Tuesday, 26 Oct
01:00:00

पिता सैफ अली खानको फिल्मको सिक्वेलमा सारा र कार्तिकको जोडी पक्का

2018/12/23   gufgaf

गफगाफ -  अभिनेता सैफ अली खान र दीपिका पादुकोण अभिनित सन् २००९ को सुपरहिट फिल्म ‘लभ आज कल’ को सिक्वेल बन्ने भएको छ ।  निर्देशक इम्तीयाज अलीले ‘लभ आज कल २’ मा अभिनेता कार्तिक आर्यनलाई साइन गरिसकेका छन् भने यस फिल्मको पहिलो पार्टमा मुख्य अभिनेताको भूमिका निर्वाह गरेका सैफ अली खानकी छोरी सारा अली खान मुख्य अभिनेत्रीको भूमिकामा देखिने छिन् । 

unn.prixa.net

फिल्म ‘केदारनाथ’ बाट भर्खरै बलिउड डेब्यू गरेकी अभिनेत्री सारा अली खानले फिल्म ‘केदारनाथ’ को प्रमोशनको समयमा विभिन्न कार्यक्रममा आफूलाई कार्तिक आर्यनका साथ डेट गर्ने इच्छा रहेको बताउँदै आएकी थिइन् । र अहिले यी दुवैबीच सुरु भएको मित्रताका कारण सारा र कार्तिक बलिउडमा चर्चामा छाइरहेका छन् । साराको दोस्रो फिल्म ‘सिम्बा’ मा उनी रणवीर सिंहको जोडीको रुपमा छिन् । तिनै रणवीर सिंहले हालै सारा र कार्तिकलाई एक कार्यक्रममा भेटाएका थिए । 

उक्त भिडियोसमेत अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । यिनै खबरहरुबीच अहिले फेरि सारा अली खान र कार्तिक आर्यन फिल्म ‘लभ आज कल २’ मार्फत दर्शक माझ आउने खबर सार्वजनिक भएको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस