Tuesday, 26 Oct
01:00:00

बहुपति प्रथाको कथा प्रस्तुत गर्ने चलचित्र “टुल्की” मा वेनिशा हमाल

2018/12/30   gufgaf

अभिनेत्री वेनिशा हमाल नेपाली चलचित्र नगरीमा त्येति जम्न सकेकी छैनन् । उनले निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेको चलचित्र स्वर बाट चलचित्र नगरीमा डेव्यु गरेकी हुन् । त्यस पश्चात उनले नेपाली चलचित्र मोक्ष,ज्यान हाजीर छ,म अनि तिमी,ब्लाइण्ड रक्स लगायतका चलचित्रहरुमा काम गरेकी थिइन् ।

तर उनि अभिनित चलचित्रहरुलाई दर्शकले अपेक्षाकृत रुचाउन सकेका छैनन् ।  उनले विभिन्न म्युजिक भिडियोहरुमा समेत काम गरिसकेकी छन् ।  उनि पुन एक पट नयाँ चलचित्रमा काम गर्न लागेकी छन् । उनले काम गर्न लागेको नयाँ चलचित्रको नाम “टुल्की” राखिएको छ । लक्ष्मण सुनारले निर्देशन गर्न लागेको चलचित्र “टुल्की” नारीप्रधान चलचित्र हो । 

चलचित्रका निम्ति वेनिशा हमाल फाइनल भइसके पनि अन्य कलाकारहरुको भने टुंगो लाग्न बाकी छ ।  अन्य कलाकारको खोजी भइरहेको बताइएको छ । बेनिशा हमालले यो चलचित्रका लागि वर्कआउट पनि सुरु गरिसकेको बताइएको छ ।

 चलचित्र टुल्कीमा बहुपति प्रथाको कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ । चलचित्रको कथामा “टुल्की” का ५ वटा श्रीमान हुनेछन् । चलचित्रको कथा बेनिशाकै वरिपरी घुम्ने छ ।  चलचित्रको छायांकन माघको १५ गतेबाट सुरु गर्ने निर्देशक सुनारले बताए । 
 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस