Tuesday, 26 Oct
01:00:00

विवाह समारोहमा जीनुको आभास सार्वजनिक

2018/12/25   gufgaf

गफगाफ -  आफ्नै विवाह समारोहमा गायिका जीनु जोशीले एल्वम विमोचन गराएकी छन् । उनले विवाह समारोहमा ‘आभास’ एल्वम विमोचन गरेकी हुन् । उनी आभास जोसीसँग विवाह बन्धनमा बाधिएकै दिन ‘आभास’ विमोचन गरिएको हो । ‘आभास’लाई राजु सिंह, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सागर अधिकारी, आभाष जोशी, धनबहादुर गोपाली र गायिका जीनुलगायतका सङ्गीतकार÷गायकले सम्युक्त रुपमा विमोचन गरेका थिए ।

एल्बमा ‘मस्ती’, ‘छायाँ तिमीलाई’, ‘तिमीलाई पाउँने आशमा’, ‘भनेको थिए तिमीलाई’, ‘भिजेको नजरले नहेर’, ‘कोही यहाँ बाटै’, ‘एकान्तमा हास्थे’ र ‘रमाउने छौ जीवनमा’ जस्ता गरी आठ गीत समावेश गरिएको छ । जीनुको एकल स्वर रहेको एल्बमका गीतमा आभास जोशीको शब्द र सङ्गीत संयोजन रहेको छ ।  विगत दश वषदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय मिठो स्वरकी धनी गायिका जिनु जोशीले शब्द, सङ्गीत र गायन तीनै विधालाई सँगसँगै अघि बढाइरहेकी छन् । थुप्रै कलेक्सन एल्बमहरुमा पनि स्वर दिएकी उनले यस अघि आधुनिक गीति एल्बम ‘प्रारम्भ’ र भजनसङ्ग्रह ‘माधवनारायण’ स्रोता÷दर्शकमाझ ल्याएकी थिइन ।

बाल्यकालदेखि नै गायनमा रुचि भएको भएता पनि विद्यार्थी जीवनमा स्कुले गायन प्रतियोगितामा प्रथम उपाधि हासिल गरेपछि साथीसङ्गीहरुको हौसला र घरपरिवार खासगरी मावली हजुरआमाको सहयोगले निरन्तर यस क्षेत्रमा लागिरहने प्रेरण मिलेको जीनुले बताइन ।  

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस