका कारण अनुहार लुकाएर हिड्नु परेका कारण फेरि उनले जुङगा पालेका थिए ।

उनको छोटो जुङगाको अर्को चाख लाग्दो कुरा जुङगा मिलाउँदै गर्दा कसैले बोलाई दिएपछि झस्किएर जुङगा काटियो र उनको जुङगा छोटो भयो ।

सामान्य लेखपढ गर्न सक्ने भटटराई अभिनयका साथ साथै गीत लेखनमा पनि अघि छन् । आफूले २०३२ साल तिर त रेडियो नेपालमा देउडा गीत गाउने गरेको पनि उनले हामीलाई सुनाए । उनले एकताका सिनेमामा कस्ट्युम डिजाईनर भएर पनि काम गरे । जंगलमा गएर पातपतिङगरका लुगा बनाईदिने काम पनि उनले गरेका छन् ।

त्यस्तै उनले सिनेमामा कला निर्देशक, बारुदको गोली बनाएर फायर गर्ने काम अर्थाथ स्पेशल ईफेक्टको काम पनि गरे । उनी बारुदको गोली बनाएर फाएर गर्ने आफू पहिलो नेपाली भएको बताउँछन् । उनले यो सिन सिनेमा ‘विजय पराजय’मा २०४५ सालमा गरेका थिए । आफूले गरेको यो काममा उनलाई खुशी त दियो तर पारिश्रमिक भने एकदमै कम । उनलाई यसको लागि मात्र ५ सय पारिश्रमिक दिईएको थियो । जबकी विदेशीहरुले त्यहि काम गर्दा ८० हजार पारिश्रमिक दिईन्थ्यो । हामीले आज उनीसँग उनका अन्य केही जुङगा प्रसंग र करिअरका बारेमा कुराकानी गर्ने मौका पाएका छौँ । हेर्नुहोस् तलको भिडियोमा ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com