रेडियो अडियो

‘मह’ जोडीलाई नाट्यश्वर दिर्घ कलाकारिता सम्मान

2018/12/28   gufgaf

गफगाफ -  ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’का उत्कृस्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । अवार्ड भने यहि माघ १२ गते शनिबार काभ्रेको बनेपामा सम्पन्न गरिने बताइएको छ  ।
उक्त अवार्ड समारोहमा तामाङ्ग सेलो, म्हेन्दोमाया, लोक दोहोरी, आधुनिक र पप विधामा कलाकारहरु सहभागी हुदै छन् । कुल ४४ विधामा हुने उक्त अवार्डमा प्रदेश र राष्ट्रिय स्तरका कलाकारको समायोजन समेत बताइएको छ ।

अवार्डमा लोक गायक शिब नारायण जोशीलाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने बताइएको छ । कार्यक्रममा कलाकारिता क्षेत्रको एक अभिन्न अंग समेत मानिने बरिष्ठ हास्य कलाकाकार जोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई नाट्यश्वर दिर्घ कलाकारिता सम्मानबाट सम्मनित गरिने बताइएको छ । यस्तै नाट्यश्वर दशक सम्मान अन्तर्गत बसुन्धरा भुसाल, नाट्यश्वर रत्न सम्मान अन्तर्गत नेपालकी पहिलो नायिका भूवन चन्द सँगै रामचन्द्र कोईराला, उत्तम केसी, चैत्यदेबी सिंह, जिवान पराजुली, गायिका रमिला न्यौपाने लगायतलाई प्रदान गरिदै छ ।

नाट्यश्वर बिषेश सम्मानबाट सरु थापा, नाट्यश्वर उत्कृस्ट संस्था सम्मान हारती ईङ्ग्लिस स्कुल, नाट्यश्वर प्रतिभा संम्मान रोमा न्यौपाने, नाट्यश्वर बिषेश सम्मान हरि कर्माचार्य, नाट्यश्वर समाजसेवा सम्मानबाट भोला थापा सम्मानित हुने भएका छन् । नेपाली कला संगीत क्षेत्रमा रहेर योगदान दिँदै हाल काभ्रे जिल्लाको रोशी गाउपालिकाको प्रमुख भएर कार्य गरिरहेका डीबी लामालाई नाट्यश्वर कला सम्मान गरिने भएको बताइएको छ ।

यस अवार्डमा मेकअप आर्टिस्ट, लाइटम्यान, एरेञ्जर, बाध्यबाधक सम्मान, दोहोरी साँझ गायक र गायिका साथै नेपाली गीतसंगीत क्षेत्रलाई अगाडी बढाउँन आफ्नो कलमको माध्यमबाट सहयोग पु¥याउने पत्रकार समेत साम्मनित हुदै छन् । नाट्यश्वर मोफसल कला पत्रकारिता सम्मान उत्तरगया दैनिक र नुवाकोट जागरण साप्ताहिकको प्रकाशक तथा सम्पादक शिब देबकोटा, नाट्यश्वर कला पत्रकारिता पुरुषोत्तम बस्नेत, बलराम श्रेष्ठ, सुर्य चन्द, स्वस्तिका चिलवाल, प्रकाश तिमल्सिना र काभ्रे जिल्लामा नै कार्यरत रहि कला पत्रकारितामा आफ्नो कलम चलाउने दूई जना पत्रकार समेत सम्मानित गरिनेछ । जसको नाम बिभिन्न संस्थाको समन्वयमा तय गरिनेछ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस