Tuesday, 26 Oct
01:00:00

जहा प्रेम बलियो हुन्छ,त्यहा प्रेमको कथा सत्य हुन्छ - रुमालै छ चिनो

2018/12/25   gufgaf

गफगाफ - चलचित्र रुमालै छ चिनोको ट्रेलर सार्वजनिक भएको छ ।नेपाली लाउरेहरुको कथा बोल्ने यस ट्रेलरमा नायक सुशान्त कार्की इण्डियन लाउरेको भूमिकामा देखिएका छन् भने उनको जोडीको रुपमा नबनायिका अप्सना थापा छिन ।यसभन्दा अघि यसै फिल्मको ‘ए माया’ बोलको पहिलो गित सार्वजनिक भएको थियो।

कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गित ‘रुमालै छ चिनो’ बाट यस चलचित्रको नाम राखिएको हो। जुन गीतलाई  लोक शैलीमा निर्माण गरिएको थियो।चलचित्रको कथा बस्तु सबै रेशम थापाले नै लेखेका हुन् भने चलचित्रमा किशोर खतिवडा , संचिता लुइँटेल , सुशान्त कार्की , अफ्शाना थापा , रश्मी भट्ट , मिथिला शर्मा , सुरबीर पण्डित , लक्षमण बिक्रम बस्नेत , सुरज महरा , सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ।

ज्वती फिल्मसको ब्यानरमा बनेको यस चलचित्रलाई चन्द्र ब खड्का,दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् ।यस चलचित्रलाई निर्देशन दिनेश सिंह ठकुरी गरेका हुन् भने चलचित्र फागुन १० देखि प्रदशनमा आउदैछ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस