Tuesday, 26 Oct
01:00:00

जिरोको शुटिङमा हेलिकप्टरमा आवत जावत गर्थे शाहरुख

2018/12/21   Gufgaf

निर्देशक आनन्द एल रोयको निर्देशनमा बनेको सिनेमा जिरो आज देखि प्रदर्शनमा आएको छ । यस सिनेमामा शाहरुख खान, अनुश्का शर्मा र कटरिना कैफ मुख्य भूमिकामा छन् । २ सय करोडको लगानीमा बनेको यो सिनेमा भारतमा मात्रै ४३ सय स्क्रिनमा रिलिज भएको छ । यसका साथै नेपालमा पनि यसको क्रेज राम्रै देखिएको छ । यस सिनेमामा शाहरुख खान बउआ सिंहको भूमिकामा छन् । बउआ क्यारेक्टर बदमास हुन्छ । यसैको क्यारेक्टर अनुसार एक समय निर्माण पक्षले सिनेमाको नाम नै हरामी राख्ने विचार गरेको थियो । तर पनि त्यसो भएन । शुरुमा कटरिना मेरी जान नाम राखिएको यस सिनेमाको पछि जिरो नाम परिवर्तन गरिएको हो ।

अभिनेत्री अनुश्का शर्मा सिनेमामा आफिया नामक बैज्ञानिकको भूमिकामा छिन् जो हिडडुल गर्न सक्दिनन् । आफिया सेरिब्रल पल्सी नामक रोगबाट पीडित हुन्छे । अनुश्काले यो क्यारेक्टरको लागि निकै मिहिनेत गरेकी थिईन् । उनले यहि क्यारेक्टरमा ढल्न सहज हुने भएकाले एक महिनासम्म घरमा पनि व्हिल चियरमा बस्ने अभ्यास गरेकी थिईन् । यसका अलावा उनले सेरिब्रल पल्सीको बारेमा बुझ्न र यसको महसुस गर्नका लागि उनले तीन महिनासम्म एक थेरेपिष्टसँग वर्कशप लिएकी थिईन् ।

सम्बन्धित छवि

काम गर्न मानेकी थिईनन् कटरिना

अभिनेत्री कटरिना कैफ यस सिनेमामा बबिता कुमारी नामक हिरोईनको भूमिकामा छिन् । यस सिनेमामा बबिता कुमारीको भूमिका २५ मिनेटको मात्र छ । यहि कारण कटरिनाले शुरुमा यस सिनेमामा काम गर्न मानेकी थिईन् । तर निर्देशक आनन्द र शाहरुखले यो भूमिका छोटो भएपनि उनको करिअरलाई फाईदा पुग्ने खालको भएको बताएपछि उनले यसका काम गर्न मानेकी थिईन् ।

हेलिकप्टरमा शाहरुखको आवत जावत

यो सिनेमाको छायाकंन मुम्बईको वसईमा भएको थियो । यस सिनेमाको छायाकंनका लागि शाहरुख हेलिकप्टरमा आवत जावत गर्थे । ट्राफिक जामबाट बच्नका लागि उनले यो उपाय अपनाएका थिए । एनी आफ्नो घर मन्नत देखि छायाकंन स्थल पुग्ने र घरसम्म आउने गर्थे ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस