रेडियो अडियो

चलचित्र घोषणा हुन्छ तर बन्ने अन्योल

2018/12/29   gufgaf

गफगाफ - पछिल्लो समय नेपाली चलचित्र नगरीमा एउटा चलचित्र प्रदर्शनमा नआउदै अर्को चलचित्र निर्माणको घोषणा गरिन्छ । अघिल्लो चलचित्रको सिक्वेल होस वा कुनै नयाँ नामको चलचित्र होस पहिले नै निर्माण गर्ने घोषणा गरिन्छ । तर पुर्व घोषित उक्त चलचित्र बन्ने हो या नबन्ने हो त्यो भने घोषणा गर्नेलाई नै थाहा हुदैन । भनिदिए समाचारमा छाउन पाइन्छ भन्ने मान्यता पनि भएको हुन सक्छ चलचित्र निर्माता तथा निर्देशकहरुलाई । 

चलचित्र सफल होस वा नहोस तर त्यसको सिक्वेल बनाउने त झन पछिल्लो समयमा लहर नै चलेको छ । कतिपय चलचित्र सिक्वेलमै पनि सफल भएका छन् । त्यसकै उदाहरण हुन चलचित्र छक्का पञ्जा,नाइ नभन्नु ल, ए मेरो हजुर लगायत अन्य केहि चलचित्रहरु ।  केहि समय अघि निर्देशक मिलन चाम्सले सुपरस्टार नायक अनमोल केसीलाई लिएर चलचित्र व्याचलर बन्टि निर्माण गर्ने घोषणा गरेका थिए ।

तर पछिल्लो समय निर्देशक चाम्स उक्त चलचित्रलाई पन्छाउदै गइरहेका छन् । यति बेला उनि चलचित्र विर विक्रम २ निर्माणको काममा व्यस्त छन् । त्यो चलचित्रको काम सकिन नपाउदै उनि अर्को चलचित्र बब्बीको सिक्वेलका रुपमा निर्माण हुन लागेको चलचित्र बव्वी २ निर्देशनको तयारीमा लागेका छन् । उक्त चलचित्रको घोषणा पनि आजै गरिएको हो ।  यस्तै केहि समय अघि निर्माता रमेश त्वयनाले पछिल्लो समयका व्यस्त नायकहरु अनमोल केसी, प्रदिप खड्का र पल शाहलाई लिएर चलचित्र हामी ३ भाइको सिक्वेल निर्माण गर्ने घोषणा गरेका थिए । तर उक्त चलचित्र निर्माण कहिले हुन्छ भन्ने कुरा निर्माता त्वयना स्वयमलाई पनि थाहा छैन । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस