Tuesday, 26 Oct
01:00:00

रिसज पन्त र रमुना कार्की बने मिष्टर एण्ड मिस टुरिजम नेपाल– २०१८

2018/12/28   gufgaf

गफगाफ -  राष्ट्रियसभा सभासद् माननीय कोमल ओलीले अब युवाहरुलाई पर्यटनमार्फत् स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइन् । ओलीले राजधानीमा एसएसके मिडिया प्रालि.द्वारा आयोजित तथा आरोग्य एजुकेशन प्रा.लि.ले प्रायोज गरेको मिष्टर एण्ड मिस टुरिजम नेपाल २०१८ को कार्यक्रममा बोल्दै पर्यटनमार्फत् स्वदेशमा युवाहरुलाई रोजगारी सिर्जना गर्नेतर्फ जुट्न सबैमा आग्रह गरेकी हुन् ।  

सो कार्यक्रम एएसके मिडिया प्रा.लि.का सिइओ सन्तोष सिलवाल ‘खत्री’को सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा अतिथिहरुमा वरिष्ठ गायक आनन्द कार्की, आरोग्य एजुकेशन प्रा.लि.का प्रवन्धक सुविद्या खनाल (दाहाल), जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा महिला उद्यमी राज्यलक्ष्मी शाक्य, समाजसेवी तथा चलचित्र निर्माता शान्ता ढकाललगायत थिए ।  

सो प्रतियोगिको निर्णायक मण्डलमा वर्षा कार्की, अभिमन्यु कार्कीलगायत थिए भने जेनस लामाले कोरियाग्राफर गर्नुभएको थियो भने कार्यक्रम संयोजन नविन भट्टराईले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन राजन सिलवालले गर्नुभएको थियो । 

सो प्रतियोगितामा वरिष्ठ गायक आनन्द कार्कीले सुमधुर गीतहरु गाउनुभएको थियो भने कार्यक्रममा वरिष्ठ संगीतकर्मी उदिराम खड्काले मयूर नृत्यु प्रस्तुत गरी सबैलाई मन्त्रमुग्ध पार्नुभएको थियो । कार्यक्रममा सत्यवती कलाकेन्द्र तथा जापानी सूचना केन्द्र, नेपालका कलाकारहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम महेन्द्रपुलिस क्लबको सभाहलमा पुस ७ गते बेलुकी ४ः०० बजेदेखि ८ः०० बजेसम्म आयोजना भएको थियो । 

मिष्टर एण्ड मिस टुरिजम नेपाल २०१८ मा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै पुरुषतर्फ रिसज पन्त मिष्टर टुरिज नेपाल २०१८ हुन सफल भए भने महिलातर्फ रमुना कार्कीले प्रथम ताज पहिरिन सफल भइन् । त्यस्तै, पुरुषतर्फ फष्ट रनरअफ रोहित कुमार बने भने महिलातर्फ सुष्मिता लामाले फष्टरनरअफको उपाधि हासिल गरिन् ।  त्यस्तै, वेष्ट ट्यालेन्टको उपाधि राजन राईमगरले प्राप्त गरे भने वेष्ट फोटोजेनिक उपाधि मनिषा सिलवालले प्राप्त गरिन् । सो प्रतियोगितामा ८ जना पुरुष र ७ जना महिला सहभागि भएका थिए ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस