Tuesday, 26 Oct
01:00:00

चर्चा ‘बुलबुल’का चोपेन्द्र अर्थात मकुन भुषालको

2018/12/27   Gufgaf

शुरुमा अभिनेत्री स्वस्तीमा खड्काको मुख्य भूमिका रहने भएका कारण चर्चामा रहेको सिनेमा ‘बुलबुल’ अहिले यहि सिनेमाका अभिनेताका कारण चर्चामा आएको छ । सिनेमामा समावेश गीत र ट्रेलर सार्वजनिक भएपछि स्वस्तीमासँगै सिनेमामा मुख्य भूमिका निर्वाह गरेका अभिनेता मुकुन भुषालको पनि चर्चा हुन थालेको छ ।

उनको अभिनयसँगै सिनेमामा उनको क्यारेक्टरलाई दिईएको नामका कारण उनको चर्चा बढेको देखिन्छ । यहि सिनेमाबाट ठूलो पर्दामा डेयु गर्न लागेका मुकुन भुषालको बारेमा दर्शकलाई खासै जानकारी छैन । 

मुकुन भुषाल चलचित्रको लागि बिलकुल नयाँ अनुहार हुन् । उनी यसै वर्ष भारतको शोभित विश्वविद्यालय अन्तर्गतको मार्वा स्टुडियो, नोयडाबाट अभिनयमै स्नातकोत्तर गरेर फर्किएका हुन् । 

उनी नेपालकै ओस्कार कलेजबाट फिल्ममै स्नातकसम्मको अध्ययन पूरा गरेर भारत हान्निएका थिए ।  उनले अध्ययनका क्रममा दर्जनौं छोटा चलचित्रमा अभिनय गरेपनि ठूलो पर्दाको चलचित्र भने ‘बुलबुल’नै पहिलो हो । 

‘बुलबुल’को गीत र टिजरमा उनले देखाएको अभिनयले एउटा उम्दा कलाकारको प्रवेश भएको मान्छन् निर्देशक विनोद पौडेल । उनले मुकुनले चोपेन्द्रलाई आफूले कल्पे जसरी नै उतारेको बताए । 

‘यो चरित्र मैले मुकुनलाई नै हेरेर लेखेको हो । बीचमा पढाइका कारण उनले नभ्याउने जस्तो थियो । तर, हाम्रो सुटिङ पनि भनेको समयमा भएन । त्यसैले मुकुनले यो चरित्र गर्न भ्याए,’ पौडेलले भने, ‘ मैले चोपेन्द्रलाई जे सोचेर लेखेको थिएँ । उनले त्यसलाई अभिनयले सार्थक बनाएका छन् ।’

निर्देशक पौडेलको दाबीमा कति सत्यता छ त्यो हेर्न त फागुन ३ गते नै कुर्नुपर्नेछ । तर, अहिलेलाई भने यत्ति भन्न सकिन्छ, टिजरबाटै मुकुनले राम्रो सम्भावना भने देखाएका छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस