AD_ Wide Top

पहिलो पटक मिस युनिभर्समा नेपालको सहभागिता ,मिस युनिभर्सको ताज नग्माको शिरमा

८ असोज,२०७४  |   Gufgaf.com

below social share detail page adv

loading...
पहिलो पटक मिस युनिभर्समा नेपालको सहभागिता ,मिस युनिभर्सको ताज नग्माको शिरमा

नेपालको सर्वाधिक चर्चित ब्युटी प्याजेन्ट मिस नेपालको आयोजना गर्दै आएको संस्था द हिडेन ट्रेजरले पहिलो मिस नेपाल युनिभर्स घोषणा गरेको छ ।  आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठलाई पहिलो मिस नेपाल युनिभर्स घोषणा गरेको हो । उनलाई राजधानीको अन्नपूर्ण होटेलमा आयोजित वार्षिकोत्सव समारोहमा द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले शिरमा ताज लगाई दिदै घोषणा गरेका हुन् ।

६६ औ मिस युनिभर्सको आयोजना अमेरिका स्थित लस भेगासमा आउदो नोभेम्बर २६ मा हुनेछ ।  जसमा नग्मा पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्दै जानेछिन । मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनि अहिले सम्म मिस युनिभर्समा नेपालबाट सहभागिता भने भएको थिएन । पछिल्लो समय सन् २०१७ को मिस नेपालको आयोजनाभएसंगै द हिडेन ट्रेजरले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन् पाउने अधिकार पाएपछि सन् २०१२ कि मिस नेपाल अर्थ समेत रहेकी नग्मालाई उक्त टाइटल दिदै मिस युनिभर्समा पठाउने निर्णय गरेको हो । मिस युनिभर्समा सहभागी हुन् नग्मा नोभेम्बर ५ मा अमेरिका लाग्नेछिन ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com