Tuesday, 26 Oct
01:00:00

सिटि सेन्टरमा कलाकारहरुको जमघट

2018/12/27   Gufgaf

नेपालका प्रसिद्द कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सिताराम कट्टेल ’धुर्मुस’, केदार घिमिरे ’माग्ने बुढा’, जीतु नेपाल ’मुन्द्रे’, दीपकराज गिरी, दीपाश्री निरौला, रबिन्द्र खड्का लगायतका कलाकारहरु काठमाण्डौको सिटि सेन्टरमा भेटिएका छन् । सेन्टरको चौँथो तल्लामा रहेको नाईन्टीन सेभेन्टी सेभेन फुड स्टेशनको उद्घाटनको अवसर पारी कलाकारहरुको जमघट भएको थियो ।

फुड स्टेसनको यहि डिसेम्बर २१ बाट ग्राण्ड ओपनिङ्ग भएको छ।उद्घाटनको अवसरमा स्टेशनमा पाईने विभिन्न परिकारहरु कलाकारले खाएका थिए । उक्त अवसरमा फुडस्टेशन ग्राहकको सन्तुष्टीमा प्रतिवद्द रहनेमा कलाकारहरुले बिश्वास व्यक्त गरे ।

स्टेशनको जनवरी १ सम्म उद्घाटन सत्र रहेको छ । यो फुड स्टेसनमा चाईनिज, कोरिएन,कन्टिनेन्टल,बलिवुड बिरयानी, दुबाई क्याफेटेरिया सहित विभिन्न स्वाद र प्रकारको खाना र डोमेस्टिक तथा इम्पोर्टेट ब्राण्डका पेय पदार्थको मज्जा लिन सकिने बताईएको छ । बिग मुभिज सिनेमा पनि सोही स्थानमा रहेकोले सिनेमा हेर्न आउने दर्शकहरुले सिनेमाको साथै विभिन्न प्रकारको खानाको मज्जा लिनसञ्चालक श्री मोहन कृष्ण श्रेष्ठले बताए ।

फुड स्टेशनलाई मोहन कृष्ण श्रेष्ठ, वाई. एल. लामा, शैलेस प्रजापती, मनिष राजभन्डारी,महेश कार्की र दिपक जोशीको ग्रुपले सञ्चालनमा ल्याएको हो । श्रेष्ठ नेपाली चलचित्रका निर्माता समेत हुन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस