AD_ Wide Top

काललाई जितेका छायाँकार जो पटक पटक मरेर बाँचे-पुरुषोत्तम प्रधान


below social share detail page adv

loading...
काललाई जितेका छायाँकार जो पटक पटक मरेर बाँचे-पुरुषोत्तम प्रधान

सिनेमा ‘लुट’मा सिनेम्याटोग्राफीका कारण चर्चामा आएको नाम हो पुरुषोत्तम प्रधान । अधिक व्यापार गरेर लुटले रेर्कड राख्न सफल भएको थियो । पुरुषोत्तम प्रधान कामले सिने क्षेत्रमा धेरैले प्रिय नाम हो तर, आम दर्शकले भने कमै मात्रामा चिन्छन् । कारण उनी पर्दामा होइन पर्दापछाडिका हिरो हुन् । उनले लुट, लुट २, छक्का पन्जा, ड्रिम्स, प्रेमगीत २ लगायत सिनेमामा उत्कृष्ट सिनेम्याटोग्राफीको कला देखाइ सकेका छन् । हाल उनी “कृ” को छायाकंनमा व्यस्त छन् । नेपालमा सय भन्दा धेरै सिनेम्याटोग्राफरहरु छन् । तर, त्यस मध्येमा पनि पुरुषोत्तम प्रधानको व्यस्तता अरुको तुलनामा अधिक छ । उनी काम प्रतिको लागावले गर्दा नै नेपालका नम्बर एक सिनेम्याटोग्राफर बन्न सफल भएका छन् । काठमाण्डौको असनमा जन्मेका पुरुषोत्तम प्रधानको व्यक्तिगत जीवन भने एउटा सिनेमा भन्दा कम छैन । उनी जम्मा जम्मी ५ वर्षको हुदाँ आफ्ना पीतालाई गुमाएका थिए । बाल्यकालमा बुवाको माया अनि हेरचाह नपाएका प्रधानले जीवनमा धेरै हण्डर र ठक्कर खाएका छन् । झण्डै १५ वर्ष प्रेम गरेर विवाह गरेका प्रधानले विवाह गरेको १ वर्षमै आफ्नी जीवनसंगीनी पनि गुमाए । एक महिना नपुगेकी दुधे छोरी उनकै काखमा छोडेर जीवनसंगीनी यो संसारबाट जानु उनको जीवनको कालो दिन थियो । तर परिवारका असाध्यै प्रिय व्यक्तिलाई गुमाएका प्रधानले आफूलाई कहिल्यै पनि विचलित गराएनन । पर्दा पछाडिका हिरो सिनेम्याटोग्राफर अर्थात छायांकार पुरुषोत्तम प्रधानको आज जन्मदिन पनि परेको छ । यहि अवसर पारेर उनका बारेमा भएको केही रोचक कुराकानीमा अधारित केही जानकारी राख्दैछौँ ।

उनी भन्छन्, “नेपालमा धेरै सिनेम्याटोग्राफर भए पनि त्यसमध्य ४–५ जना चाहि धेरै व्यस्त हुनुहुन्छ ।” उनलाई पहिले पर्दामा आउन निकै रहर लाग्थ्यो । तर, अहिले दर्शकले नामले भन्दा कामले चिनुन् भन्ने चाहना उनको रहेको छ । यसको बारेमा कुरा गर्दै उनी भन्छन्, “मलाई स्वयम भन्दा मेरो कामले चिनेको मन पर्छ । मलाई मेरो ज्यानको माया भन्दा पनि आमा, भाई र छोरीको माया धेरै लाग्छ । काम गर्दा मलाई धेरै पटक चोट पटक लागेको छ । तर कुनै पनि सिनेमामा, यो सट लिदा मेरो ज्यान जोखिममा पर्छ , म गर्दिन ! भन्ने महसुस मलाई कहिल्यै हुदैन ।”

15181213_923756611102543_923857632720454865_n

श्रीमतीको निधन पछि छोरीको हेरचाह आफै
विवाह गरेको १ वर्ष र छोरी जन्मेको एक महिना पनि नपुग्दै श्रीमतीको वियोग प्रधानले खेप्नु परेको छ । अहिले प्रधानकी छोरी २७ महिनाकी भईन् । आफ्नी छोरीको बारेमा बोल्दै प्रधान भन्छन्, ‘मेरो श्रीमतीको निधन पछि मैले उसको हुर्काई बढाई आफैले गरेको छु । ऊ राम्ररी बोल्छे र हिजोआज स्कुल पनि जान थालेकी छ । केही दिन अघि उसले मेरो मामु कहाँ हुनुहुन्छ ? भनेर सोध्दै थिई । त्यस्तो बेलामा मलाई सारै नरमाईलो लाग्ने गर्छ । सायद यो उसको आफ्ना नजिकका मान्छेहरुलाई सम्झने समय होला ।’
छोरीको विषयमा कुरा गर्दै प्रधान अगाडि थप्छन्, ‘ऊ सँग हँुदाको समय मलाई निकै रमाईलो लाग्छ । मेरो अनुहार मात्र नभएर उसको र मेरो बानी व्यवहार पनि उस्तै छ । आमाले मलाई ऊ ठ्याकै तँ जस्तो छे भन्नुहुन्छ । ऊ सँग भएको बेलामा मेरो समय कसरी बित्छ भन्ने कुरा मलाई थाहा नै हुँदैन ।

म मेरो श्रीमतीलाई कुनै क्षणमा त सम्झिरहन्छु । मेरो जीवनमा जे भयो त्यो सबै लेखान्त हो । सेक्सपेयरको फिलोसोपी  “जीवन एउटा ड्रामा र संसार एउटा स्टेज हो” भन्ने कुरा मलाई एकदमै सहि लाग्छ । त्यो कुरालाई न्याय दिनपर्छ भन्ने सिद्धान्तमा म हिड्छु । उसलाई सम्झेर बसेँ भने म डिप्रेसनमा जान्छु । मैले नेपाली सिनेमालाई उठाउनुपर्छ भन्ने जोस र परिवार प्रतिको कर्तव्य लिई अगाडि बढी रहेको छु । त्यही कारण म मा उसलाई मात्र सम्झेर समय खेर फाल्नु भन्दा केही राम्रो काम गर्नुपर्छ भन्ने सोच आइरहन्छ ।’

10354223_777895739021965_1581360282060770068_n

काम गर्दा तीन पटक भगवानले गर्दा बाचे
वास्तबमा छायांकारको काम जोखिमपूर्ण काम मध्येको एउटा काम हो । किनकी सिनेमाको लागि आवश्यक सटको लागि अफ्ठ्यारो र खतरनाक स्थानमा पुगेर खिच्नु पर्ने हुन्छ । थोरै सावधानी र सुरक्षाको उपाय अपनाइएन भने ठूलो दुर्घटना पनि हुन सक्छ । कयौँ चोटी मरेर बाँचेका पुरुषोत्तम प्रधानका दुर्घटनाका कथा धेरै छन् ।
स्वर्गीय श्रीकृष्ण श्रेष्ठको सिनेमा ‘गोरखाली’मा सहयोगी छायाँकार भएर काम गर्दा भएको दुर्घटना प्रधान सम्झन्छ । उनी भन्छन्, ‘पानी सिमसिम परेर रोकिएको क्रममा गार्डेन लाईटमा काम भईराखेको थियो । पानी परेर फिल्मको लाईट निकाल्यौँ । एकछिनमा लाईटलाई फेरि मिलाउने क्रममा मल्टि २० भन्ने लाईटले एकदमै नराम्रोसग झट्का हान्यो । त्यो बेलामा म झण्डै मरेको । म मर्नुपर्न मान्छे हो त्यही बेला तर सबिन भन्ने साथीले स्विच अफ गरेर बचाएको हो । त्यो मेरो पुर्नजन्म हो ।


पुराना कुरा सम्झदै उनी अगाडि थप्छन्, ‘त्यसपछि ‘वीर गणेशमान’ भन्ने सिनेमाको क्रममा पनि दुर्घटनामा भएको थियो । एन.एफ.डि. सीको पूरानो क्रेन थियो । भिमशरण सर र मन्जु कुमार श्रेष्ठ चाहि सिनेम्याटोग्राफर डि.ओ.पी हुनुहुन्थ्यो । त्यो बेलामा पशुपतीको हाईटमा बसेर मैले फे्रमिङ्ग गर्दै थिएँ । म बसेको क्रेन बाङ्गगिएर भाँचियो । त्यहाँबाट खसेर पनि बाचेँ ।
अर्को एउटा चाहि ‘बटालिएन ५’ सिनेमा जुन अहिले सम्म बनेको छैन त्यो रामराज्य जी ले निर्देशन गरेको सिनेमा थियो । यो ‘लुट’ पछिको कुरा हो । त्यो सिनेमाको लोकेशन हेर्न जाँदा किया कार नाग ढुङ्गामा दुर्घटना भएर खोलातिर वालमा ठोकिएर मेरो निधारमा घाउ भएको थियो । त्यसको दाग अझै छ । मेरो निधारमा ५–७ वटा गहिरो टाका पनि लागेको छ । सिनेमाको क्रममा भएको दुर्घटनाहरु यीनै हुन ।’
घरमा सानी छोरी अनि बुढी आमाको सम्झना र उनीहरुको लागि भए पनि बाच्नु पर्ने पुरुषोत्तम भने खतरनाक दृश्य खिच्न जस्तोसुकै जोखीम मोलेर अगाडि तम्सिन्छन् । जीवनको माया लाग्दैन ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘मन देखि केही कुरा आँटेर अघि बढ्यौ भने जिन्दगीमा केही नराम्रो हुँदैन । मैले के काम गर्दा राम्रो हुन्छ ? के गर्दा नराम्रो हुन्छ ? भन्ने कुरा म आफै सोच्छु ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com