AD_ Wide Top

रेडियोका सेलिब्रेटी दिलु गन्धर्व: खड्का भए पनि गन्धर्व प्यारो

२३ असार,२०७४   |   Forseenetwork

below social share detail page adv

loading...
रेडियोका सेलिब्रेटी दिलु गन्धर्व: खड्का भए पनि गन्धर्व प्यारो

केही वर्ष पहिले विविसी नेपाली सेवाको कथा मीठो सारंगीको रेडियो नाटक धेरैले सुनेको हुनुपर्छ । जतिले सुनेका छन् उनीहरुले दिलु गन्धर्वलाई झट्ट सम्झेको पनि हुनु पर्छ । तिनै दिलु गन्धर्व अब नेपाली सिनेमा नाकामा देखिने भएका छन् । कलाकार विपिन कार्कीसंगै उनले अभिनय गरेको सिनेमा नाका यतिबेला सुटिङ सकेर प्राविधिक कामको चरणमा रहेको छ । अनुप बरालसंग अभिनय सिकेका दिलु गन्धर्वले आधा दर्जन बढी नाटकमा अभिनय पनि गरिसकेका छन् । सामान्य र सरल दिलुको वास्तविक नाम भने प्रकाश गन्धर्व हो । उनी रेडियो नाटक बाटै धेरैको मनमुटुमा बस्न सफल भएका एक सेलिब्रेटी पनि हुन । तिनै प्रकाश गन्धर्व अर्थात दिलुका व्यक्तिगत केही रोचक जानकारीहरु आज हामी प्रस्तुत गर्दै छौँ ।

खड्का हुन् दिलु , तर गन्धर्व प्यारो
दिलुको जन्म गुल्मिमा भए पनि मामा घर पोखरामा हुर्किए । खासमा उनका पीता लाहुरे हुन् भने थर खड्का जात क्षेत्री । अन्तरजातीय बिवाह थियो दिलुका बुवा आमाको । आमा गन्धर्व भएकै कारण समाजले तल्लो जातसंग विहे गर्न हुन्न भनेर आमा वुवालाई छुटाई दिएका थिए । यसको चपेटामा प्रकाश ‘दिलु’ परे । उनी पोखरा मामाघरमा हुर्किए र सारंगी बजाउन सिके । बुवासंगको सम्बन्ध नराम्रो भएकै कारण उनले आफ्नो नामको पछाडि आमाको थर झुन्ड्याए । गन्धर्व नै किन राख्नुभयो ? जवाफमा दिलु भन्छन्, यो त सबैले पाउँदैन । गन्धर्व बन्नु भनेको सारंगीसंग खेल्नु हो । सारंगी बजाउने रहर सबैको भए पनि कमैले त्यो मौका पाउँछन् । म गन्धर्व हुँ भन्न पाउँदा गर्वको अनुभूति पनि हुन्छ ।

काम गरेर खा भन्छन् मान्छे
दिलुले कथा मीठो सारंगीको रेडियो नाटक तयार गर्दा होस् या गीत गाउदा, उनी देशका अधिकासं ठाउँमा पुगेका छन् । उनी कथा मीठो सारंगीमा आवद्ध हुनु अघि गाउँ गाउँमा गीत गाउदै हिड्थे । हुन त अहिले पनि मौका पाउने बित्तिकै उनी गाउँ छिर्छन । गाउँमा जानुको मुख्य उदेश्य भनेको समाज बुझ्नु हो । ज्ञान लिनु हो । तर सारंगी बजाएर पैसा मागेको भन्दै गाली गर्नेहरु थुप्रै भेटेको दिलुको अनुभव छ । ‘यत्रो ज्यान छ काम गरेर खा, मागेर हिड्न लाज लाग्दैन ? उनीहरु यसरी मलाई हकार्छन् । तर मलाई त्यो सामान्य लाग्छ’, दिलु भन्छन् । उनी अगाडि थप्छन्, ‘अझै पनि घर भित्र छिर्न दिदैनन् । बाहिर बस् भन्छन् । अलि दुख लाग्छ ।’

कुखुराको भाले र खसी विजेता दिलु
दिलु गन्धर्व कास्की जिल्लाको पोखरामै हुर्के बढे भने उनले जानेको कलाले उनलाई त्यो ठाउँमा थोरबहुत नाम र दाम दिएको थियो । उनले कास्कीको धुम्पुसमा धेरै पटक लोकदोहोरी गीत गाएर बाजी जितेका थिए । जीतसंगै उनले कयौँ पटक कुखुराको भाले र खसी समेत पुरस्कार समेत पाएका थिए । उनको चर्चा चलिरहदा पोखरामा विविसीको कथा मीठो सारंगीको टिम नाटकका लागि युवा गन्धर्व खोज्दै पुगेका थिए । त्यहीबेला उनको भेट खगेन्द्र लामिछाने र टिमका अन्य साथीहरुसंग भयो । यस पछि उनको जीवनले नयाँ मोड लियो भने उनी प्रकाश गन्धर्वबाट दिलु गन्धर्व भए । उनले रेडियो नाटकबाटै लाखौ श्रोता प्रशंसक कमाएका छन् । एक हिसावले भन्ने हो भने उनी रेडियोबाट जन्मेका एउटा सेलिब्रेटी हुन ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com