AD_ Wide Top

प्रसिद्ध पत्रकार खरेल र प्रसिद्ध संगीतकार बज्राचार्यको जन्मोत्सव एकै दिन

०७४ भदौ ३० गते  |   Gufgaf.com

below social share detail page adv

loading...
प्रसिद्ध पत्रकार खरेल र प्रसिद्ध संगीतकार बज्राचार्यको जन्मोत्सव एकै दिन

चर्चित रेडियोकर्मी एवम् प्रस्तोता सुमन खरेलको आज अर्थात असोज ३० गते जन्मदिन परेको छ । काभ्रेको खरेलथोक मूलघर भएका खरेलको परिवार चार पुस्ताअघि काठमाडौं सरेको थियो । सुमन भने नुवाकोटको त्रिशुलीमा जन्मिएका हुन ।  रेडियो नेपाल हुदै विविसी नेपाली सेवामा निरन्तर २३ बर्ष काम गरेका खरेल अहिले पनि सञ्चारकर्ममा सकृय छन । पछिल्लो समयमा उनले कान्तिपुर टेलिभिजनमा सुमनसंग कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

ssssसोही कार्यक्रम मार्फत पछिल्लो समयमा उनी केही विवादमा पनि परे । एक आश्रममा बसिरहेकी कञ्चन शर्मासंगको अन्तर्वाता लिएर विवादमा परेका थिए । सुमनका बाबु प्रसिद्ध गीतकार किरण खरेल पनि कुनै समय रेडियो प्रस्तोता थिए । बाबुको त्यही क्रेजले सुमनलाई नाम कमाउने रहरले सञ्चारकर्मी बनायो ।

त्यस्तै असोज ३० गते नै जन्म दिन परेका अर्का सेलिब्रेटी हुन् संगीतकार न्ह्यु बज्राचार्य  । नेपाल आइडलका जज समेत रहेका न्ह्यु आजैका दिन जन्मेका हुन् । फूलको आँखामा , शान्ति लुकाउ कहाँ , सय थरी बाजा एउटै ताल जस्ता कालजयी गीतहरुमा संगीत भर्नुका साथै आवाज पनि दिएका छन् ।

रेडियो नेपालको आधुनिक गीत प्रतियोगीताबाट प्रथम भएर नेपाली गीतसंगीतमा लागेका न्ह्युले नारायण गोपाल जस्ता मुर्धन्य श्रष्टा देखि लिएर पछिल्ला समयका कान्छो गायकहरुसंग पनि काम गरेको अनुभव संगालेका छन् । यस हिसावले उनी नेपाली गीत संगीतका एउटा जिउदो ईतिहास हो भन्दा फरक नपर्ला । यसरी आज जन्म दिन परेका बरिष्ठ सञ्चारकर्मी सुमन खरेल र बरिष्ठ संगितकार न्ह्यु बज्राचार्यलाई हाम्रो तर्फबाट जन्मदिनको शुभकामना ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com