रेडियो अडियो

प्रियंका अभिनित दुई चलचित्र एकै साथ प्रदर्शन हुने पक्का

2018/12/20   gufgaf

गफगाफ -  नेपाली चलचित्र बजार सानो छ तर त्यहि सानो बजारमा चलचित्र निर्माता तथा निर्देशकहरुको होडबाजी चल्ने गरेको छ । त्यो होडबाजीले कसैलाई फाइदा पनि पुर्याएको छ भने कसैलाई नराम्ररी पछारेका उदाहरणहरु प्रसस्तै छन् । शुक्रबार एक मात्र चलचित्र रिलिज हुन सके भाग्यमानी मानिन्छ याँहा, तर कति पय उदाहरण हरु यस्ता पनि छन, एकै मितिमा एउटै अभिनेता अथवा अभिनेत्रीहरुको चलचित्र पनि प्रदर्शनमा आउने गरेका छन् । त्यसको सिकार भइसकेकी नायिका हुन प्रियंका कार्की ।

यस अघि उनि अभिनित दुई चलचित्र  ह्याप्पी डेज र कोहलपुर एक्सप्रेस एकसाथ प्रदर्शनमा आएका थिए । नायक आयुष्मान देशराज जोशिको खुल्लम खुल्ला प्यारमा रमाइरहेकी छिन नायिका प्रियंका कार्की । पछिल्लो समय उनलाई गुणस्तरमा नभइ संख्यात्मक अभिनयमा जोड दिने नायिकाका रुपमा धेरै निर्माता तथा निर्देशकहरुले व्याख्या गर्ने गरेका छन् । एक पछि अर्को बेड सिन दिएका कारण पनि उनि यतिबेला चलचित्र नगरीमा चर्चाको विषय बनिरहेकी छन् ।

केहि समय अगाडि चलचित्र कथा काठमाण्डौमा दिएको हट दृश्यका कारण उनि आलोचनाको सिकार पनि बनेकी थिइन् । तर त्यो अलोचनाले उनलाई कुनै फरक भने पारेन । केहि दिन अघि मात्र चलचित्र अनागतको टिजर सार्वजनिक भयो । उक्त चलचित्रको टिजरमा पनि प्रियंकको बेड सीन देखाइएको छ ।

उनै प्रियंकाले अभिनय गरेका अन्य दुइ चलचित्र पुन एकै साथ प्रदर्शनमा आउने पक्का भएको छ । पुर्व घोषित मितिमा फेरबदल नभए २०७६ को बैशाख १३ गते उनको मुख्य अभिनय रहेका २ चलचित्र दाल भात तरकारी र प्रेम दिवस एकसाथ प्रदर्शनमा आउने भएका छन् ।  मंगलबार प्रेम दिवस निर्माताले दाल भात तरकारी प्रदर्शन मितीमै चलचित्र प्रदर्शन गर्ने घोषणा गरेका हुन् । 

म्युजिकल लभस्टोरी कथामा निर्माण भएको ‘प्रेमदिवस’ लाई योगेश घिमिरेले निर्देशन गरेका छन् । चलचित्रमा कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजको रहेको छ । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, बनिष शाहको सम्पादन रहेको छ । यस चलचित्रमा  प्रियंकाले आफ्ना रियल प्रेमी आयुष्मान देशराज जोशीसँग रोमान्स गरेकी छन् । 


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस