AD_ Wide Top

नमज्जा संग खाडीमा मदन बेचिएको छ — कमल सरोवरको दशै सम्बन्धी ४ मुक्तक

११ असोज ,२०७३  |   कमल सरोवर

below social share detail page adv


loading...
नमज्जा संग खाडीमा मदन बेचिएको छ — कमल सरोवरको दशै सम्बन्धी ४ मुक्तक

मुक्तक नं १
उत्तर—उत्तर प्रगति होस्, दशैँ तिहार आउँदा
घर दैलोमा उन्नति होस् ,दशैँ तिहार आउँदा
चाडपर्वमा अन्धकार नहोस् ,कसैको जीवन
मुहार—मुहारमै बत्ति होस् दशैँ तिहार आउँदा

मुक्तक २
के दशैँ के तिहार प्रवास बासीको
खाली हुन्छ निधार प्रवास बासीको
दशैँ तिहारले उज्यालो ल्यायो भन्छन्
अँध्यारो छ संसार प्रवास बासीको

मुक्तक ३
मन बेचिएको छ,हेर्नुस तन बेचिएको छ ।
कसैगरी फर्किन्न छोरा खटन बेचिएको छ ।
दशैँ तिहार आयो भन्छन् सम्झी नरोए मुना ।
नमज्जा संग खाडीमा मदन बेचिएको छ ।

मुक्तक ४
औला भाँच्दै दिन गन्दै बाटो नहेर्नु आमा
फर्की छोरा आउँछ भन्दै बाटो नहेर्नु आमा
राहदानीमा तोकिएको मिती तीन वर्षको छ
तीस महिना पूरा नबन्दै बाटो नहेर्नु आमा


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित कला साहित्य


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com