Tuesday, 26 Oct
01:00:00

हास्य विधाकाे चलचित्र ‘चौका दाउ’ को फर्स्ट लुक सार्वजनिक

2018/12/26   gufgaf

गफगाफ -आउँदाे २७ पुषबाट देशब्यापी रिलिज हुने चलचित्र ‘चौका दाउ’को फर्स्ट लुकको रुपमा तीनवटा पोष्टर रिलिज गरिएको  छ । एक साताअघि रिलिज गरिएको ट्रेलरले राम्रो चर्चा पाएपछि निर्माण पक्षले आइतबार पोष्टर रिलिज गरेको हो ।  मनोज राजभण्डारी र सौर्यजीत बास्कोटाले निर्माण गरेको चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । यो चलचित्रको पोष्टरमा मुख्य कलाकारहरुलाई उनीहरुको चरित्रमा उतारिएको छ । 

एउटा पोष्टरमा सिनेमाका चार जुवाडे रबीन्द्र झा, विल्सन बिक्रम राई, तैयब शाह र सन्तोष पन्तलाई देखाइएको छ । जसमा कलाकार सोनिका केसीलाई मदिराको सुराही सहित प्रस्तुत गरिएको छ ।  अर्को पोष्टरमा रबिन्द्र झलाई मधेसी, सन्तोष पन्तलाई शिख, तैयव शाहलाई मुस्लिम र विल्सन बिक्रम राईलाई हिमाली भेषमा उतारिएको छ । 

यही पोष्टरमा यी चारजना अभिनेत्री वर्षा राउतसँग केन्द्रित भएको वर्षाको तस्बिरले जनाउँछ । साथै अभिनेता अजश्र ढुँगाना, निर्मल शर्मा, योगी विकाशानन्द, शिवशंकर रिजाल (जोगिन्दर पानवाला)लाई पनि समेटिएको छ । अर्कोे पोष्टरमा पनि यी सबै कलाकारलाई समेटिएको छ । 

चौका दाउका परिकल्पनाकार एवम् वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा हुन् । साढे चार दशकदेखि आफू चलचित्र एवम् संगीत क्षेत्रमा रहेको र यसलाई निरन्तरता दिन चौका दाउ निर्माण गरेको उनले बताएका छन् ।  चौका दाउ हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रमा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ ।  अभिमन्यु निरवीको पटकथा र सम्वाद रहेको यो चलचित्रको छायांकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्धन्द्ध निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का रहेका छन् । 

त्यस्तै नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाइज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी, निर्माण व्यवस्थापकमा सुवास काफ्ले रहेका छन् ।  सौर्य प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्मलाई काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा एफडीले वितरण गर्दैछ । 

चौका दाउमा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारीलगायतको अभिनय छ ।  
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस