AD_ Wide Top

बिज्ञापनमा वास्तविक जोडी

२९ साउन,२०७४  |   Gufgaf.com

below social share detail page adv

loading...
बिज्ञापनमा वास्तविक जोडी

सिनेमा र सिरियलमा सुहाएका र दर्शकले मन पराएका जोडीहरुको माग बिज्ञापनमा पनि अत्यधिक हुने गरेको छ । यसको ज्वलन्त उदाहरण हो दीपक राज गिरी र दीपाश्री निरौलाको जोडी । यी दुईले सिरियल ‘तीतो सत्य’मा काम गरेपछि विभिन्न ब्राण्डका बिज्ञापनमा काम गर्ने अवसर पाए । दशक अघि देखि शुरु भएको यो क्रम अहिले पनि उस्तै छ । अहिले पनि नेपालमा चलेका विभिन्न ब्राण्डहरुको प्रमोशनको लािग बनाईएका बिज्ञापनमा उनीहरुको जोडी देखिन्छ । सिरियल र विभिन्न बिज्ञापनमा श्रीमान श्रीमतीको भूमिकामा देखिए पछि धेरैलाई उनीहरु वास्तविक श्रीमान श्रीमती हुन् भन्ने पनि भयो । तर वास्तविकता भने दीपक र दीपा श्रीमान् श्रीमती नभयर एकअर्काबीना अधुरो रहने साथी हुन् । यी दुईको सहकार्य साँच्चै नै लोभ लाग्दो छ । तर केही ब्राण्डहरुको लागि वास्तविक जोडीको पनि माग भएको पाईन्छ । नेपालमा चलेका केही कलाकारका जोडीले विभिन ब्राण्डका विज्ञापनहरुमा काम गरेका छन् । आज हामीले त्यस बारेमा एक सामाग्री तयार पारेका छौँ ।

राजेश हमाल र मधु भट्टराईrajesh-madhu
अभिनेता राजेश हमालकी श्रीमती मधु भट्टराईलाई अभिनयमा खासै रहर लाग्दैन । उनी यसमा आफ्नो रुचि नभएको बताउँछिन् । तर उनले श्रीमान राजेश हमालसँग एउटा बिज्ञापनमा अभिनय गरेकी छिन् । राजेश र मधुले घरेलु प्रयोजनको बिज्ञापनमा पर्दा बाँडेका छन् । युनि लिभर नेपालले उत्पादन गरेको ह्विल ओके साबुनको बिज्ञापनमा यो जोडी एक साथ देखिएको हो । मधुले यहि बिज्ञापन मार्फत कुनै उत्पादनको बिज्ञापनमा पहिलो पटक काम गरेकी हुन् । मधुले अभिनयमा रुचि नहुँदा नहुँदै पनि आफू जस्तै गृहणीले प्रयोग गर्ने वस्तु भएकाले ह्विल ओके साबुनको बिज्ञापनमा काम गरेको बताएकी थिईन् । राजेश हमाल भने सिनेमासँगै बिज्ञापनका पनि महानायक हुन् । उनले नेपा टप, हिमाल स्टिल, रियल जुस, सेयर एण्ड ईन्भेस्टमेन्ट, च्यवनप्रास लगायतका बिज्ञापनहरुमा काम गरेका छन् ।

जितु नेपाल र मुना राउत नेपाल

jituनेपाली हाँस्यवयङग्य क्षेत्रमा राम्रो विषयवस्तु छनौट गरेर कमेडि प्रस्तुतिहरु प्रस्तुत गर्ने कलाकारमा पर्छन् जितु । हाँस्यव्यङग्यमा सफल जितुकी श्रीमती मुना राउत नेपाल काठमाण्डौ महानगरपालिकाकी कर्मचारी हुन् । घर र अफिस सम्हालेर अघि बढेकी मुनाले श्रीमान जितुसँग केही बिज्ञापनहरुमा काम गरेकी छिन् । जितु र मुनाले हलेसी डेकोर, अल्पाईन मीट र सोना चामलको बिज्ञापनमा काम गरेका छन् । पछिल्लो समय सिरियल जिरे खुर्सानी बन्द भएपछि जितु स्टेज कार्यक्रम र सिनेमाको काममा व्यस्त छन् । यतिबेला उनी सिनेमा ‘छक्का पञ्जा २’ को प्रमोशनमा छन् भने केही दिनमै उनी अमेरिकामा सम्पन्न हुन लागेको नेपाली ग्लोबल अवार्डको लागि अमेरिका उड्दैछन् ।

सीताराम कट्टेल र कुञ्जना घिमिरे

1483931654dhurmus-suntaliसिरियल ‘मेरी बास्सै’बाट चर्चामा आएको जोडी हो सीताराम कट्टेल उर्फ धुर्मुस र कुञ्जना घिमिरे उर्फ सुन्तलीको । पछिल्लो समय कलाकारितासँगै सामाजिक कामका कारण चर्चामा आएको यो जोडीको माग विभिन्न ब्राण्डको बिज्ञापनका लागि भईरहेको छ । कलाकारिता र सामाजिक कामका कारण पाएको लोकप्रियताले नै यो जोडी बिज्ञापनमा पनि छाईरहेको हो । यी दुईले रन सुज, सामे ट्रयाक्टर, पोशाक पेलेट दाना, बैंक अफ काठमाण्डु, सीटी एक्सप्रेस मनी ट्रान्सफर, युनाईटेड ईन्स्युरेन्स (बीमा कम्पनी)सँगै मोबाईल र घरायसी बिद्युतिय सामाग्रीका विभिन्न ब्राण्डमा काम गरेका छन् । २०७२ सालको भुकम्प पछि घरबार बिहिन भएकाहरुलाई काभ्रेको पहरे बस्ती, सिन्धुपाल्चोकको गिरान्चौरमा एकिकृत नमुना बस्ती, बर्दिबासको मुसहर बस्ती निर्माण र हस्तान्तरण गरेपछि धुर्मुस सुन्तली यतिबेला नमुना नेपाल बनाउने तयारीमा जुटेका छन् ।

केदार घिमिरे र सीता घिमिरेKedar_Ghimire
हाँस्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा र उनकी श्रीमती सीता घिमिरेले पनि एक बिज्ञापनमा पर्दा बाँडेका छन् । नयाँ वर्ष पार्कमा रहेको कान्तिपूर मलको बिज्ञापनमा केदार र सीताले एक साथ काम गर्ने मौका पाएका हुन् । पछिल्लो समयमा केदारसँगै सीता पनि कलाकारितामा सक्रिय भएकी छिन् । मेरी बास्सैमा माग्ने बुढाको दोस्रो श्रीमती भएर अभिनय गरेकी सीता यतिबेला माग्ने बुढाकै सिरियल ‘खासखुस’मा सीताको भूमिकामा छिन् । यस सिरियलबाट उनको ‘ए उल्का अचम्म’ भन्ने थेगो चर्चित भएको छ । त्यस्तै सीता विभिन्न ठाउँमा आयोजना भएका स्टेज शोहरुमा पनि हिड्न थालेकी छिन् । गत वर्ष डिप्रेशनमा गएका केदार अहिले भने पूर्ण रुपमा ठीक भएर सिनेमा ‘छकका पञ्जा २’ को प्रमोशनमा जुटेका छन् ।

                                                                              

      उषा खड्गी र जि पि तिमिल्सीना

Usha-Khadgi-GP-Timilsina-2पूर्व मिस नेपाल उषा खड्गीले बिज्ञापन व्यवसायी जि पी तिमिल्सिनासँग विवाह गरिन् । जि पि बिज्ञापन व्यवसाय गर्नु अघि टेलिभिजन प्रस्तोताको रुपमा काम गर्थे । श्रीमान बिज्ञापन व्यवसायी भएकै कारण उषालाई टेलिभिजन कमर्र्सियल बिज्ञापनहरुको खाँचो कहिल्यै परेको छैन । मिस नेपाल भएपछि केही म्युजिक भिडियोहरुमा काम गरेकी उषाले सिनेमामा भने काम गरिनन् । उनी आफूलाई टेलिभिजन कमर्सियल बिज्ञापनहरुले नै सन्तुष्टि दिएको बताउँछिन् । बिज्ञापनमा काम गर्ने क्रममा उषाले धेरै जसो श्रीमान् जि पिसँगै काम गरेकी छिन् । यी दुईले डिस होम, सीताराम दुध, उत्तम तेल, एन सी सी ब्यांकको महिला बचत खाता लगायतका बिज्ञापनमा काम गरेका छन् । उषा र जि पिका एक छोरा र एक छोरी छन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com