Tuesday, 26 Oct
01:00:00

बाल गायक प्रिन्स सिलवालको ‘न मानामा नापिन्छ माया,

2018/12/30   gufgaf

गफगाफ - चितवनको पर्यटकीय नगरी सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका बाल गायक प्रिन्स सिलवालको पहिलो गीतको दोस्रो म्यूजिक भिडियोको छायांकंन थालिएको छ । उनकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्यूजिक भिडियोमा अहिले उनी व्यस्त छन् । चितवनको सौराहामा सुन्दर पोषाकमा सजिएका थारु युवतीहरुको कोरस नृत्य अगाडि प्रिन्स मोडलिङमा जम्दै छन् । निशा पाण्डे र जेनी धमलासँग उनले मोडलिङमा रोमान्स गरेका छन् ।

भकारी एमडिसीको प्रस्तुतिमा शुरु भएको म्यूजिक भिडियो छायांकनमा प्रिन्सले उत्कृष्ट प्रदर्शन गरेका निर्देशक सञ्जय पाण्डेले बताए । यसअघि प्रिन्सले दशैंको अबसरमा उमंगले भरिएको गीत ‘दशै मनाउने हो, नाच्दै रमाउने हो’ भिडियो सहित बजारमा ल्याएका थिए ।

‘गायनम जस्तै राम्रो प्रस्तुति मोडलिंगमा प्रिन्सले देखाएका छन्,’ गीतकार तथा भकारी एमडीसीका निर्देशक बसन्त वित्यासी थापाले भने । ‘न मानामा नापिन्छ मायाँ’ बोलको गीत  पहिलो रेकर्ड भएपनि म्यूजिक भिडियो भने दोस्रो हो । दोस्रो गीत ‘दशैं मनाउने हो’ म्यूजिक भिडियोका साथ दशैं अघि नै बजारमा आएको थियो । यसलाई दशैंमा बालबालिकाहरुले खुब मनपराएका थिए ।

बसन्त वित्यासी थापाको शब्द र अशोक लोहारुङ राईको सङ्गित रहेको यसमा सौराहाको रमणीय दृश्यलाई देखाउन खोजीएको प्रिन्सका बुबा रमेश सिल्लवालले जानकारी दिए ।  सञ्जय पाण्डेको निर्देशन र कृष्ण रसालको नृत्य निर्देशन रहेको म्यूजिक भिडियोको छायाँकन भने चक्र महर्जनले गरेका हुन् । भिडियोमा थारु संस्कृतिसँगै सौराहाको पर्यटकिय र प्राकृति रमणीय दृष्यहरु देख्न सकिन्छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस