AD_ Wide Top

मुन्द्रेले छोराको मग्नी भईसक्यो, भन्दा दीपा भुतुक्कै

२३ असार,२०७४  |   Forseenetwork

below social share detail page adv

loading...
मुन्द्रेले छोराको मग्नी भईसक्यो, भन्दा दीपा भुतुक्कै

दीपक राज गिरीका छोराको विहे पार्टीमा दीपाश्री लगायतका हाँस्यकलाकार नदेखिएपछि हिजो बिहिबार काठमाण्डौको तारे होटेल अन्नपूर्णमा एकैछिन कानेखुशी चल्यो । अवार्ड बहिष्कारको आरोप लागेका दीपकराजको छोराको विवाहमा दीपाश्रीसँगै छक्का पञ्जाका हाँस्यकलाकार नै नदेखिएपछि शंका फैलिनु स्वभाविक थियो । कतै विहे पार्टी पनि बहिष्कार त हैन ? शुभ चिन्तकका मनमा यो प्रश्न आउनु अचम्म पनि थिएन । तर बिहिबारको वास्तविकता अर्कै थियो ।

दीपकराज गिरीले अन्नपूर्ण होटेलमा निम्तालुलाई स्वागत गरिरहँदा दीपाश्री निरौला सहित हाँस्यकलाकारको अर्को टोली डि सिने अवार्डका लागि हेटौडामा थियो । गिरीका छोराको विहे भोज र अवार्ड कार्यक्रम एकैदिन जुधेपछि तारे होटेलमा अलमल भयो । यता काठमाण्डौमा भोज चलिरहँदा छक्का पञ्जाका कलाकारहरु हेटौडामा अवार्ड थाप्दै थिए ।

छक्का पञ्जा निर्माताका हिसाबले दीपक राजका लागि छोराको विवाह जत्तिकै महत्वपूर्ण डि सिने अवार्ड रह्यो । छक्का पञ्जाले ११ विधामा डि सिने अवार्ड उचालेको छ । दीपकले अवार्डको खुशी दुई दिन पछि साट्ने छन् । तर अवार्ड कार्यक्रमका साक्षीहरुलाई भने जितु नेपाल मुन्दे्रले भुँडी फुट्ने गरी हँसाए । स्टेजमा जितु नेपाल चल्तीको सिनेमा गीतलाई रिमेक गर्दै गाउँदै थिए, मनै सफा छ मेरो केशै कालो छ, छोराको मग्नी भईसक्यो मेरै पालो छ ।

‘नवौं डी सिने अवार्ड’मा छक्का पन्जा लाई सर्वाधिक ११ विधामा अवार्ड
गिरी पुत्रको विवाह प्रसंगमाथि मुन्द्रेले झटारो हानीरहँदा दीपाश्री भुतुक्कै थिईन् । ‘जुंगा हल्लियो कुरा बुझियो’ भनेजस्तै मुन्द्रेको गीत दीपाश्री माथिको व्यङग्य थियो । मुन्द्रेले लगातार अवार्ड कार्यक्रममा हँसाईरहँदा दीपाश्री लजाईरहेकी थिईन् । यहि प्रसंगमा दीपालाई हामीले सोध्यौँ, ‘तपाईँको पालो आएकै हो त ? यसको जवाफमा उनले भनिन्, कमेडियनले गर्ने व्यङग्य नैे हो । जितुले झटारो हानेको हैन मलाई माया गरेको हो । हामी दुःख गरेर उभिएका कलाकार हौँ । सायद जितुलाई दिदीको माया लागेको हो । जहाँसम्म पालोको कुरा छ, यो चाहि शुचभिन्तकको माया पनि हो । पर्दामा दीपक जी र मलाई दर्शकले मन पराईदिनु भएको छ । त्यहि भएर धनिया र रामबिलास सफल भयो । तितो सत्य सफल भयो । ६ एकान ६ देखि छक्का पञ्जा २ सम्मको यात्रा अघि बढाउन सकियो । हामी मिल्न सक्यौँ र देश र दुनियाँलाई हँसाउन सक्यौँ । अरुलाई हँसायौँ आफू हाँस्न सक्यौँ । यो व्यङग्य मात्र हैन यो माया पनि हो । त्यसैले व्यक्तिगत रुपमा म चाहन्छु यो सम्बन्ध यस्तै रहोस् ।’


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com