रेडियो अडियो

‘द म्यान फ्रम काठमाण्डू’ चैत १ गते बाट प्रदर्शनमा

2018/12/20   gufgaf

गफगाफ -   सिनेमा द म्यान फ्रम काठमाडौंको पहिलो गीत सार्वजनिक भएको छ । गीत सगै सिनेमाको नेपाल रिलिज मिति पनि घोषणा गरिएको हो । नेपाली निर्माताले निर्माण गरेको अंग्रेजी सिनेमा भएका कारण पनि यो सिनेमाको चर्चा यतिबेला सिनेमा बजारमा तातिएको छ ।  बिहिबार काठमाडौंमा कुमारी हलमा आयोजित एक कार्यक्रममा सिनेमाको गीत सगै आधिकारिक पोस्टरका साथै सिनेमाको नेपाली ट्रेलर पनि सार्वजनिक गरियो । नेपालमा यो सिनेमा चैत १ गते बाट प्रदर्शन गर्ने तयारी भएको बताइएको छ ।

सिनेमामा समाबेश सार्वजनिक “आकाशै घुमेर” बोलको गीतमा सिनेमाका मुख्य कलाकार जोसे म्यानुअल र आना शर्मा  प्रस्तुत भएका छन् । उक्त गीतमा जेशन कुँवर र निकिता श्रेष्ठको स्वर रहेको छ गीतको लेखन तथा संगीत पनि जेशन कुँवरले नै गरेका हुन् । गीतमा विजय मानन्धर र पेमा धोन्डुपको कोरियोग्राफी रहेको छ । सिनेमालाई क्यूएफएक्स सिनेमाज्का प्रमुख नकिम उद्दिनले निर्माण गरेका हुन्। 

सिनेमामा नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्मा शाक्य, आमिर गौतम सगै अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, लगायतको अभिनय रहेको छ । पाँच करोड लगानीमा निर्माण भएको यो सिनेमाको छायाँकन लस–एन्जलस र काठमाडौंमा गरिएको छ । यो सिनेमा नेपाल सँगै हलिउड र बलिउडमा पनि रिलिज गर्ने तयारी भइरहेको निर्माताको भनाइ छ । नेपाली कथा अन्तराष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरु उत्साहित रहेको उनको कथन छ । भारतीय, पाकिस्तानी र केही हलिउड कम्पनीले समेत नेपालको पहिलो अंग्रेजी सिनेमा वितरणमा चासो व्यक्त गरेको उनले बताएका छन् ।

पेमा धोन्डुप चलचित्रका निर्देशक हुन् । उनी निर्दे्शित सिनेमा ‘वी आर नो मंक्स’   (२००४)ले सुखद समिक्षा प्राप्त गरेको थियो । तिब्बती शरणार्थी अभिभावकको रुपमा जोमसोममा हुर्किएका पेमाले त्यहाँ छँदै आफूमा कथाको विकास भएको बताए । सिनेमाले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । निर्देशक धोन्डुपले भने, ‘यसले धार्मिक सहिष्णुता, धार्मिक समानताको समर्थन गर्दै अतिवादको विरोध गर्छ ।’ ‘सीएनएनमा एउटा आर्टिकल पढेपछि कथा जन्मिएको हो । यसबारे दुईवर्ष रिसर्च गरेँ । अनि त्यसमा नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर फिल्मको कथा बुनिएको हो’ धोन्डुपले भने । सिनेमामा कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी रहेको छ ।
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस