AD_ Wide Top

दशैको मुखमा ‘म्यारिज नियमावलि २०७३’ परिमार्जित

०७४ असोज ०१ गते  |   Gufgaf.com

below social share detail page adv

loading...
दशैको मुखमा ‘म्यारिज नियमावलि २०७३’ परिमार्जित

भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।।
१० रुपैंया प्वाइन्टका लागि पाँच जना मुख्य र दुइ जना बैकल्पिकलाइ २०७४ को सप्तमीदेखि कोजाग्रतको भोलिपल्टसम्मको लागि भर्ना खुलेको छ । सीट सिमित छ चाँडै सम्पर्क गर्नुहोला । दरखास्त दिने अन्तिम मिति घटस्थापनाको दिन कार्यालय समय भित्र ।

सर्तहरु

१. बिहानको खाना आफैं बन्दोबस्त गरी आउने, दिउँसो लालचिया र एकमाना चिउराको व्यवस्था हुनेछ

२.शो गर्नेले एक प्वाइन्ट प्लस गर्नुपर्नेछ ।

३. नियमित हाजिर नहुने र ढीलो आउनेले बैकल्पिकमा इमान्दारीपूर्वक हात नटेकी, लोदर नलगाइ र नसिकाइ बस्नुपर्ने छ ।

४. मुख्य उम्मेद्वार टाँट पल्टेमा वा घरबाट किचकिच गरि मोबाइल बजि राखेको खण्डमा बैकल्पिकको चान्स आउनेछ ।

५. लागो भन्न, अन्त घसाउन र पुरानो कोदोको हरहिसाब गर्न पाइने छैन ।

६. खेल अवधि बिहान ९ः ३० देखि साँझ ८ः३० सम्म ।

७. केन्द्र पछि तोकिनेछ । केन्द्रको बारेमा घरका सदस्य तथा सुरक्षा निकायलाई जानकारी गराउन पाईने छैन ।

८.अन्य जानकारीको लागि यसै सूचनाको मुनि रहेको म्यारिज खेलको नियमावली २०७३ (संशोधन सहित) पनि हेर्दैगर्नुहोला ।
म्यारीज खेल नियमावली ( २०७३) म्यारीज खेलको खेल प्रकृयाबारे थोरैलाई थाहा भएर समय–समयमा विवाद आईराख्ने भएको कारण म्यारीज खेललाई व्यवस्थित र मर्यादित पार्नु वाञ्छनीय भएकोले पप्लुको विकसित रुपमा म्यारीजलाई स्थान दिई सबैको घर दैलोमा चाडवाडदेखि काजक्रियासम्म, मेलापात वा पढाईबाट निकालिएको फुर्सदको समयमा, रुद्री वा पुराण लगाएको घरमा वा जागीरे वा बेरोजगार, मन्त्री वा सचिव सबैले रुची राखेको तथा नेपालको संविधान समेत जारी भएको प्रथम वर्षको अवसरमा यो नियमको तर्जुमा गरिएको छ ।
परिच्छेद–१ १. संक्षिप्त नाम र प्रारम्भ ः क यो नियमावलीको नाम “म्यारीज नियमावली, २०७३ ” रहेको छ ।

९ख० यो नियमावली म्यारीज खेलाडीहरु र यस खेल प्रति रुची राख्ने दर्शक तथा अन्य खेलाडीहरुको हकमा मात्र लागू हुनेछ ।

९ग० यो नियमावली २०७३ सालको बडादशैको घटस्थापनाका दिनदेखि प्रारम्भ हुनेछ ।

२। परिभाषा स् विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा :

(क) “तास” भन्नाले एक्का देखि वादशाह सम्मका चिडी, सूरत, ईट र पानका चार प्रकारका तास ९चक्की० सम्झनु पर्दछ ।

 (ख) “बुक” भन्नाले खण्ड ९क०मा उल्लेखित थान ५२ को संख्या वा मिश्रित समूहलाई सम्झिनु पर्दछ ।

(ग)“म्यारीज बुक” भन्नाले खण्ड ९क० अनुसारको ३ वा ४ बुक तास सम्झिनु पर्दछ।

(घ) “दाना तथा गेडा” भन्नाले तास खेल्दा पैसाको आदान प्रदान गर्न तथा विनिमय गर्न सहज होस् भनी पैसाको मूल्यमा सटही गरी राखिएको मकै, भटमास, सिमी, मटर, केराउ तथा अन्य सजिलो किसिमले गन्न सकिने गेडागुडी वा चिज वस्तुलाई सम्झिनु पर्दछ ।

(ङ) “खेलाडी” भन्नाले जित्ने नै मनसाय राखी दुई वा दुई भन्दा तर ८ जनामा नबढ्ने गरी स्वास्नी, छोरा–छोरीको आँखा छली तथा घरको वा कार्यालयको कामकाज माया मारी म्यारीजको खालमा घुँडा टेकेर चौबिसै घण्टा बिताउने सम्झनु पर्दछ ।

(च) “टट्टु तथा धुपौरे” भन्नाले घरको वा कार्यालयको कामकाज गर्नका दुःखले म्यारीजको खालमा गएर उँघ्ने वा लम्पसार परेर सुत्ने, हात टेकेर अर्काका तास हेरी यो फाल, त्यो फाल भन्ने, हात नटेक लोदर लाग्यो भन्दा हतपत पलेटी कस्ने, अरु खेलाडीले नबोल भन्दा ङिच्च दाँत देखाउँदै हाँस्ने वा निन्याउरो मुख लगाउने व्यक्तिलाई समेत सम्झनु पर्दछ ।

(छ) “म्यारीजको खाल” भन्नाले सम्भव भएसम्म सुकुल माथि शतरन्जा ओछ्याइएको अम्मलीहरुको अम्मल अनुसारको पानी, रक्सी, चुरोट, पान–पराग, खैनी, सुर्ती वा अन्य पान मसला वा यस्तै किसिमका अम्मल समेत जुटाईएको निर्धारित स्थानलाई सम्झनु पर्दछ ।

(ज) “मुर्गा” भन्नाले खेलको अवधिमा अधिक मात्रामा रुपैयाँ हार्ने हरुवा व्यक्तिलाई सम्झनु पर्दछ ।

(झ) “लाग्यो” भन्नाले साथमा भएको नगदी वा जिन्सी सम्पूर्ण सरसामानहरु हारी टाट पल्टी मुर्गा हुने व्यक्तिले तिर्न नसकी ङिच्च दाँत देखाउँदै दिएको जवाफ सम्झनु पर्दछ । सो शब्दले खल्तीमा ९भित्री पकेटमा० पैसा भई भई बद्नियत– पूर्वक हारेको पैसा नतिर्ने नियतले कुनै पनि ढंगबाट दिएको जवाफ समेत सम्झनु पर्दछ ।

(ञ) “डबल म्यारीज” भन्नाले खण्ड ९ञ० अनुसारका २ जोडा सम्झनु पर्दछ ।

(ट) “चौरेला” भन्नाले कुनै पनि रङ्गका एक अंकका ४ कार्डलाई सम्झनु पर्दछ ।

(ठ( “डब्बल चौरेला” भन्नाले नियम २ को खण्ड ९ट० बमोजिमका जोडी सम्झनु पर्दछ।

(ड) “सिक्वेन्स” भन्नाले एकै रङ्गका क्रमिक ३ देखि ५ कार्ड सम्मको तासलाई सम्झनु पर्दछ ।

(ढ) “जोक्कर” भन्नाले कटुवाले माल काटेपछि पल्टेको मालको विभिन्न रङ्गको तासलाई सम्झनु पर्दछ ।

(ण) “माल” भन्नाले कटुवाले तास काटेपछि घोप्ट्याई वा उत्तानो पारी खेलाडीको बीचमा बुकले थिचेर राख्ने तास वा चक्कीलाई सम्झनु पर्दछ ।

(त) “ वाई सी एल” भन्नाले मूल जोक्करलाई सम्झनु पर्दछ ।

(थ) “कटुवा” भन्नाले ३ सिक्वेन्स पुगेपछि भुँईमा सबै खेलाडीहरुले देख्ने गरी भुँईमा पछाडी जोक्कर वा माल काट्ने व्यक्तिलाई सम्झनु पर्दछ । तर पहिलै जोक्कर पल्टाउने खेलमा तास बडुँवाले भन्दा देब्रेपट्टि बसी माल काट्ने व्यक्तिलाई समेत जनाउँदछ ।

(द) “सुको मरु झा” भन्नाले कटुवाले माल काटेपछि जोकर समेत नपरेको अवस्थालाई सम्झनु पर्दछ । (ध) “अल्टर” भन्नाले कटुवाले काटेको मालको अल्टर ९ठीक विपरित० रङ्ग र अंकको तासलाई सम्झनु पर्दछ ।

(न) “बाटो खर्च” भन्नाले खेलको पिरियडमा अधिक मात्रामा हारी टाट पल्टी १ कि।मि।भन्दा टाढाको गन्तव्यमा पुग्ने पर्ने मुर्गा भएमा उक्त मुर्गालाई जितुवा मध्ये जेष्ठ जितुवाले भाडा बापत अप्ठ्यारो नमानी दिने खर्चलाई सम्झनु पर्दछ ।

(प) “बडुवाल” भन्नाले शर्त बमोजिम सर्वप्रथम वा सो पश्चात् एक अर्कालाई तास बाँड्ने भान्सेलाई सम्झनु पर्दछ ।

(फ) “कटफर” भन्नाले ४ जना सम्म खेलाडी भए प्रत्येक २ राउण्डमा र सो भन्दा माथि खेलाडीहरु भए प्रत्येक राउण्डमा बुकबाट ठुलो तास पल्टाउने खेलाडीले रोजेको स्थानमा बस्न पाउने गरी स्थान सट्टापट्टा गर्ने कार्यलाई सम्झनु पर्दछ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com