जन्मदिनमा किशनले ल्याए कान्छि (भिडियो सहित)

 बिगत केहि समय देखि अमेरिकामा बसोबास गर्दै संचार क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल संचारकर्मी किशन रेग्मीले पछिल्लो क्रममा गायककोपरिचय बनाएका छन् । केही समय अघि उनले बजारमा ल्याएको ‘कान्छि हे कान्छि' बोलको गित बाट उनि गायक भएका हुन्। अहिले उक्त गीत फेरीपरिमार्जित सहित रिमिक्स भर्सनमा भिडियो सहित सार्वजनिक भएको छ ।  यस अघि उनले उद्धव सिलवाल प्रोडक्सनको ब्यानरमा युएस मिडिया संग सहकार्यगरी  झन्डै दुई महिना अघि युटयुब मार्फत उक्त गीतको अफिसियल भिडियो  ल्याएका थिए । जुन गीत युट्युबमा  अपलोड भएपछि दर्शकले गीतलाई रुचाएकाथिए।

दर्शकको राम्रो प्रतिकृया पाएपछि उनमा पुनः गीतलाई परिमार्जन गर्ने उत्साह जाग्यो । त्यही अनुरुप उनले गीतको भिडियोलाई अहिले फेरी डान्सिङ नम्बर दिएरनिर्माण गरेका छन् । छमछमी सिजन वानका उत्कृष्ट दश प्रतिस्पर्धी मध्येका एक विक्रम विकको डान्सीङ क्रु वाईल्ड स्टेपर्सले भिडियो निर्माण गरेको छ  ।गीतमा उनीसंग मोडल तथा डान्सर आरजु उप्रेतीको आकर्षक डान्स रहेको छ । झापाका रमणीय स्थानहरुमा छायांकन भएको भिडियोमा यस पटक स्वंय गायककिशनलाई पनि देख्न सकिन्छ । प्रल्हाद रिजालको शब्द तथा एसडी योगीको संगीत रहेको गीतमा गायक किशनलाई गायिका श्रृति योगीले साथ दिएकी छिन् ।

गायक किशनलाई यो पहिलो गीतले लोकप्रियता दिलाएपछि  पुनः दोस्रो गीत गाउन दर्शकले हुटहुटी दिएका छन् । ‘पुन अर्को गीत ल्याउन मलाई दबाब आएकोछ ’उनले भने– ‘पहिलो प्रयासलाई दर्शकले राम्रो प्रतिकृया दिए पछि हौसिएको छु । गायक किशनले महिलाहरुको महान पर्व हरितालिका तीज पछि अर्को नयागीत सार्वजनिक गदैछन् ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस