AD_ Wide Top

नायिकालाई पनि टक्कर दिन सक्ने नेपालका पाँच सुन्दर गायिका

जेठ ३,२०७३  |   Forseenetwork

below social share detail page adv

loading...
नायिकालाई पनि टक्कर दिन सक्ने नेपालका पाँच सुन्दर गायिका

नायिकाहरुको सुन्दरतालाई धेरैले मुल्यांकन गरेको पाईन्छ । अभिनेत्री भनेको त राम्रो अभिनय र सुन्दरता भएको हुनुपर्छ भन्ने मान्यता धेरैको छ । नायिकाको बारेमा यस्ता कुराहरु हुनु सामान्य मानिन्छ । तर कहिले काही गायिकाहरुको पनि आवाज भन्दा रुपको चर्चा भएको पाईन्छ । फलानो गायिका कती राम्री ,त्यस्तो पो हुनुपर्छ त भन्ने कुराहरु पनि सुन्न पाईन्छ । आज हामी नेपालका पाँच सुन्दर आवाज भएका गायिकाहरु जसको सुन्दरता पनि कम छैन र चाहे भने नायिकाहरुलाई पनि टक्कर दिन सक्छन् । उनीहरुको बारेमा चर्चा गर्दैछौ ।

800full-indira-joshi-(nepal)

ईन्दीरा जोशी
गायिका ईन्दीरा जोशीले आफ्नो कामबाट दर्शक र श्रोताको मन छोटो समयमा नै जितीन् । नेपाली तारा २ मा भाग लिएर उत्कृष्ठ पाँचमा परेकी ईनदीरालाई नेपाली ताराले नै तारा बनायो । टुट्यो तारा आकाशमा उनले करियरको सुरुवात तिर गाएको गीत थियो जसले उनलाई गायिकाको रुपमा स्थापित हुन सहयोग गरेको थियो । त्यसपछि उनले दर्जनौ गीतहरु गाईन् । उनको आवाजमा रहेका उध्रेको चोली, चौबन्दी चोली निकै चर्चामा रहे । हाल   ईन्दीरा अनगिन्ती प्रशंसकहरु बनाएकी छिन् । उनी धेरैकी मन पर्ने गायिका हुन् । धेरैले उनीमा गायिकामा हुन पर्ने सबै गुण भएको बताउँछन् । उनको आवाज र सुन्दरता दुवैमार्फत उनले दर्शक श्रोताको मन जितेकी छिन् । आफ्नो आवाज मार्फत उनी सबैलाई लठ्ठ बनाउँछिन् । पछिल्लो समयमा उनी गायनका साथसाथै मोडलिङमा पनि जमेको पाईन्छ । फन्कोमा उनले एक गीतमा आईटम डान्स पनि गरेकी छिन् । जुन गीतमा उनको आफ्नै आवाज छ ।

1

मेलीना राई
झट्ट हेर्दा कोरियन अनुहार जस्तो लाग्छ गायिका मेलीना राईको अनुहार । उनको आवाजमा लठ्ठीने त थुप्रै छन् तर उनको सुन्दरता देखेर लोभीनेहरुके सङया पनि कम छैन । पछिल्लो समयमा नेपाली पाश्र्व गायनमा जमेकी मेलीनाले दर्जनौ गीतहरु गाएकी छिन् । उनका प्राय गीतहरु चर्चामा छन् । नोभेम्बर रेनको पल भरमै खुसी , हाउ फन्नीको सिरैमा सिरबन्दी लगायतका गीतहरु चर्चामा रहे । त्यस्तै उनले गाएको अर्को चर्चित गीत हो बाटो फेरेउ अरे । अहिलेका युवा पुस्ताको लागी उनी युथ आईकन बनीसकेकी छिन् । गायिकाको रुपमा स्थापित भएकी मेलीनाको सुन्दरता कुनै अभिनेत्रीको भन्दा कम छैन । यदि नायिकाको लागी अभिनय क्षेत्रमा प्रवेश गरिन् भनेपनि उनले सफलता पाउने सकेंत देखीन्छ ।

ae03f36cb2026ceb707b7b00f69aa07d

रेखा शाह
बेलाबेलामा विवादमा आउने गायिका हुन् रेखा शाह । केहि समय अघि मात्रै उनी ठगीको आरोपमा पक्राउ परेकी थिईन् । सिमसिमे पानीमा बाट चर्चीत भएकी उनी आफ्नो गीतहरुमा आफै अभिनय गर्छीन् । रेखाको सिमसिमे पानीमा बोलको गीतलाई नेपाली लोक संगीतमा सदावहार गीत पनि भनिन्छ । । उनको आवाजले व्यवसायिकता लिन नसकेपनि मोडलिङबाट उनी चर्चित छिन् । उनको सुन्दरतासँगै उनमा एक अभिनेत्रीमा हुनुपर्ने गुणहरु झल्कन्छन् । यदि अभिनयमा आएपछि उनले सामान्य अभिनेत्रीहरुलाई भने पछार्ने सम्भावना बलियो देखिन्छ ।

astha 1

आस्था राउत
बोल्ड आवाजको लागी चिनीने गायिका हुन् आस्था राउत । उनले गाएको सालको पात , चौबन्दीमा पटुकी , ब्यथा भुलेर आउ आउ लगायतका दर्जनौ गीतहरु चर्चित छन् । आफूले गाएको गीतलाई दर्शक श्रोताले मन पराएपछि उनी नेपालमा मात्रै नभयर बिदेशका धेरै स्टेज कार्यक्रमहरुमा ब्यस्त हुन थालिन् । अहिले एल्बम देखी स्टेजसम्म ब्यस्त आस्थाको सुन्दरता पनि कुनै अभिनेत्रीको भन्दा कम छैन ।

मिलन अमात्य
गायिका मिलनको सुन्दरताको प्रशंसा जती गर्यो त्यति नै कम हुन्छ । धेरैले उनलाई क्युट भनेर भनेको पनि सुनिएको छ । आज भन्दा लगभग ६ बर्ष अघि गायन सुरु गरेकी मिलनलाई पहिलो एल्बम निकालेपछि करियरलाई पछि फर्केर हेर्नु परेन । पहिलो एल्बम बजारमा ल्याएपछि नै उनी निरन्तर अघि बढ्ने अवसर पाईन् । जैलेसम्म संसारमा रहन्छन् घाम जुन तारा उनको पहिलो एल्बमको शीर्ष गीत थियो । यहि गीतले उनको जीवनलाई नै बदल्यो भन्दा फरक पर्दैन । त्यसगीतमा उनको आवाजलाई मन पराएर धेरैले उनलाई गीत गाउने अफर दिए । उनी अहिले पाश्र्व गायनमा जमेकी छिन् । हालसम्म मिलनले मिलनले दर्जनौ सिनेमा र एल्बमहरुका गीतमा आवाज दिएईसकेकी छिन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com