AD_ Wide Top

छक्का पञ्जा-२ लाई यु सर्टिफिकेट फूलपातीमा एक्लै आउने

०७ असोज २०७४  |   Gufgaf.com

below social share detail page adv

loading...
छक्का पञ्जा-२ लाई यु सर्टिफिकेट फूलपातीमा एक्लै आउने

काठमाण्डौ असोज ७ । यस बर्षको बहुप्रतिक्षीत चलचित्र छक्का पञ्जा २ले युनिभर्सल सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डले सिनेमालाई यु सर्टिफिकेट दिएको हो । सेन्सर पास पछि प्रतिकृया दिदै निर्देशक दिपाश्री निरौलाले सिनेमाले यु सर्टिफिकेट पाएकोमा खुशी ब्यक्त गर्दै दर्शकको अपार माया र साथ पाइरहने बताइन । बोर्डका एक सदस्यले चलचित्र पहिले भन्दा अझै उत्कृष्ट र फरक बनाएको भन्दै दिपालाई बधाई समेत दिएका छन । असोज ११ मा प्रदर्शनमा आउने छक्का पञ्जा २ का दुबै गीत र ट्र्ेलरले दर्शकको अपार माया र साथ पाइसकेका छन । करोड क्लव र ट्रेण्डिङमा रहेका छक्का पञ्जाका गीत र ट्रेलर मात्र हैन नेपाली सिनेमाको ईतिहासमा सायद पहिलो पटक प्रचारका लागि तयार पारीएको जिंगल समेत छोटो समयमा झण्डै १० लाख दर्शकको दर्शकको माया बटुल्दै लगातार एक साता सम्म ट्रेण्डिङमा रहयो । गीत रिलिज देखिनै बिवादमा पारिएको चलचित्र छक्का पञ्जा २ दुईको प्रदर्शन मिति सिनेमा सुरु हुने बेला देखि नै असोज ११ लाई तोकिएको थियो । यो बीचमा मंलगलम पनि असोज ११ मा प्रदर्शनमा ल्याउने भनेर प्रचार गरिए पनि सहमतिमै उक्त सिनेमाको रिलिजलाई मंगलम टिमले पर सारेको छ । केहि दिन पहिले मेरो पैसा खोइको प्रदर्शनको मिति पनि असोज ११लाई तोकिएपनि सिनेमाको प्राबिधिक काम हुदै गरेकाले अबको ४ दिन भित्र सबै काम सकेर प्रदर्शनमा आउने सम्भावना न्युन देखिएको छ । त्यसै कारण छक्का पञ्जा २ नै फूलपातीमा एक्लै हलमा आउने सम्भावना निश्चित जस्तो भएको निर्माता समेत रहेका सञ्चारकर्मी दिपेन्द्र खनियाले जानकारी दिएका छन । यसैबीच छक्का पञ्जा दुईको प्रचारका लागि तयार गरिएको गीति जिंगल सरर हुई लाई पनि सिनेमामा समाबेश गरिएको छ । रेडियो अडियोले निर्माण गरेको उक्त जिंगलमा लोकराज अधिकारीले शब्द लेखेका हुन । टंक बुढाथोकीको संगीत रहेको १ मिनेट भन्दा बढिको गीति जिंगलमा दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरेको स्वर रहेको छ । यो गीतलाई सिनेमाको अन्तमा राखिएको निर्देशक निरौलाले जानकारी दिइन । छक्का पञ्जा २ मा दीपक राज गिरी, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तीमा खड्का शिवहरि पौड्याल, किरण केसी राजाराम पौडेल, लक्ष्मी गिरी ,लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

test‘मह’सँग जोडिए टंक बुढाथोकी

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com