Tuesday, 26 Oct
01:00:00

सिम्बाले पहिलो दिन कमायो ४० करोड !

2018/12/30   Gufgaf

अभिनेता सेफअली खान र अभिनेत्री अमृता सिंहकी छोरी साराअली खानले यहि वर्ष सिनेमा केदारनाथबाट बलिवुडमा डेब्यु गरिन् । उनले यो वर्ष आफ्नै परिचय स्थापित गरिन् । अब उनी अब्बल अभिनेत्रीको रुपमा चिनिईसकेकी छिन् । यहि वर्ष सिनेमा केदारनाथबाट डेब्यु गरेकी साराको दोस्रो सिनेमा सिम्बा नयाँ वर्ष २०१९ को अवसर पारेर गत शुक्रबार देखि प्रदर्शनमा आएको छ । 

सिनेमाले प्रदर्शनको पहलिो दिन नै आक्रामक कारोबार गरेको छ । सिनेमाको सफलतामा खुशी भएकी साराले मन्दिर पुगेर मिठाई बाँड्दै खुशी व्यक्त गरेकी छिन् । 

पहिलो सिनेमामा शुसांत सिंह राजपुतसँग पर्दा बाँडेकी सारा दोस्रो सिनेमा सिम्बामा अभिनेता राण्वीर सिंहको जोडीको रुपमा पर्दामा देखिएकी छिन् । 

उता लगातार हिट सिनेमा दिईरहेका अभिनेता रणवीर सिंहको करिअरमै पहिलो  दिन सबैभन्दा धेरै कमाउने सिनेमा बनेको छ सिम्बा । सिनेमाले शुक्रबार मात्रै २० करोड ७२ लाखको कारोबार गरेको छ । 

रणवीरको मुख्य भूमिका रहेको सिनेमा  पद्मावत पनि २०१८ मै प्रदर्शन भएको थियो । यस सिनेमाले पहिलो दिन  १९ करोडको कारोबार गरेको थियो ।  सिम्बाभन्दा अघि पद्मावत नै रणवीरको करिअरमा प्रदर्शनको पहिलो दिन सबैभन्दा धेरै कारोबार गर्ने सिनेमा थियो ।  

सिम्बाले भारतमा मात्रै नभयर भारत बाहिर पनि राम्रो कारोबार गरेको छ । पहिलो दिन ओभरसिजमा  पनि सिनेमाले १३ करोड १४ लाखको कारोबार गरेको छ ।  ट्रेड एनालिस्ट  रमेश बालाका अनुसार  सिम्बाको पहिलो दिनको कुल कारोबार भारत र ओभरसिजमा गर्दा ४० करोड  पुगेको छ ।  

नेट कलेक्शन २० करोड ७२ लाख पुगेको छ  भने ग्रस कलेक्शन २९ करोड ५१ लाख पुगेको छ । यसरी हिसाब गर्दा सिनेमाको कुल कमाई ३९ करोड ६५ लाख हुन आउँछ । 

रोहित शेट्टीको निर्देशन रहेको यस सिनेमामा रणवीर सिंह, सारा अलि खान, सोनु सुद र अब्दुल  क्वादिर  अमिन मुख्य भूमिकामा छन् । यसका अलावा अक्षय कुमार र अजय देवगनको सिनेमामा केमियो देख्न सकिन्छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस