Tuesday, 26 Oct
01:00:00

प्लानेट नेपाल २०१८ को बिजेता बनिन जेनिशा तामाङ

2018/12/25   gufgaf

गफगाफ -  जेनिथ मिडियाले आयोजना गरेको प्लानेट नेपाल २०१८को बिजेता बन्न सफल भएकी छिन काठमाडौँ बालुवाटारकि १३ बर्षीय जेनिशा तामाङ, बिजेताको ताज संगै नगद रु ५०,००० र काठमाडौं पोखरा काठमाडौं हवाई टिकट समेत जित्न सफल भएकी छिन ।

उनले बिजेताको ताज संगै बेष्ट सोसियलको अवार्ड समेत टाईटल जित्न सफल भएकी थिइन्। निर्णायक मण्डलीको अन्तिम प्रश्नलाई उत्कृष्ट ढंगले उत्तर दिदै तथा मनमोहक प्रस्तुतिको साथमा उनले उक्त बिजेताको ताज पहिरहन सफल भएकी थिइन्।

युनिभर्स स्कुल बालुवाटारमा ८ कक्षामा अध्यनरत छात्र जेनिशा तामाङ बिद्यालयमा समेत राम्रो बिद्यार्थीको रुपमा चिनिएकी छिन्। तेज दिमाग भएकी जेनिशा तामाङ पढाइ संगै अन्य आन्तरिक क्रियाकलाप समेत उत्तिकै उत्कृष्ट रहेको उनका समाजसेवी बाबा  बिनोद तामाङले बताए।

स्थायी घर शिवपुरी ५  नुवाकोट भई काठमाडौँ महानगरपालिका बालुवाटार बसोबास गर्दै आएकी प्लानेट नेपाल २०१८को बिजेता जेनिशा तामाङ भविष्यमा चर्चित मोडल नायिका तथा समाजसेवी बन्ने चाहना लिएकी छिन्। छोरी जेनिशा तामाङले प्लानेट नेपाल २०१८ बाट विनरको उपाधि हात पार्दा घर परिवार तथा समाजमा खुसियाली छाएको आमा जुना तामाङले बताइन ।

युवा समाजसेवी समिर खानको प्रेरणा तथा हौसलाको साथमा युवा पर्यटन ब्यबसायी  बिनोद तामाङको लगनशीलताको प्रतिफल स्वरुप छोरी जेनिशा तामाङको जितको कारणले गर्दा सम्पूर्ण बिद्यालय परिवार लगायत समाजमा नै खुसियालीको रंग भरेको कुरा बाबा बिनोद तामाङ बताउछन ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस