AD_ Wide Top

बाढी पीडितका लागि कुन कलाकारको कति सहयोग ?

२९ साउन,२०७४  |   Gufgaf.com

below social share detail page adv

loading...
बाढी पीडितका लागि कुन कलाकारको कति सहयोग ?

हाँस्य कलाकार दीपक राज गिरीले बाढी पिडीतका लागि एक लाख सहयोगको घोषण गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत दीपक राज गिरीले यसको घोषणा गरेका हुन् । ‘सहयोगको लागि एक समूह निर्माण गरेर त्यसमा रकम संकलन गरेपछि रकम हस्तान्तरण गर्ने सोच छ तर समूह निर्माण गर्न सकिएन भने पीडितलाई सहयोग गर्ने जाने युवा समूहहरु मार्फत सहयोग रकम पठाउनेछु’, दीपकले हामीसँग भने ।

त्यस्तै दीपाश्री निरौलाको गृह जिल्ला विराटनगर पनि यतिबेला डुबानमा परेको छ । विराटनगरको विमानस्थल पनि डुबानमा परेको छ । पहिलो पटक यसरी विराटनगरको विमानस्थल डुबानमा परेको देख्दा दुखी भएकी दीपाश्रीले बाढी पीडितका लागि व्यक्तिगत रुपमा ५१ हजार सहयोग गरेकी छिन् । दीपाले यो रकम मोरङ समाज मार्फत हस्तान्तरण गरेकी छिन् ।

piccc

अर्का कलाकार मनोज गजुरेलले पनि बाढी पीडितका लागि २० हजार सहयोग रकम छुट्याएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले सहयोगका हातहरु अघि बढाएको र अरुले पनि यो दुखद घडीमा सहयोगको लागि अघि सर्नु पर्ने अपिल गरेका छन् ।

कलाकार निर्मल शर्माले पनि बाढी पीडितका लागि १० हजार रकम सहयोग गरेका छन् । शर्माले पनि सामाजिक सञ्जाल मार्फत सम्पूर्णलाई बाढी प्रभावितको लागि सहयोग गर्न आग्रह गरेका छन् ।

priyanka

अभिनेत्री प्रियंका कार्कीले पनि झापाका बाढी पीडितलाई ५१ हजार सहयोग गर्ने घोषणा गरेकी छिन् । सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै प्रियंकाले बाढी प्रभावितको सहयोगार्थ आफूले ५१ हजार छुट्याएको उल्लेख गरेकी हुन् । प्रियंकाकी फूपुको घर झापामा छ भने र काका काकीको घर विराटनगरमा । उनका आफन्तहरुको घर भने बाढीले डुबाएको छैन । तर पनि त्यहाँका बाढी पीडितहरुको अवस्था देखेर अत्यन्तै दुःख लागेको भन्दै प्रियंकाले सहयोग गर्ने घोषणा गरेकी छिन् । आफूले सहयोगको घोषणा गरेसँगै प्रियंकाले सबैलाई बोलेर नभयर गरेर देखाउने बेला आएको भन्दै सबैलाई सहयोगको लागि अघि सर्न अनुरोध गरेकी छिन् ।

pooja

अभिनेत्री तथा निर्मात्री पूजा शर्माले पनि सामाजिक सञ्जालमार्फत आफूले सप्तरीका बाढी पीडितका लागि ड्राईफूड र लत्ताकपडा हरु संकलन गरेको तर मौसमले जान नदिएको भन्दै सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गरेकी छिन् । पूजाले आर्थिक सहयोग स्वरुप एक लाख सहयोग गर्ने घोषणा गरेकी छिन् । यो उनको व्यक्तिगत सहयोग रहनेछ । आफूले सहयोग गर्ने जानकारी दिएसँगै पूजाले अरु धेरै सहयोगी हातहरुको खाँचो रहेको भन्दै सबैसामु सहयोगको अपिल गरेकी छिन् ।

नेपाल चलचित्र कलाकार संघ फानका अध्यक्ष राम केशर बोगटीको अध्यक्षतामा बसेको बैठकले ६५ हजार रकम बाढी पीडितको लागि छुट्याउने निर्णय गरेको हो । चर्चित हाँस्य टेलिश्रृङखला भद्रगोलको टिम (अर्जुन घिमिरे उर्फ पाँडे, कुमार कट्टेल उर्फ जिग्री, हरिश निरौला उर्फ क्रकोज, सागर लम्साल उर्फ बले)ले ५१ हजार, निर्देशक दीपक आचार्यले  १० हजार, सिनेमा गुरु ‘दक्षिणा’ निर्देशक रामराजा दाहालले ५ हजार, गायक हेमन्त शर्माले पाँच हजार,  अभिनेत्री शोभिता सिम्खडाले  दश हजार  रकम बाढी पीडितका लागि छुट्याएका छन् ।

गत शुक्रबार विहमान देखि परेको लगातारको अविरल वर्षाका कारण पूर्वका झापा, मोरङ, सुनसरी र सप्तरीको आधा भाग डुबानमा परेको छ । देशको यो दुखद घडीमा अहिले प्राय कलाकर्मीले सामाजिक सञ्जाल मार्फत बाढी पीडितको सहयोगार्थ जुट्न नेपाल सरकार र सम्पूर्ण नेपालीहरु लाई अनुरोध गरिरहेका छन् । सरकारले बाढी पीडितको उद्धारमा गरेको ढिला सुस्तीमा देशका प्राय कलाकारहरुले सरकारप्रति आक्रोस पनि पोखिरहेका छन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com