रेडियो अडियो

गोपी प्रचारको नयाँ फण्डा, कविता प्रतियोगिता 

2018/12/27   Gufgaf

सिनेमा गोपीको प्रचारको लागि नयाँ फण्डा अपनाईएको छ । सिनेमाको निर्माण कम्पनी आरोही इन्टरटेनमेन्ट प्रालिले सिनेमाको प्रचारमा सहयोग पुग्ने हेतुले कविता प्रतियोगिता आयोजना गरेको छ । 


कम्पनीले बुधबार नगद पुरस्कार सहितको कविता प्रतियोगिताको घोषणा गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ  दिइनेछ । त्यस्तै सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ ।


 यसमा सहभागी हुन चाहनेले गोपी फिल्मको ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ । सहभागीहरुबाट प्राप्त कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन् । यसमा सहभागी हुन चाहनेले माघ ७ गतेसम्म आफ्नो कविता पठाईसक्नु पर्ने छ । प्रतियोगितामा नेपालसँगै विश्वका जुनसुकै कुनामा बस्ने नेपालीहरुले सहभागीता जनाउन सक्नेछन् ।  कविता पठाउँदा आफ्नो नाम, ठेगाना, उमेर र सम्पर्क टेलिफोन नम्बर प्रष्टसँग उल्लेख गर्नुपर्नेछ । कविता नेपाली भाषा लेखिएको हुनुपर्नेछ । माघको दोस्रो हप्ता विजेतालाई पुरस्कृत गर्नेछ । सहभागी हुन उमेरको कुनै हदबन्दी छैन ।


यस्तो खाले प्रतियोगिताले नयाँ प्रतिभाहरुलाई ठूलो उत्साह मिल्ने निर्णायक उपेन्द्र सुब्बाले बताए ।   कविताप्रति युवाहरुको रुचि पछिल्लो समयमा बढिरहेको र यो प्रतियोगिताले त्यसमा थप टेवा पु¥याउने विश्वास अर्का निर्णायक नवराज पराजुलीको छ । 


गोपी सिनेमालाई साहित्यसँग जोड्नका लागि कविता प्रतियोगिता आयोजना गरिएको निर्देशक दीपेन्द्र लामाले बताए । स्वावलम्बन र स्वरोजगार सम्बन्धी साहित्य प्रेमीहरुमा कस्तो खालको धारणा रहेको छ, त्यो जान्न पनि यो प्रतियोगिताले सघाउने उनको भनाई छ ।


सहभागीहरुले  nepalimoviegopi@gmail.com  मा आफ्नो किवता पठाउनुपर्नेछ ।  विजेताहरुलाई माघको दोस्रो हप्ता पुरस्कृत गरिनेछ । आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमा गोपी आगामी माघ १८ गते देखि प्रदर्शनमा आउँदैछ । सामिप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको यस सिनेमामा  आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् । सिनेमामा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याल लगायतका कलाकारको अभिनय रहेको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस