AD_ Wide Top

सन्दर्भ आत्महत्या विरुद्धको दिवस : के सेलीब्रेटी आत्महत्याका श्रीङखलाहरु रोक्न सकिन्छ ?

७४ भदौ २६ गते १८ : ०३  |   Gufgaf

below social share detail page adv

loading...
सन्दर्भ आत्महत्या विरुद्धको दिवस : के सेलीब्रेटी आत्महत्याका श्रीङखलाहरु रोक्न सकिन्छ ?

हिजो आइतवार सेप्टेम्बर १० आत्महत्या विरुद्धको दिवस । नेपाल सहित विश्वभर बिभिन्न सचेतनामुलक कार्यक्रम गरि मनाइएको छ ।
एक तथ्याङक अनुसार विश्वमा बर्षेनि ८ लाख मानिसले आत्महत्या गर्ने गरेको अनुमान छ । आत्महत्या विरुद्धको दिवसको अघिल्लो दिन भारतीय संगीतकार करन जोसेफले आत्महत्या गरेका छन । प्रहरीका अनुसार उनले मुम्बईको बान्द्रास्थित बहुतले भवनबाट हामफालेर आत्महत्या गरेका हुन ।

11आफ्ना साथीहरुसँग बसेर टिभी हेरिरहेका बेला अचानक उठेर झ्यालतिर गएका र त्यहाँबाट हामफालेका थिए ।

हलिउड , बलिउड र कलिउडमा धेरै चर्चित कलाकारले आत्महत्याको बाटो रोजेर यो धर्ती छाडेका छन् ।

विश्वप्रख्यात पपगायक माइकल ज्याक्सन देखी हलिउडका चर्चित कलाकार रोबिन विलियम्स, मार्लिन मुनरो बलिउड की चर्चित अभिनेत्री दिव्या भारती, सहित जिया खान, पार्विन बबी, शिखा जोशी , सैयम खन्ना , विवेका बाबाजी , नफीसा जोसेफ , कुलजीत रंधावा र दक्षिण भारतकी तत्कालिन समयकी बोल्ड हिरोइन सिल्क स्मिताले पनि आत्महत्याको बाटो रोजिन ।

कलिउडमा ‘सङ्कल्प’ चलचित्रका निर्माता निर्माता केदार श्रेष्ठले चलचित्रमा गरेको लगानी डुबे पछि आत्महत्या गरे । संकल्पको लगानी त्यतिबेला २८ लाखबाट बढदै गएर .५२ लाख पुगेको थियो । तर चलचित्रले .१५ लाख पनि उठाउन सकेन । केही वर्षअघि युवा–निर्देशक आलोक नेम्बाङले आफ्नै घरमा आत्महत्या गरे । अविवाहित रहेका नेम्बाङ सफल र नयाँ सोच बोकेका युवा निर्देशकका रुपमा चर्चित थिए । उनले केही चलचित्र पनि निर्देशन गरे ।

photo 2तर उनले पनि आत्महत्याको बाटो रोजे । चलचित्र नाताबाट अभिनेत्रीको रूपमा सिनेयात्रा थालेकी गीताञ्जली सुनारले पनि आत्महत्या गरिन् ।

सुनार निर्माता छविराज ओझाकी दोस्री श्रीमतीका रुपमा भित्रिएकी थिइन । पचासको दशकमा चलेकी नायिका श्रीषा कार्कीले पनि आत्महत्या गरिन । एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी कार्कीको आत्महत्याको कारण पत्रिकामा छापिएको उनको नग्न तस्बिर मानियो । यौन भिडियो बाहिर आएपछि त्यसको सिकार भएकी अर्की कलाकार जेसिका खड्काले पनि विष सेवन गरी आत्महत्याको मार्ग रोजिन् ।

अश्लील भिडियो काण्डमा जोडिएका गायक प्रकाश ओझा भने अहिले जेलमा छन । नेपाली आधुनिक गीत–संगीतमा प्रगति गरिरहेकी योगिता मोक्तानले पनि केही वर्षअघि आत्महत्या गरिन । केहि महिना पहिले युवा पुस्ताबीच निकै लोकप्रिय गायक यम बुद्ध उर्फ अनिल अधिकारीले बेलायतको लण्डनस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । पपगायक कुल पोखरेल, आधुनिक गायक सुदेश खवासले पनि आत्महत्या गरेका थिए । २०२१ सालमा कहीं दियो कहीं बत्ती नामक चलचित्र बनाउन थालेका निर्माता नवीन केसीले पनि २०४५ मा झुण्डिएर आत्महत्या गरे ।

yamaहुन त आत्महत्या गर्नेहरु मध्य विश्वमै पहिलो नम्बरमा चिकित्सकहरु रहेको एक अध्ययनले देखाएको छ । दोश्रो र तेस्रो नम्बरमा मात्र कलाकार, साहित्यकार संगीतकर्मी रहेको मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष समेत रहेका मनोविद गोपाल ढकालले जानकारी दिए । ढकालका अनुसार आत्महत्या गर्नेहरुमा महिला बढि हुन्छन । महिलाले आत्महत्या बढि गर्ने विश्वको पहिलो देश दक्षिण कोरिया पर्छ भने नेपाल दोश्रोमा पर्छ । आत्महत्या गर्ने विश्वका १० मुलुक मध्य नेपाल ७ औ स्थानमा पर्छ ।

खासगरी, नेपाली कलाकारहरुले आत्महत्या गर्नुको पछाडि पारिवारिक दबाब, यौन उत्पीडन, उच्च महत्वाकांक्षा , स्ट्रेसमा रहनु पर्ने ,सामाजिक प्रतिष्ठा जोगाउन गारोहुने र त्यसबाट भएको उपेक्षा नै प्रमुख कारण मान्छन मनोविद ढकाल । यो एउटा गम्भीर मानसिक स्वास्थ्य समस्या भन्दै ढकालले आत्महत्या रोक्न सकिने बताउछन । प्रत्येक ४० सेकेन्डमा विश्वमा एकजनाले आत्महत्या गर्ने गरेको बताउदै ढकाल चुनौती हुँदा हुदै पनि सरकारी पहल र संघ संस्थाले उचित पहलकदमी लिएमा आत्महत्या न्युनिकरण गर्न सकिने दाबी गर्छन ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

test‘मह’सँग जोडिए टंक बुढाथोकी

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com