AD_ Wide Top

यी अभिनेताका श्रीमती के गर्छन ?


below social share detail page adv

loading...
यी अभिनेताका श्रीमती के गर्छन ?

नेपाली सिनेमामा स्थापीत अभिनेताका परिवारका सदस्यहरुको सिनेमामा प्रबेश त्यति धेरै छैन । जति छ त्यसमा पनि भाई ,छोरो,छोरी, लगाएतका नातेदारहरुको प्रबेश देखिन्छ । केहि अभिनेताका श्रीमान श्रीमती भने यो क्षेत्रमा स्थापीत नाम हरु हुन । अभिनेता हरिहर शर्मा कि श्रीमती सकुन्तला शर्मा अभिनेता भुवन केसीकि पूर्व श्रीमती सुस्मिता बम्जन , श्री कृष्ण श्रेष्ठकि श्रीमती स्वेता खडका, निखिल उप्रेतीकि दोश्रो श्रीमती संचिता लुईटेल र अभिनेता एबं निर्देशक स्वस्तिमा खडकालाई उदाहरणका रुपमा लिन सकिन्छ । तर यी बाहेक सिनेमामा स्थापीत रचर्चित केहि अभिनेताका श्रीमतीहरु भने फरक पेसा र क्षेत्रमा छन । आज हामीले केहि स्थापीत अभिनेताका श्रमितीका बारेमा चर्चा गर्दै छौ । मधु भट्टराई

rajesh-hamal-and-madhu-bhattarai-in-amrickaमहानायक राजेश हमालले ‘युग देखि युगसम्म’बाट सिने करिअरको सुरुवात गरे । त्यसपछि दर्जनौँ सिनेमामा काम गरेर महानायकको ट्याग पाईसकेपछि जीवनको पाँचौ दशकमा उनले बल्ल विवाह गरे । राजेशले मोडल मधु भट्टराईसँग विवाह गरेका छन् । उमेरको अन्तर २० वर्षभन्दा धेरै हुँदा पनि यो जोडीले लगन गाँठो कस्यो । । मधुले मोडलिङ गर्ने क्रममा राजेशसंग भेट भएको थियो । विवाह अघि मोडल मधु विवाह पछि भने वैवाहिक जीवनमा मात्रै सक्रिय छिन् । ९ वर्ष एकअर्काको प्रेममा रहेर राजेश र मधुले विवाह गरेका थिए ।

सरस्वती भट्ट

bhiraj wifeअभिनेता विराज भट्टकी श्रमिती हुन् सरस्वती भट्ट । सरस्वती कुसल गृहणी हुन् । यसका साथै उनी दुई सन्तान र घरको हेरचाहमा समय बिताउँछिन । सरस्वतीले विराजको करिअर सफल हुन खुबै मेहनत गरेकी छिन् । विराजको सफलतामा सरस्वतीको ठूलो भूमिका छ । सरस्वती घर र दुई छोराको हेरचाहमा व्यस्त छिन् भने विराजलाई भोजपूरी सिनेमाको काम भ्याई नभ्याई छ । विराजले नेपाली सिनेमामा राम्रै नाम र दाम कमाईरहेका बेला भोजपूरी सिनेमामा प्रवेश गरेका थिए ।
भोजपूरी सिनेमामा स्थापित भएपछि विराज गत वर्ष सिनेमा ‘जय परशुराम’बाट नेपाली सिनेमामा कमब्याक भए । उनले यस सिनेमाबाट राम्रो प्रतिकृया र सफलता पाए । यतिबेला उनी नेपाली सिनेमा ‘हर्के राजा’को तयारीमा जुटेका छन् ।

मन्जु रायमाझी

dilip wifeदर्पण छायाँ, बादल पारी, ए मेरो हजुर, लक्ष्मण रेखा, निखिल दाई, जोड िनम्बर एक लगायतका सिनेमामाकाम गरेका अभिनेता दिलिप रायमाझीले नेपाली सिने उद्योगका लागि दर्जनौ सफल फिल्महरु दिएका छन् । दिलिप रायमाझी यतिबेला भने स–परिवार अमेरिकामा छन् । दिलिपकी ,श्रीमती मन्जु रायमाझी हाउसवाईफ हुन् ।

दिलिप र मन्जुकी एक छोरी छिन् – दिव्या । दिव्यालाई केहि निर्देशक र निर्माताले फिल्ममा ब्रेक दिन चाहेको समाचारले गत वर्ष खुबै चर्चा पाएको थियो ।

 

कोपिला उप्रेती

nikhil wifeअभिनेता निखिल उप्रेतीले जीवनमा दुई पटक विवाह गरे । कोपिला निखिलकी पहिलो श्रमिती हुन् । निखिलले पहिलो श्रीमती हुँदा हुँदै सम्बन्ध बिच्छेद नगरकनै अभिनेत्री संचिता लुईँटेललाई विवाह गरेका थिए । निखिलकी पहिलो श्रीमती कोृपिलासंग अहिले पनि सम्बन्ध बिच्छेद भएको छैन । जानकारी अनुसार निखिल दुवै श्रीमतीसंग समय मिलाएर बस्छन् । कोपिलाले झण्डै डेढ वर्ष जति गोपी कृष्ण टि भि फिल्मीको रेडियोमा कार्यक्रम सञ्चालिकाको रुपमा काम गरिन् । तर पछि छोरा पे्टमा आएपछि उनले त्यो काम छाड्नि । अहिले भने उनी छोरा र घरको हेरविचारमै ब्यस्त छिन् । निखिलकी दोस्रो ,श्रीमती संचिता भने छोराछोरी हुर्काएर फेरि सिनेमामा फर्किएकी छिन् । यतिबेला उनी सिनेमा लिलाको प्रचार प्रसारमा व्यस्त छिन् ।

सपना सिग्देल

aryan wife२०७१ साल बैशाख ६ गते विवाह बन्धनमा बाँधिएको जोडी हो सपना भण्डारी र आर्यन सिग्देलको । सपनासँगको प्रेमले टुसा हाल्दा आर्यन भर्खर आफ्नो करियरबाट सफलता हात पार्दै थिए । एकअर्कालाई नभेटिकनै प्रेम गरेका यी दुईले एकअर्काको काम र व्यस्ततालाई राम्ररी बुझेका छन् । आर्यन अभिनयमा अब्बल छन् भने सपना अध्ययनमा । सपना हाल मानविकी बिषयमा मास्टरस् सकाएर बसेकी छिन् । सपना आधिकारिक रुपमा कुनै अफिससँग जोडिएकी छैनन् । तर उनी आफूलाई हाउसवाईफ भन्न पनि खासै रुचाउँदिनन् । सपना नेपाली अभिनेताका श्रीमतीहरुमा फेशनेवल मानिन्छिन् ।

अन्जली लुईटेल

jiwan wifeअभिनेता जीवन लुईटेलकी श्रीमती हुन् अञ्जली शर्मा । सार्वजनिक कार्यक्रमहरुमा जीवनसँग फाट्ट फुट्ट देखापर्ने अञ्जली लाईमलाईटमा भने खासै आउन रुचउँदिनन् । अञ्जली र जीवनको २०६४ साल बैशाख २२ गते प्रेम विवाह भएको हो । अञ्जली कुसल गृहणी हुन् । एक छोरा र एक छोरीकी आमा अन्जली अहिले छोरा र छोरी सानै भएका कारण गृहणीमै सिमिक भएकी छिन् । जीवन र अन्जलीले विवाहको ६ बर्षपछि पहिलो सन्तानको रुपमा छोरा पाएका थिए । पहिलो सन्तान १८ महिना पुगेपछि अञ्जलीले दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिईन् ।
बेनुका राई

daya hang wifeदयाहाङ राईका लागि श्रीमती साथी र घर हुन् । गायिका बेनुका राईले दयालाई त्यसबखत साथ दिएकी थिईन् जब उनी सफल अभिनेता बन्ने दौड दौडीरहेका थिए । दयाको करियर सफल बनाउन बेनुकाले आफ्नो व्यावसायिक गायन पेशाबाट बिदा लिईन् । दयासँग भेट हुँदा बेनुका व्यवसायिक गायिका बनिसकेकी थिईन् । तर उनले त्यो कुरालाई बिर्सेर दयाको करियरलाई आफ्नो करियर मानेर अघि बढिन् । उनले व्यवसायिक गायिका बन्नु भन्दा एकेडेमीक गायिका बन्छु भनेर गायन छाडेकी थिईन् । लामो समयको चिनजान र प्रेम पछि उनीहरुको प्रेम विवाह भएको हो । दयाहाङका शब्द रहेका केही गीतमा बेनुकाले आफ्नो स्वर दिएकी छिन् । हाल बेनुका छोरा साम्दुङहाङ ९जसको अर्थ नेपालीमा आर्शिवाद हुन्छ० र घर सम्हालेर बसेकी छिन् ।

किरण उप्रेती

ramsh wifeअभिनेता रमेश उप्रेतीकी श्रीमती हुन् किरण उप्रेती । किरण हाउस वाइफ हुन् । दजनौं फिल्ममा काम गरिसकेका रमेशको नृत्यको प्रशंसा धेरैले गर्छन् । सिनेमाबाट हराएको लामो समयपछि उनी गतवर्ष सिनेमा ब्रासलेटबाट फर्किएका छन् । उनी निर्मित सिनेमा ऐश्वर्या रिलिजको तयारीमा छ । ,रमेशले करोडपति, पराइघर , एक नम्वरको पाख,े तिम्रो माया ९९ मेरो माया १००, घर संसार, बिद्रोही, अप्सरा, १६ वर्षे जोबान जस्ता सिनेमामा काम गरेका छन् ।

एनी थापा

20150910074908_b6cf07879e0b40956065349d01291483@filmykhabar.comगत वर्षको असार २७ मा अभिनेता विनय श्रेष्ठ विवाह बन्धनमा बाँधिए । अभिनेत्री ऋचा शर्मासँग प्रेममा रहेका विनयले ऋचासँग ब्रेकअप भएपछि एनी थापालाई श्रीमती बनाएर भित्र्याए । तीनवर्ष एकअर्काको प्रेममा रमाएपछि विनय र एनी विवाह बन्धनमा बाँधिएका हुन् । एनी ब्युटि थेरापिष्ट हुन् । विनयले नेपाली सिनेमा सानो संसार, फस्ट लभ, भिसा गर्ल, रेशम फिलिली गायतका सिनेमामा काम गरेका छन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com