AD_ Wide Top

यि गायिका जसले सम्बन्ध बिच्छेद गरे

१६ असोज,२०७४  |   Gufgaf.com

below social share detail page adv

loading...
यि गायिका जसले सम्बन्ध बिच्छेद गरे

काठमाण्डौ /असोज १७: चर्चित गायिका मिलन अमात्य मन नमिलेको भन्दै असोज २ मा  श्रीमान मेन्सन अमात्यसँग कानुनी रुपमै अलग भएकी छिन् । भारतको आसामकी मिलनले गायिका बन्नकै लागि नेपालको यात्रा तय गरेकी थिईन् । नेपाल आएपछि नै उनले मेन्सन अमात्यसँग विवाह गरेकी हुन् । पहिलो एल्बम ‘मिलन’मार्फत उनी मिलन नेवारका नामले चिनिईन् तर त्यसपछिका एल्बममा भने उनी मिलन अमात्यका रुपमा चिनिएकी थिईन् । धेरैले उनलाई मिलन नेवार भनेर चिन्दैनन् । यस कारण सम्बन्ध बिच्छेदले अमात्य भनेर चिनिएकी मिलनको परिचयमा पनि असर पर्ने दखिएको छ

नेपाली संगीत क्षेत्रमा यसरी चर्चित भएपछि सम्बन्ध बिच्छेद गर्ने गायिकाको सूचिमा मिलन मात्रै छैनन् । यसअघि पनि चर्चित भईसकेका केही गायिकाहरुले सम्बन्ध बिच्छेद गरेका छन् । जसमा अन्जु पन्त, मल्लिका कार्की, प्राश्ना शाक्य, रेश्मा सुनार लगायतका गायिकाहरुको नाम आउँछ ।

लोकप्रिय गायिका अन्जु पन्त एक छोरीकी आमा बनिसकेपछि श्रीमान् मनोजराज सँग कानुनी रुपमा अलग भईन् । अन्जु पन्तले संगीतकार मनोजसँग सम्बन्ध बिच्छेद गर्नुको कारण उनले मनोजले पटक पटक दिएको मानसिक तनाव भएको दाबी गर्छिन । आफूले शारीरिक र मानसिक यातना सहन नसकेका कारण सम्बन्ध बिच्छेद गरेको एक अन्र्तवार्तामा बताएकी थिईन् । गायिका मल्लिका कार्कीले पनि आफूलाई सम्बन्ध बिच्छेद गर्ने गायिकाहरुको सूचिमा सामेल गराएकी छिन् । २ हजार भन्दा धेरै गीतमा आवाज दिएकी गायिका सपनाश्रीले पहिलो विवाह संगीतकर्मी यादेश लामासँग गरिन् । विवाह पछि दुई छोरीकी आमा बनेकी सपनाको पहिलो वैवाहिक जीवन सन्तुलित तरिकाले अघि बढेन । पहिलो श्रीमान्सँग सम्बन्ध बिच्छेद गरेपछि उनको दोस्रो विवाह बिमल बुढाथोकीसँग भएको छ । हाल उनी अमेरिकामा छिन् । सम्बन्धित छवि

‘आकासैको झिलमिल तारा’ बोलको गीत गाएर चर्चामा आएकी गायिका रेश्मा सुनुवारले पनि पहिलो वैवाहिक सम्बन्धलाई अघि बढाउन सकिनन् । यहि कारण उनको सम्बन्ध बिच्छेद भयो । अहिले उनी दोस्रो घरबारमा छिन् । रेश्माले ९ कक्षामा पढ्दापढ्दै विवाह गरेकी थिईन् । पहिलो विवाहबाट उनी एक छोराकी आमा बनेकी छिन् । उनका छोरा पनि अहिले संगीत पढिरहेका छन । उनले दोस्रो विवाह  जर्मन निवासी लब्साङ तेन्दरसँग गरेकी छिन् ।

prashna shakyaको लागि तस्बिर परिणाम
त्यस्तै अर्र्की गायिका प्राश्ना शाक्यले पनि पहिलो विवाहबाट हात झिकिन् । गायक अराज केशवसँग विवाह गरेकी उनले परिवारिक समस्याका कारण सम्बन्ध बिच्छेद गरेकी हुन् ।

लोक गायिका निशा सुनारले पनि पहिलो विवाहबाट सम्बन्ध बिच्छेद गरेर शंकर बिसीसँग दोस्रो विवाह गरेकी छिन् । शंकरसँगको विवाहपछि एक छोरीकी आमा बनेकी निशा अहिले अमेरिकामा छिन् । अर्की गायिका सुक्मित गुरुङपनि सम्बन्ध बिच्छेद गर्ने गायिकाको सूचिमा पर्छिन् । सुक्मित गायनमा सफल मानिएपनि वैवाहिक जीवनमा सफल रहिनन् ।
गायिका देविका बन्दना पनि सबन्ध बिच्छेद गर्ने गायिकाकै सूचिमा छिन् । उनी अहिले दोस्रो घरबारमा रमाईरहेकी छिन् । यस बाहेक गायिका सत्यकला राईले पनि असमझदारीका कारण लाहुरे श्रीमान् रणदीप राईसँग सम्बन्ध बिच्छेद गरिन् । सत्यकलाको दोस्रो विवाह अभिनेता तथा निर्माता नवल खड्कासँग भएको छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com