AD_ Wide Top

कैयौँ जन्म दिनमा एक्लै केक काटेका पुष्पल २८ वर्ष लागे

५ साउन,२०७४  |   Gufgaf.com

below social share detail page adv

loading...
कैयौँ जन्म दिनमा एक्लै केक काटेका पुष्पल २८ वर्ष लागे

‘ढाँटेर भन्नुपर्दा म २३ वर्षको भएँ । नढाँटी भन्नुपर्दा २८ वर्ष’, हामीसँग जन्मदिन विशेष कुराकानी गर्दै पुष्पल खड्काले भने । २०४६ साल साउन ५ गते कैलालीको लम्की स्थित चुहामा जन्मेका पुष्पल परिवारको सहमती बिना नै यस क्षेत्रमा आएका थिए । कलाकारिता रहर भएका कारण उनले यस क्षेत्रमा आमा बुवाको सहमती बिना नै पाईला टेके । २३ वर्षको उमेरमा हेमन्त शर्माको ‘के माया गर्न हुन्न र ?’ बाट मोडलिङ शुरु गर्ने मौका पाए । पहिलो गीत नै चलेका गायकको भएका कारण पुष्पललाई पहिलो कामले नै राहत दियो । उनको कामलाई निर्माता, निर्देशकले मात्रै नभएर दर्शकले पनि रुचाई दिए । यहि कारण त्यसपछि उनले लगातार एकपछि अर्को म्युजिक भिडियोमा काम गर्ने मौका पाए । पुष्पलले साढे चार वर्षको अवधिमा साढे दुई सय भन्दा धेरै म्युजिक भिडियोहरुमा काम गरेका छन् ।

मोडलिङले दिएको सफलतासँगै उनी सिनेमामा पनि प्रवेश गरे । उनले आलोक नेम्वाङको सिनेमा ‘अझै पनि’बाट सिनेमामा प्रवेश गरेका हुन् । तर मुख्य कलाकारको रुपमा भने उनको पहिलो सिनेमा तुलसी घिमिरेको ‘दर्पणँ छायाँ २’ हो । पुष्पल अभिनित तेस्रो सिनेमा ‘मंगलम’ रिलिजको तयारीमा छ । त्यस्तै हामीसँग कुराकानी गर्ने क्रममा उनले आफू अहिले एउटा सिनेमाको होमवर्कमा भएको पनि खुलाएका छन् ।

Image may contain: 1 person, mountain, sunglasses, outdoor, nature and water

हामीसँग पुष्पलले जन्मदिन मनाउदाका पूराना यादहरु पनि सेयर गरेका छन् । परिवारको सहमती बीना यस क्षेत्रमा आएका कारण मोडलिङका शुरुवाती दिनहरुमा उनी रातको १२ बजे एक्लै केक काटेर जन्मदिन विशेष बनाउने गर्थे । केही वर्ष उनका जन्मदिन यसरी नै बिते । तर पछिल्लो समयमा भने उनका जन्मादिन साँच्चिकै विशेष र रमाईला हुन थालेका छन् । तपाईँका विशेष जन्मदिनहरु कति कति वर्षमा बने ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘सायद २३ वर्षमा होला । निर्देशक आलोक नेम्वाङले मेरो जन्मदिन विशेष बनाईदिनु भएको थियो । अनि २७ औँ जन्मदिन पनि मेरो खास नै रह्यो । ‘दर्पण छायाँ २’को टिमले मलाई सरप्राईज दिएको थियो । त्यो पनि खास नै रह्यो ।’

Image may contain: 1 person, standing, sunglasses and outdoor

आईटीका बिद्यार्थी हुन् पुष्पल
मोडलिङ र अभिनयमा अब्बल मानिएका पुष्पल अध्ययनमा पनि सफल छन् । उनले कम्प्युटर एप्लीकेशनमा स्नातक गरेका छन् । प्राविधिक शिक्षा हाँसिल गरेका पुष्पलले काम भने कलाकारितामा नै गर्ने बताए । ‘अहिले मलाई त्यता जान मन छैन कलाकारितामै सक्रिय हुन चाहन्छु’, पुष्पलले भने । पुष्पलका सबै ईच्छा आकंक्षाहरु पूरा हुन् फर्सीनेटवर्कको तर्फबाट जन्मदिनको शुभकामना ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com