AD_ Wide Top

धुर्मुस सुन्तलीको कामको प्रशंसा गदैं क्यानडा बासीले गरे नगद १० लाख सहित सम्मान

७४ भदौ २६ गते १९ : ००  |   Gufgaf

below social share detail page adv

loading...
धुर्मुस सुन्तलीको कामको प्रशंसा गदैं क्यानडा बासीले गरे नगद १० लाख सहित सम्मान

तराईका बाढी पीडितहरुको लागि एकीकृत नमुना बस्ती निर्माण गर्नका लागि सहयोग जुटाउन क्यानडा पुगेका चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल‘धुर्मुस’ र कुञ्जना घिमिरे‘सुन्तली’ लाई क्यानडामा सम्मान गरिएको छ ।
क्यानाडामा रहेको क्यालगेरीमा डाँफे स्पोर्टस क्लब र क्यालगोरीका युवाहरुको सक्रियतामा १० लाख रुपैया नगद सहित सम्मान गरिएको हो । सामाजिक अभियन्ता बन्दै दुखी, पिडित र असहायहरुका लागि निरन्तर सामाजिक काममा सक्रिय रहेको भन्दै धुर्मुस सुन्तलीलाई सम्मान गरिएको हो ।

क्यानडाको क्यालगेरीमा रहेको मंगोलियन ब्याङ्क्वेटमा आयोजना गरिएको कार्यक्रममा धुर्मुस सुन्तलीलाई डाँफे स्पोर्टस क्लब र क्यालगेरीमा बसोवास गर्ने युवाहरुको संयुक्त प्रयासमा सम्मान गरिएको थियो । धुर्मुस सुन्तलीले गरेका सामाजिक कामहरुको प्रशंसा गदैं आयोजक डाँफे स्पोर्टस क्लबले कार्यक्रम स्थलमा बाढी पीडितका लागि निर्माण गर्न लागिएको एकीकृत नमुना बस्तीका लागि डोनेशन बक्स समेत राखेको थियो । उक्त डोनेशन बक्सबाट झण्डै १२ हजार डलर संकलन भएको छ ।

बाढी पीडित तथा नमुना नेपालको सहयोगार्थ सहयोग संकलनका लागि क्यानडा पुगेका धुर्मुस सुन्तलीलाई कार्यक्रम सकिएपछि करिब १ घण्टा भन्दा बढी दर्शकहरुले फोटो खिच्नमै ब्यस्त बनाएका थिए । ६ सय सिट क्षमता भएको हलमा ८ सय भन्दा बढी दर्शकको उपस्थित रहेको आयोजकले बताएको छ । उता दर्शकहरुको उत्साहजनक उपस्थिती र मायाले धुर्मुस निकै खुसी र भावुक समेत बने ।

कार्यक्रम संगैं धुर्मुस सुन्तली अब लगातार क्यानडाको एममन्टन र टोरन्टोमा हुने धुर्मुस सुन्तली साँझका लागि असोज २ गते सम्म उतै व्यस्त हुनेछन् ।21534563_1829551730392951_411429711_o

21556405_1829551747059616_1106579112_o

21557120_1829551717059619_744318333_o

21584086_1829582660389858_1154376516_o

21584360_1829556353725822_374841828_o

21585761_1829582650389859_2135382145_o


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com