Tuesday, 26 Oct
01:00:00

टिभिमा भिलेन बन्दा वास्तविक जीवनमा समस्या

2018/12/20   Gufgaf

भारतीय अभिनेत्री आम्रपाली गुप्ताले जि टिभिको शो कुबुल हैमा नकारात्मक भूमिकामा काम गरेकी थिईन् । सन् २०१२ देखि प्रसारण भएको यो शो ४ वर्ष सम्म निरन्तर प्रसारण भएको थियो । 
यस सिरियलमा हाल नागिन ३ मा मुख्य भूमिका निर्वाह गरेकी अभिनेत्री सुरभी ज्योति र अभिनेता करण सिंह ग्रोभर मुख्य भूमिकामा थिए भने आम्रपाली नकारात्मक भूमिकामा प्रस्तुत भएकी थिईन् । कुबुल है भारतीय टेलिभिजनको चर्चित शो हो ।  यसको सफलतासँगै यसका कलाकारहरुको करिअरमा पनि फाईदा पुग्यो । 

यस सिरियलमा आम्रपाली तनवीरको भूमिकामा थिईन् । यो भूमिकाबाट ्उनले केही अवार्ड समेत हात पारिन् । नकारात्मक भूमिकामा उनलाई दर्शकले अत्यधिक रुचाएका थिए । तर  केही दर्शकले भने उनको यो भूमिका हेरेर वास्तविक जीवनमा पनि उनी त्यस्तै खराब भएको महसुस गरे । यहि कारण मंगलबार साँझ मन्दिर गएकी आम्रपाली फ्यानसँग तस्बिर खिचाउँदै थिईन् यहि क्रममा एक महिलाले उनलाई अचानक धक्का दिईन् जसले गर्दा आम्रपाली लडिन् । 

उनलाई हात र खुट्टामा चोट लाग्यो । धक्का  दिईसकेछि ती महिलालले आम्रपाली असल महिला नभएको भन्दै उनले अरुलाई दुख दिने काम मात्र गर्ने भन्दै रिस पोखेको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् । 

Amrapali Guptaको लागि तस्बिर परिणाम

ती महिलाको यो रिस कुबुल है की तनविर माथि थियो । तर सिरियलको क्यारेक्टरले आम्रपालीलाई वास्तविक जीवनमा चोट्याहा हुनुपरेको छ । भारतीय मिडियासँग कुरा गर्दै उनले आफूलाई यस्ता कुराहरुले निकै असहज भएको पनि बताएकी छिन् । 

यसका अलावा केही समय अगाडि मात्रै मुम्बईबाट दिल्ली जाने क्रममा उनीमाथि दुर्व्यवहार भएको थियो । प्लेनमा उनको छेऊमा बसेका यात्रुले उनीसँग तस्बिर खिच्ने बहानामा गलत तरिकाले छुने कोशिष गरेपछि आम्रपालीको सिट नै परिवर्तन गरिएको थियो । सन् २०१२ देखि शुरु भएको कुबुल है सन् २०१६ को जनवरीमा बन्द भएको थियो । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस