रेडियो अडियो

यो वर्ष सन्तान पाउने बलिवुड सेलिब्रेटी

2018/12/26   Gufgaf

वर्ष २०१८ ले बिदा  लिएर २०१९ को आगमन हुँदैछ । यतिबेला नयाँ वर्षको तयारीमा जुटेका छन् । बलिवुडमा पनि नयाँ वर्षको आगमन शुरु भएसँगै वर्ष २०१८ कस्तो रह्यो त्यसको बारेमा समिक्षा भईरहेका छन् । 

यो सामाग्रीमा हामी यो वर्ष बलिवुडमा   सन्तान सुख प्राप्त गरेका केही सेलिब्रेटीको बारेमा चर्चा गर्दैछौँ । यो सामाग्री हामीले एजेन्सीको सहयोगमा तयार पारेका हौँ । 

अभिनेता शाहिद कपूर यहि वर्ष दोस्रो पटक पिता बने भने अभिनेत्री नेहा धुपिया पनि यहि वर्ष आमा बनिन् । विवाहको छोटो समयमै आमा बनेका कारण नेहा विवाह अगाडि नै गर्भवती भएको कुराले पनि निकै चर्चा पायो । 

उता शाहिद कपूरकी श्रीमती मिरा कपूरले पनि यहि वर्ष दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिईन् ।  ५ सेप्टेम्बरमा जन्मिएका छोराको नाम उनीहरुले जैन कपूर  राखेका छन् ।  शाहिद र मिराकी एक छोरी पनि छिन् । 


२०१५ मा विवाह गरेको यो जोडी २०१६ मा पहिलो पटक छोरी मिशाको आमा बुवा बनेको थियो ।  

अभिनेत्री सनी लियोनी र उनका पति डेनियल बेबरले यहि वर्ष , मार्च ४ मा  सेरोगेसीको माध्ययमबाट उनीहरुको जम्ल्याहा छोरा भएको घोषणा गरे ।  उनीहरुले छोराहरुको नाम  अशेर सिंह वेबर र नोरा सिंह वेबर राखेका छन् ।  

यसका अलावा उनीहरुले गत वर्ष मात्रै  छोरीको रुपमा निशा कौरलाई पनि एडप्ट गरेका थिइए । 

सनी लियोनी-डेनियल वेबर अपने बेटों नोरा-अशर और बेटी निशा के साथ

यो वर्षको शुरुवातमै गायिका सुनिधी चौहान आमा बनिन् ।  उनले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी छिन् ।   
सन् २०१२ मा संगीतकार  हितेश सोनिकसँग विवाह गरेकी  सुनिधीले छोराको नाम  तेघ्र सोनिक राखेकी छिन् ।   निर्देशक अभिशेक कपूर पनि यहि वर्ष पिता बने । २८ अगस्टमा अभिशेककी पत्नी प्रज्ञाले छोरालाई जन्म दिईन् । 

 

गुल पनाग पति और बेटे निहाल के साथ
अभिनेत्री गुल  पनागले ऋषि अटारीसँग विवाह गरृेको ८ वर्षपछि  छोरालाई जन्म दिईन् ।  तर उनले यो खबर भने  ६ महिना पछि मात्रै सार्वजनिक गरेकी थिईन् ।  गुलका छोरा नेशाल प्रिम्याचुर्ड भएका कारण पछि मात्रै यसको बारेमा जानकारी दिईएको हो । 


अभिनेत्री लिजा रे पनि यहि  वर्ष जुम्ल्याहा  छोरीकी आमा बनिन् ।  उनले सन् २०१२ मा  दिल्लीका जैसन दहनीसँग विवाह गरेकी थिईन् ।  उनी  सरोगेसीको माध्ययमबाट आमा बनेकी हुन् ।  ४६ वर्षको उमेरमा आमा बनेकी लिजाले छोरीहरुको नाम  सुफी र  सोलियल राखेकी छिन् ।  छोरीहरुको जन्म जुन  महिनामा जर्जियामा भएको हो ।

श्रेयस बेटी आद्या और पत्नी के साथ
अभिनेता श्रेयस तलपडे पनि यहि वर्ष पिता बने ।  दिप्तीले विवाहको १४ वर्षपछि पहिलो सन्तानलाई जन्म दिईन् ।  ४ मे मा उनीहरुको घरमा छोरीको आगमन भएको हो ।  यो जोडीले छोरीको नाम आद्या राखेको छ ।  श्रेयस र दिप्ती पनि सेरोगेसीकै माध्ययमबाट आमा बुवा बनेका हुन् । 

रोहित धवन पत्नी और बेटी के साथ

उता अभिनेता वरुण धवनका दाई रोहित धवन पनि यहि वर्ष पिता बने ।  सन् २०१२ मा जान्वी देसाईसँग विवाह गरेका रोहित छोरीको पिता बनेका हुन ।  यो मौकामा धवन परिवारले  परिवारको पूरा तस्बिर सामाजिक सञ्जालमा सेयर गरेर खुसी व्यक्त गरेको थियो ।  रोहितले  देसी ब्वायज र ढिसुम जस्ता सिनेमा निर्देशन गरिसकेका छन्  । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस