रेडियो अडियो

‘रणवीर’ को ‘तिरिमिरी तिरिमिरी तिन तारा’  सार्वजनिक 

2018/12/23   Gufgaf

सिनेमा ‘रणवीर’मा समावेश पहिलो गीत सार्वजनिक भएको छ । शनिबार एक  कार्यक्रमको आयोजना गर्दै सिनेमामा समावेश पहिलो गीत ‘तिरिमिरी तिरिमिरी तिन तारा’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको आवाज छ भने राजनले गीतमा शब्द तथा संगीत भरेका छन्् । 

काठमाण्डौको बाल मन्दिरमा भव्य सेट बनाएर यस गीतको छायाकंन गरिएको हो । रामजी लामिछानेको कोरिया््ग्राफी रहेको यस भिडियोमा  सिनेमाका  मुख्य कलाकार सुशिल सिटौला, नव अभिनेत्री शुभेच्छा खड््का र सुपुस्पा भट्टलाई फिचर गरिएको छ । 

यो गीतका लागि मात्र २५ लाख खर्च लगानी लागेको निर्माण पक्षले जनाएको छ ।  भिडियोमा १ सय २५ जना कोरस प्रयोग गरिएको छ । 

लभ स्टोरी कथामा निर्माण भएको यस सिनेमामा प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेल लगायतका कलाकारको अभिनय छ । यस सिनेमामा कथा, पटकथा, संवाद तथा निर्देशन कृष्ण भण्डारीको छ  भने  महेश पौडेलले सिनेमा छायांकन गरेका हुन्् । 

सिनेमामा कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको एक्सन, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस