AD_ Wide Top

मिठाईदेवी विश्वकर्मा र रमेशचन्द्र देवकोटा सम्मानित

०७४ असोज ०१ गते  |   Gufgaf.com

below social share detail page adv

loading...
मिठाईदेवी विश्वकर्मा र रमेशचन्द्र देवकोटा सम्मानित

वर्ष २०७३ को योगमाया राष्ट्रिय नारी साहित्य सम्मानबाट मिठाईदेवी विश्वकर्मा सम्मानित भएकि छन । नेपाली भाषा साहित्य तथा सामाजिक रूपान्तरणमा विश्वकर्माले पुराएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो ।

नेपाल स्रष्टा समाजको १० औँ साधारणसभा तथा विशेष साहित्यिक कार्यक्रममा विश्वकर्मालाई कार्यक्रमका प्रमख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान–पत्र प्रदान गरेका हुन  । सम्मानका संस्थापक नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले विश्वकर्मालाई  २५ हजार नगद प्रदान गरे ।

सामाजिक अभियन्ता योगमायाको विषयमा नेपाल स्रष्टा समाजका कार्यकारी सदस्य प्रा.डा. गोविन्दमानसिंह कार्कीले प्रकाश पारेकाथिए । सम्मानित स्रष्टा मिठाइदेवीका विषयमा समाजका सचिव तारा सुवेदीले बोलेका थिए । सम्मान ग्रहणपछि बोल्दै विश्वकर्माले योगमाया जस्तो उच्च गरीमा बोकेकी नेपाली नारीको नामबाट आफू सम्मानित हुन पाउँदा धेरै गर्व महसूस गरेको बताइन ।

वि.सं. २०६५ सालदेखि योगमाया राष्ट्रिय नारी साहित्य सम्मान सुरु गरिएको हो । मठाइदेवी सहित अहिलेसम्म आठ जना महिला साहित्यकारहरू यस सम्मानबाट सम्मानित भएका छन ।

कार्यक्रममा सुभद्रा–विश्वराज साहित्य सम्मानबाट पहिलो पटक गोरखाका ८४ वर्षीय स्रष्टा रमेशचन्द्र देवकोटा सम्मानित भएका छन । सामाजिक चिन्तन, आध्यात्मिकता र ऐतिहासिकतालाई भावभूमि बनाएर नेपाली साहित्यको सिर्जनामार्फत् योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्ने उद्धेश्यले नेपाल स्रष्टा समाजका उपाध्यक्ष विधान आचार्यले सम्मानको स्थापना गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथिले सम्मान–पत्र र सम्मानका संस्थापक नेपाल स्रष्टा समाजका उपाध्यक्ष विधान आचार्यले  ११ हजार १११ हजार नगद प्रदान गरेर देवकोटालाई सम्मान गरेका हुन ।
सम्मानित व्यक्तित्व रमेशचन्द्र देवकोटाको विषयमा नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कँडेल  ‘हरित’ले प्रकाश परोका थिए । देवकोटाको भर्खरै मात्र स्वाभिमान नामको महाकाव्य प्रकाशन भएको छ । त्यस्तै खण्डकाव्य, कविता सङ्ग्रह तथा अनुवाद गरी सातवटा कृति प्रकाशनको तयारीमा छन् ।

21691118_10213426817281347_549559888_nदमन्ता खनाल स्मृति नारी साहित्य सम्मान स्थापना
गीतकार एबं नेपाल स्रष्टा समाजका कोषाध्यक्ष पुष्पा खनालले आफ्नी ममतामयी आमाको स्मृतिमा दमन्ता खनाल स्मृति नारी साहित्य सम्मानको स्थापना गरेकी छन । खनालले कार्यक्रमै सम्मान स्थापनाको घोषणा गरेकी हुन ।  २०७५ सालबाट प्रदान गरिने सम्मानको राशी १० हजार १११ रहेको छ । सामाजिक चिन्तन र आध्यात्मिकतालाई भावभूमि बनाएर नेपाली साहित्यको सिर्जना गरी देशको सेवा गर्ने मोफसलका उत्कृष्ट नारी स्रष्टालाई यो सम्मान प्रदान गरिनेछ ।

कार्यक्रममा नेपाल स्रष्टा समाजका आजीवन विशिष्ट सदस्य जीवनाथ पोखरेलको काव्यकृति जीवनका परिवेशहरूको लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती तथा अन्य व्यक्तित्वहरूले कृतिको लोकार्पण गर्नुभएको हो ।

जीवनका परिवेशहरूमाथि वरिष्ठ कवि नेपाल स्रष्टा समाजका सल्लाहकार शैलेन्द्र साकारले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो । आफ्नो साहित्यिक यात्राका विषयमा बोल्दै स्रष्टा पोखरेलले वरिष्ठ कथाकार परशु प्रधान र वरिष्ठ कवि शैलेन्द्र साकारको प्रेरणाले आफू साहित्यिक क्षेत्रमा प्रवेश गरेको बताउनुभयो ।

लोकतान्त्रिक मुल्य मान्यताहरूप्रति समर्पित हुँदै विशुद्ध साहित्यिक गतिविधिहरूका मार्फत् नेपाली वाङ्मयको सिर्जना, सम्वद्र्धन र विकासमा टेवा पुर्याउने, नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रियकरण गर्ने, भाषा साहित्यको विकासमा सहयोग गर्ने, वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्ने लगायतका उद्धेश्य लिएर वि.सं. २०६४ सालको नेपाल स्रष्टा समाजको स्थापना भएको हो ।

समाजमा अहिले ११० जना आजीवन विशिष्ट र ३६ जना विशिष्ट सदस्यहरू रहेका छन् । यसैबीच समाजको १० औँ साधारण सभाले महासचिव चेतनाथ कँडेल हरित कोषाध्यक्ष पुष्पा खनालको आर्थिक प्रतिवेदन  पारीत गरेको छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com