AD_ Wide Top

दसैंका लागि कीर्तिपुर दसैं महोत्सव २०७४

७४ भदौ २५ गते १२ : १२  |   Gufgaf.com

below social share detail page adv

loading...
दसैंका लागि कीर्तिपुर दसैं महोत्सव २०७४

दसैंको अवसर पारेर कीर्तिपुरमा तेस्रो कीर्तिपुर दसै महोत्सव–२०७४ आयोजना गरिने भएको छ । राईज म्युजिक, औद्योगिक शान्ति नेपाल संस्था, राजकमल महर्जन तथा शशिर महर्जनले यही भदौ २८ गते बुधवारदेखि असोज ११ गतेसम्म कीर्तिपुरमा यो सांस्कृतिक महोत्सव आयोजना गर्ने घोषणा गरेका हुन् । तेस्रो पटक आयोजना हुने यो महोत्सवलाई सांस्कृतिक महोत्सवको रुपमा सञ्चालन गरिने छ ।

1दुई साता लामो महोत्सव कीर्तिपुरको कीर्तिपुर फुटबल ग्राउण्डमा सञ्चालन हुनेछ । आयोजक संस्थामध्येको एक औद्योगिक शान्ति नेपाल संस्थाका सन्दिप महतका अनुसार महोत्सवमा एक सय चालिस वटा स्टलहरु रहने छन् ।
राइज म्युजिकका बिनोद सिंहका अनुसार महोत्सवमा कीर्तिपुर नगरपालिकाका १ं० वटा वडाका लागि एक–एक वटा स्टलहरुको व्यवस्था गरिएको छ । ती स्टलमा कीर्तिपुरको मौलिकता झल्कने सामाग्रीहरु प्रदर्शन गरिने छ ।

महोत्सव दसैंको किनमेलका लागि राम्रो गन्तब्य हुने आयोजक मध्येका एक राजकमल महर्जनले बताएका छन् । महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत नृत्यहरु प्रस्तुत गरिने छ । यसका साथै महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिने छ । महोत्सवमा कीर्तिपुरका संस्कृति र परम्परा झल्कने प्रस्तुतिहरु समावेश गरिने छन् । उक्त अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम, मनोरञ्जनात्मक खेलहरु, परम्परागत नेवारी परिकारहरुको फुड फेष्टिवल पनि रहने छ ।

2कार्यक्रममा लोकप्रिय हास्य कलाकारहरुको प्रस्तुतीका साथै बाल मनोरञ्जनाका सामग्रीहरु पनि समावेश गरिने छन् भने लोकप्रिय गायक, गायिका तथा कलाकारहरुले आफ्नो मनोरञ्जनात्मक प्रस्तुति दिनेछन् । महोत्सवकै क्रममा कीर्तिपुर नृत्य प्रतियोगिता पनि सञ्चालन गरिने आयोजकले बताएका छन् ।
महोत्वसको दोस्रो दिन बाल दिवसको अवसर पारेर हाँस्य कलाकार तथा जादूगर महादेव त्रिपाठीले एक प्रस्तुत दिने छन् । महोत्सवमा ’द रोयल्स ब्याण्ड’ ले अफिसियल ब्याण्डको रुपमा महोत्सवमा आयोजना हुने लाइभ कन्सर्टमा सहभागिता जनाउने छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com