AD_ Wide Top

लोकदोहोरी गायक सागर बोहराको निधन

२०७४ मंसिर ०४ सोमबार  |   Gufgaf

below social share detail page adv

loading...
लोकदोहोरी गायक सागर बोहराको निधन

काठमाण्डौी मंसिर ०४  ■ 

लोकदोहोरी गायक सागर बोहराको निधन भएको छ । काठमाडौंको गणेशस्थान नजिकै डेरामा मृत अबस्थामा भेटिएका बोहोराको मृत्युको कारण खुलेको छैन । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाएको उनी संग लामो समय सहकार्य गरेका लोकदोहोरी प्रतिष्ठानका निबर्तमान अध्यक्ष चन्द्र शर्माले जानकारी दिएका छन ।

बोहोराको निधनको खबर पछि बागलुङमा रहेका उनका परिवारका सदस्य आजै काठमाण्डौ हिडेका छन । भोली पोष्टमार्टमको रिपोर्ट आएपछि अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञाप्रतिष्ठानमा राखिने पनि उनले जानकारी दिए केहि महिना पहिले फोक्सो, लिभर र उच्च रक्तचापको समस्याले ग्रसित भएको फेला पारेपछि गायक गणेश जिसी, जुनु पुन लगायतले उपचारका लागि काठमाडौं ल्याएका थिए । केही समय अघि मात्र काठमाडौंको धापासीस्थित ग्राण्डी हस्पिटलमा उपचार गराएपछि सामान्य रुपमा फर्किएका गायक बोहराले उनको स्वास्थ्यस्थिति सामान्य रुपमा आएपछि दोहोरी साँझमा काम समेत गर्न थालेका थिए । गायक बोहरा एक्लै भएका कारण पुनः मादकपदार्थको लतमा फसेको हुन सक्ने र त्यहि कारण निधन भएको हुन सक्ने बताइएको छ ।

गायक बोहराका कहिले माया लाउँदै, न्याउली जस्तै रुन्छु, अर्कैले सिन्दुर भरेको, बुटवल पोखरा लगायत जस्ता चर्चित गीतहरु बजारमा छन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com