AD_ Wide Top

शिक्षीका र मोडल पछि नायिका बनेकी मरिश्का पोख्रेल

जेठ ९,२०७३  |   Forseenetwork

below social share detail page adv

loading...
शिक्षीका र मोडल पछि नायिका बनेकी मरिश्का   पोख्रेल

एक दिन कल आयो । उहाँले मलाई सोध्नु भयो । मुभी खेल्न मन छ ? आकाश अधिकारी सरले मुभी बनाउँदै हुनुहुन्छ । नयाँ नायिकाको खोजीमा हुनुहुन्छ । आ र यु ईन्ट्रेस्टेड ? भनेर सोध्नुभयो । अनि मैले यस आई एम ईन्ट्रेस्टेड । फिल्मको कथा मन पर्यो भने पक्का खेल्छु , भने । त्यसपछि हामीले फिल्म निर्माण गर्ने टिमलाई भेट्यौँ । सरहरुलाई म मन परेँ मलाई कथा मन पर्यो । अनि मैले फिल्ममा काम गर्ने निर्णय लिएँ । अर्को पटक भेटेर मैले कन्ट्रयाक्ट साईन गरेँ । भन्छीन् के म तिम्रो होईन र की अभिनेत्री मरिश्का पोख्रेल । फिल्म के म तिम्रो हाईन र नायिका मरिश्काकाले पहिलो फिल्मबाटै दर्शकको मन जितेकी छिन् । उनले अभिनय गरेको पहिलो फिल्म के म तिम्रो होईन र ? ले दोस्रो सातासम्म पनि हलमा ठाउँ पाएको थियो  , दर्शक तानेको थियो  । आज हामीले उनै तपाँईलाई मन परेकी मरिश्काका बारेमा छोटो सामाग्री तयार पारेका छौँ । तलको सामाग्रीबाट मरिश्का बारे केहि कुराहरु थाहा पाउनुहोस् ।

शिक्षीका थिईन् मरिश्का
नव नायिका मरिश्काका बारेमा धेरै कमलाई मात्र थाहा छ । फिल्ममा आउनु भन्दा पहिले उनी शिक्षीका थिईन् । उनले १८ बर्षको उमेर देखि पढाउन थालेकी थिईन् । जापानमा बस्ने मरिश्काले बिना कुनै ट्रेनिङ  जापानको टोकीयोमा रहेको दैजावा ईन्टरनेशनल स्कुलका बालबालीकाहरुलाई चित्रकला सिकाउँथिन् ।

बलिउड फिल्मका काम
नेपाली फिल्ममा अभिनय गर्नुभन्दा पहिले उनले एक हिन्दी ड्रामा फिल्म यारामा काम गरिसकेकी छिन् । ईरफान खान र श्रुती हसन मुख्य भुमीकामा रहेको उक्त फिल्ममा मरिश्काको छोटो भुमीका छ । मरिश्काले बलिउड फिल्म पाउनको लागि अडिशनसमेत दिएकी थिईन् ।

१५ महिना मोडलिङ
मरिश्का फिल्ममा काम गर्नु भन्दा पहिले मोडलिङ र र्याम्प शोहरुका काम गर्थिन् । लगातार १५ महिना मोडलिङ गरेपछि उनले फिल्म पाएकी हुन् । मोडलिङ र र्याम्प शोहरुमा मरिश्काले राम्रो परिचय बनाएकी थिईन् । मोडलिङमा फस्टाएकी उनी पहिलो नजरमा नै फिल्म निर्माता आकाश अधिकारीलाई मन परिन् । त्यस्तै उनलाई दर्शकले पनि माया दिए । पहिलो फिल्म के म तिम्रो हाईन र मार्फत उनले आगामी फिल्महरुमा राम्रो गर्ने हौसला पाएकी छिन् ।
त्यस्तै मरिश्का फिल्म चपली हाईटको सिक्वेलका लागि पनि अुनुबन्धीत भएकी छिन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com